समाचार

    Showing 18,001-18,010 of 26,730 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 330 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  । नेपालमा स्थानीय र  पश्चिमी बायुको आंशिक प्रभावसँगै बङ्गलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधरणतया  बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि  मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरू र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • 274 पटक पढिएको
  • सिडिओहरु सहित २५ सहसचिवको सरुवा

    काठमाण्डौ । गृह मन्त्रालयका २५ सहसचिवको सरुवा भएको छ । सरुवामा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ ।गृहले सुनसरीमा रामचन्द्र तिवारी, बर्दियामा अरुण पोखरेल, मकवानपुरमा तिर्थराज चिलुवाल, पाँचथरमा विष्णुप्रसाद कोइराला, पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठ, धादिङमा राजेन्द्रदेव पाण्डेलाई सिडिओको जिम्मेवारी पाएका छन् ।चितवनमा इन्द्रदेव यादब, काभ्रेमा सुर्य प्रसाद सेढाई, इलाममा कल्पना श्रेष्ठ, सिन्धुपाल्चोकमा भुपेन्द्र थापा, भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा, सर्लाहीमा गोपाल प्रसाद अधि

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 188 पटक पढिएको
  • नेपाल प्रहरीका २० एसएसपीको सरुवा

    काठमाण्डौ। नेपाल प्रहरीका २० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुको बुधबार सरुवाको निर्णय भएको हो ।गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयअनुसार एसएसपीहरु बिश्व अधिकारी, ओम प्रसाद अधिकारी, तारादेबी थापा, दीप शम्शेर ज.ब.रा.लगायतको सरुवा भएको छ ।साथै आवश्यक कारवाही गर्न गराउनु हुन सम्बन्धित सबै कार्यालयलाई प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 302 पटक पढिएको
  • डीआईजीहरुको सरुवा र पदस्थापन

    काठमाडौँ । नेपाल प्रहरीका तीनजना डीआईजीहरुको सरुवा र चार जनाको पदस्थापन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गरेका हुन् ।कर्णाली प्रदेश प्रहरी कार्यालयमा अर्जुन चन्द ठकुरीलाई पठाइएको छ भने कर्णालीमा कार्यरत डीआईजी लालमणी आचार्य भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ ।यस्तै विशेष ब्यूरोमामा कार्यरत रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । साथै हालै एसएसपीबाट डीआईजीमा बढुवा भएका चार जनालाई पनि पदस्थापन गरिएको छ । डा. मनोज केसीलाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ ।डीआईजी दान बहादुर कार्

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 269 पटक पढिएको
  • नेपाल प्रहरीका १५६ वरिष्ठ हवल्दारको असइमा बढुवा सिफारिस

    काठमाण्डौ । नेपाल प्रहरीका १५६ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असइ)मा बढुवाका लागि सिफारिस भएको छ।प्रहरी हेडक्वाटरबाट बुधबार जारी भएको सूचनामा बढुवा समितिको सिफारिसमा पहिलो नम्बरमा बढुवा सिफारिस हुने वरिष्ठ प्रहरी हवल्दारमा बालकुमार खड्का रहेका छन् ।दोस्रो नम्बरमा चन्द्रबहादुर गुरुङ र तेस्रोत नम्बरमा मोहसिंह ठगुन्ना रहेका असइ बढुवा सिफारिसमा परेका छन् । बढुवाको सिफारिसमा सबैभन्दा पुछार १५६ नम्बरमा कृष्णगोपाल परियार रहेका छ।

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 283 पटक पढिएको
  • गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ताविरुद्धको सुनुवाइ स्थगित

    काठामाण्डौ  ।   सहकारी ठगीको अनुसन्धानमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ताविरुद्धको सुनुवाइ स्थगित.,....सहकारी ठगीको अनुसन्धानमा नरहेको भन्दै गृहमन्त्री रवि लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेजी र अनुसन्धान चलिरहेसम्म उनलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर रिटको सुनुवाइ स्थगित भएको छ।सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएकोमा निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि बुधवारको सुनुवाइ स्थगित भएको हो।

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 222 पटक पढिएको
  • आज गृहमन्त्री लामिछाने विरुद्ध रिटको पेसी

    काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ। गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।लामिछाने पदमा रहेरै सहकारीको ठगीबारे अनुसन्धान गर्दा उनले अनुचित प्रभाव पारेर अनुसन्धान प्रभावित बनाउन सक्ने र निष्पक्ष अनुसन्धान नहुने भन्दै उनलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाइनुपर्ने रिटमा माग गरिएको छ।अधिवक्ता अतिल विष्टले सहकारीबारे अनुसन्धान भइरहँदा गृहमन्त्री लामिछाने पदमा रहिरहे स्वार्थ बाझिने भन्दै अनुसन्धान नसकिँदासम्म उनलाई निलम्बन गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 199 पटक पढिएको
  • भन्सार छलेर ल्याइएको ट्रक सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा

    काठमाण्डौ। भन्सार छलेर ल्याइएको काजु-किसमिस बोकेको ट्रक सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको छ।१२ सय किलो काजु र ५ सय ४० किलो किसमिस बोकेको ट्रक सोमबार साँझ जनकपुर उपमहानगरपालिका-१ स्थित सिता चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस जनकपुरबाट प्रहरी निरीक्षक उमेशकुमार कार्कीको कमान्डमा खटिएको गस्ती टोली र जनकपुर भन्सार कार्यालयबाट अधिकृत रविनलाल दासको कमान्डको संयुक्त टोलीले उक्त काजु तथा किसमिस बरामद गरेको हो।भारतबाट मधेस प्रदेश ०४-००१ ख ०१७१ नम्बरको ट्रकमा ल्याएको २३ लाख २६ हजार मूल्य बराबरको काजु र किसमिस बरामद गरेको सशस्त्र प्रहरी बल न

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 335 पटक पढिएको
  • सहकारी ठगीमा संसदीय छानबिन समिति गठनका लागि ४ बुँदे सहमति

    काठमाण्डौ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनका लागि सत्तारूढ दल र नेपाली कांग्रेसबीच चार बुँदे सहमति भएको छ।कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति जुटेपछि कार्यदलका सदस्यहरुले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रतिवेदन पेश गरेका हुन् ।कानुन मन्त्री पदम गिरी नेतृत्वमा रहेको कार्यदलमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की, रास्वपा सांसद शिशिर खनाल थिए।मंगलबारको छलफलमा नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे पनि सहभागी थिए।कार्यदलमा समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्या

    • प्रकाशित मितिः जेठ १६, २०८१
    • 414 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.