समाचार

    Showing 18,031-18,040 of 25,019 items.
  • बर्माबाट भागेर आएका मारवाडीहरुको हातमा नेपालको अर्थतन्त्र ; दुर्गा प्रसाईं

    काठमाडौं   ।    व्यवसायी दुर्गा प्रसाईले नेपालको अर्थतन्त्र बर्माबाट भागेर आएका मारवाडीहरुको हातमा पुगेको र देश खोक्रो बनाएको आरोप लगाएका छन् । उनकाअनुसार मारवाडी समुदाय १९८५ सालमा बर्माबाट भागेर नेपाल पशेका हुन् । ती मारवाडी नेपाल प्रवेश गरेको ४५ वर्ष भएको र अहिले उनीहरुको हातमा नेपालको अर्थतन्त्र पुगेको उनको दाबी छ ।ऋषि धमलासँगको कुराकानी प्रसाईले ४५ वर्षअघि सोहनलाल गोल्यानसहितका १६ परिवार बर्मा सरकारले आर्थिक अनियमतिता गरेको आरोपमा देश निकाला गरेपछि भागेर नेपाल आएको सुनाए । प्रसाईका अनुसार बर्माबाट लेखेटिएका मारवाडीहरु मोती दुगड, नन्दु मुन्दडा, राजु मुन्दडा, पवन सरिया, स

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 490 पटक पढिएको
  • सिँचाई विभागका महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका निर्माण व्यवसायीहरु पक्राउ

    काठमाण्डौ । निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालसहितका निर्माण व्यवसायीहरु पक्राउ परेका छन् । आन्दोलनरत उनीहरु आज बिहान सिँचाई विभागका महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका बेला पक्राउ परेका हुन् ।जावलाखेलस्थित सिँचाई विभागको कार्यालयबाट महासचिव दाहालसहित केही निर्माण व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको हो । काम गरेको भूक्तानी पाउनुपर्ने, सबै आयोजनाहरुको एकमुष्ठ म्याद थप हुनुपर्ने लगायतका मागसहित आन्दोलनरत निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन स्वरुप सिँचाई विभागका महानिर्देशक र सडक विभागका महानिर्देशकको कार्यकक्षमा ताला लगाउने कार्यक्रम घोषणा गरेको थियो ।उनीहर

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 269 पटक पढिएको
  • काठमाडौं - हेटौंडा सबै सडक अवरूद्ध

    काठमाण्डौ । हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरूद्ध भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौंडा-भैंसे-भीमफेदी सडक खण्ड पहिरोको कारण अवरूद्ध भएको हो।भीमफेदी-२ भैंसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरूद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौं सडक खण्डमा पनि पहिरो खसेपछि अवरूद्ध भएको छ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौं सडक खण्डमा पहिरो खस्दा बाटो अवरूद्ध भएको हो। त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी-९ लामिडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरूद्ध भएको जनाइएको छ।अविरल वर्

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 221 पटक पढिएको
  • टाउको फेला परेको दुई दिनपछि युवकको शरीर फेला

    काठमाण्डौ   ।  सर्लाहीको हरिवन–४ स्थित लखन्देही पुलमुनि बिहीबार बिहान टाउको फेला परेका युवकको शरीर दुई दिनपछि झन्डै ७ किलोमिटर परको जंगलमा फेला परेको छ ।टाउकोबाट अलग्गिएको युवकको शरीर शनिबार साँझ लालबन्दी नगरपालिका–१७ स्थित कालिन्जोर जंगलमा फेला परेको हो । पूर्व–पश्चिम राजमार्गबाट करिब २५ मिटर दक्षिणबाट युवकको शव फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले जंगलमा टाउको नभएको फेला परेको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको बताए ।टाउको फेला परेपछि शव खोज्नका लागि यस क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो ।टाउको सहितको शव भने भारतको

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 270 पटक पढिएको
  • किराती र अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई फिर्ता बोलाएर दुई सांसदलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।बालुवाटार स्रोतको अनुसार प्रधानमन्त्री प्रचण्डले हितबहादुर तामाङ र जनमत पार्टीकी सांसद अनितादेवी साहलाई प्रचण्डले मन्त्री नियुक्त गर्न लागेका हुन्। तामाङ नुवाकोट–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने साह जनमत पार्टीबाट समानुपातिक सांसद हुन् ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई फिर्ता बोलाएर नयाँ दुई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्र

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 261 पटक पढिएको
  • सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्दै एमाले

    काठमाडौँ । नेकपा एमाले केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे  सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ ।अध्यक्ष केपी शर्मा ओली पार्टीको धारणा सार्वजनिक गर्नेछन् ।

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 220 पटक पढिएको
  • विद्युतीय चुरोट र ब्रेक शु भित्रको सुन तस्करीको एउटै कनेक्सन

    काठमाडौं। ब्रेक शु र भेपभित्रको सुनको कनेक्सन हुनसक्ने केही आधारहरू देखिएपछि प्रहरीले दुवै घटनालाई राखेर अनुसन्धान गरिरहेको छ। गत पुस १० गते फ्लाई दुबईबाट चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप (इलेक्ट्रिक चुरोट) ल्याएका थिए। विदेशबाट विद्युतीय चुरोट (भेप) भित्र ल्याएको सुन प्रकरणमा समातिएकामध्ये ५ जनालाई पुर्पक्षका लागि थुनामा छन् ।जिल्ला अदालत काठमाडौंको आदेशमा ५ जनालाई कारागार चलान गरिएको हो। प्रहरीले त्रिभुवन भन्सार कार्यालयका नासु रेवन्त खड्का, सुरक्षा गार्ड निर्मल विक, अमृत कार्की र भन्सार एजेन्ट दिनेश बस्नेत तथा व्यापारी साहेब राव पाङ्डुरङ मरग र वेदप्रसाद अग्रवालल

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 463 पटक पढिएको
  • सरकारले पाकिस्तानमा जस्तो प्रतिशोधको राजनीति सुरु गर्‍यो : केपी शर्मा

    काठमाडौं   ।    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । शनिबार गुरु लुइँटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले सरकारको विरोधमा बोल्नेहरुलाई अनेक बहानामा दु:ख दिएको बताएका हुन् ।उनले सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै आधारमा सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको मुद्दामा पक्राउ गरेको आरोप लगाए । ‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा, युवा हुँदा पढेको मुद्दा बुढो हुँदा निकालेर । युवा हुँदा पढेको आईएससीको सर्टिफिकेट मामिला निकालेर छानबिन गरे हुन्थ्यो नि पहिले ह

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 264 पटक पढिएको
  • आँबुखैरेनीमा पहिरो जादा पृथ्वी राजमार्ग अवरूद्ध

    काठमाण्डौ  ।   तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।शनिबार साँझ साढे ६ बजे आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वी राजमार्गमा पहिरो खसेर अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए।उनका अनुसार अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ। पहिरो हटाउन स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 215 पटक पढिएको
  • युथ क्लवको आयोजनामा भद्रपुरमा २३औ अन्तराष्ट्रिय युवा दिवस मनाइयो

    भद्रपुर  ।  दिगो विकासको लक्ष्यमा युवाको साथ भन्ने मुल नाराका साथ  २३औ अन्तराष्ट्रिय युवा दिवसका अवसरमा भद्रपुर नगरपालिका युथ क्लवको आयोजनामा भद्रपुर न पा -२ सगरमाथा चोकबाट ऐ ऐ -६ स्थित  भद्रपुर नगरपालिकाको कार्यालय सम्म खुल्ला  भद्रपुर युथ मिनी म्याराथुन  बिहान ८:०० बजेदेखि ९:३० बजेसम्म भद्रपुर न पा प्रमुखको गणेश पोखरेलको अध्यक्षतामा करिब ८६/ ८७जनाको सहभागितामा शुरु भएको थियो।  उक्त मिनी  म्याराथनमा  सहभागी भएका विभिन्न उमेर समुहका व्यक्तिहरु मध्ये  १६-४० उमेर समुहका व्यक्तिहरुलाई प्रतिस्पर्धिको रुपमा लिई प्रथमा दितिय , तृतिय, र सान्तवना

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 186 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.