समाचार

    Showing 18,041-18,050 of 26,731 items.
  • पेस्तोलसहित युवक पक्राउ

    काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिका–११ कपन पैँयुटार डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका–२ घर भएका २३ वर्षीय अर्जुन दर्नाल सुनारलाई एक थान कटुवा पेस्तोलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । उनका अपराधिक गतिविधिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८१
    • 402 पटक पढिएको
  • काठमाडौंमा ट्राफिक प्रहरी जवान घिमिरे मृत फेला

    काठमाण्डौ  । काठमाडौंको तारकेश्वर नगरपालिका-९, मनमैजुमा प्रहरी जवान मृत भेटिएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंकाका अनुसार ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन् । शुक्रवार राति प्रहरी जवान युवराज घिमिरे मृत अवस्थामा फेला परेका हुन्।दरबारमार्ग ट्राफिकमा कार्यरत उनी बालाजुस्थित मनमैजुमा मृत भेटिएको बताइएको छ।बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् । अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसह

    • प्रकाशित मितिः जेठ ५, २०८१
    • 452 पटक पढिएको
  • नेपाल प्रहरीका चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

    काठमाण्डौ । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रबार ४ रिक्त डीआईजी पदमा बढुवा सिफारिस गरेको हो ।डिआईजीमा बढुवा सिफारिस हुने एसएसपीहरुमा कृष्णहरि शर्मा पोखरेल एक नम्बरमा, दान बहादुर कार्की दोस्रोमा, मनोज केसी तेस्रोमा र राजन अधिकारी चौथोमा छन् ।बढुवाका सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सूचना प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८१
    • 364 पटक पढिएको
  • सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारीमा कुमार न्यौपाने

    काठमाण्डौ  । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेलाई दिइएको छ ।न्यौपालेलाइ शुक्रबार प्रवक्ताको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी  न्यौपानेलाइ दिइएको हो ।

    • प्रकाशित मितिः जेठ ५, २०८१
    • 386 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति 

    • प्रकाशित मितिः जेठ ५, २०८१
    • 401 पटक पढिएको
  • भारतको पश्चिम बंगालस्थित मालदामा बिहीबार चट्याङबाट ११ जनाको मृत्यु

    एजेन्सी । भारतको पश्चिम बंगालस्थित मालदामा बिहीबार चट्याङबाट ११ जनाको मृत्यु भएको छ ।उक्त घटनामा अन्य थुप्रै व्यक्ति घाइते भएको र उनीहरूको उपचार भइरहेको छ ।मालदाका जिल्ला अधिकारी नितिन सिंघानियाका अनुसार मृत्यु हुनेमा तीन नाबालक छन् ।

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 349 पटक पढिएको
  • नेपाल प्रहरीका २१ सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस

    काठमाण्डौ । नेपाल प्रहरीका २१ जना प्रहरी नायव निरीक्षकहरुलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ।बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी समूहका २१ सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरिएको हो ।

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 373 पटक पढिएको
  • गायक रवि ओड धरौटीमा रिहा भए

    काठमाण्डौ । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएका हुन् ।कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 270 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डले जेठ ७ मा चौंथोपटक विश्वासको मत लिने

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथोपटक विश्वासको मत लिने भएका छन् ।जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिन लागेका हुन् ।यसबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराइसकेका छन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो ।

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 269 पटक पढिएको
  • संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।हिजो(बिहीबार)को बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि  तनाव उत्पन्न भएको थियो ।आज पनि संसद्मा  अवरोध जारी रहने कांग्रेसले बताएको छ। हिजोको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको थियो।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • 315 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.