समाचार

    Showing 18,091-18,100 of 26,731 items.
  • काठमाडौँका यी स्थानहरूमा आइतबार देखि शुक्रबारसम्म विद्युत् सेवा प्रभावित हुने

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ ।कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो ।तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०८१
    • 263 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा छ । दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको

    • प्रकाशित मितिः वैशाख २३, २०८१
    • 293 पटक पढिएको
  • मालपोत कार्यालयमा आगलागी

    काठमाण्डौ  ।   वीरेन्द्रनगरस्थित सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर- ७, स्थित मालपोत कार्यालयको जिन्सी कोठामा आगलागी भएको हो। शनिबार बेलुका कार्यालयको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रशासन कार्यालयको आडमा रहेको मालपोतको स्टोरमा बेलुका ५:१५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र बीर विश्वकर्माले जानकारी दिए।आगलागी भएको केही समयमै दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ। कार्यालयका कामकाजी कक्षसम्म आगो पुग्न नपाएको, आगलागीबाट स्टोरमा रहेका दराज, एउटा मोटरसाइकल, दुई वटा ज

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 447 पटक पढिएको
  • हेटौंडामा एक युवकमाथि खुकुरी प्रहार

    हेटौंडा  । मकवानपुरको हेटौंडा उमहानगरपालिका वडा नं.१० बसपार्कमा शनिबार बिहान आयुष कुवरमाथि खुकुरी प्रहार भएको छ ।हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने बर्ष २० को समिर थिङ र १८ बर्षीय पञ्च बहादुर तामाङले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने बर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छि औलामा चोट लागेको छ । उनको उपचारको लागि हेटौडा अस्पतालमा पठाईएको थियो । त्यहाँ उपचार संभव नभएपछि शनिबार बिहान

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 395 पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाही जादै

    काठमाण्डौ   ।  प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ शनिवार सर्लाही जादै  छन्।बलरा नगरपालिका–८, गडहिया डुमरियामा रहेको जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री हेलिकप्टरमार्फत मध्याह्न गडहिया पुग्ने कार्यक्रम छ। बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सरिक भएर प्रधानमन्त्री त्यहाँ पुग्ने कार्यक्रम तय भएको छ।गहहीया माविको भवन उद्घाटनपछि प्रधानमन्त्रीले  त्यहीँ माओवादी केन्द्रले आयोजना गर्ने बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 216 पटक पढिएको
  • लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

    मोरङ । मोरङको रतुवामाई नगरपालिका- ६ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका ६:३० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री देश भारत अररियाका ३४ बर्षीय फिरोज सिद्दकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसगुर ४ ग्राम २९० मिलिग्राम र नगद ४३ हजार ५०० रुपैँया बरामद गरेसगै पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 247 पटक पढिएको
  • डीभीको नतिजा आज सार्वजानिक हुदै

    काठमाण्डौ  ।  अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 320 पटक पढिएको
  • दुबईमा पुनः भारी वर्षा, जनजिवन प्रभावित

    एजेन्शि । संयुक्त अरब इमिरेट्स (यूएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ ।संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुनामीको चेतावनी जारी गरिएको थियो । पछिल्लो केही दिनदेखि यूएईले अस्थिर मौसमी लहरका लागि तयारी गरिरहेको छ ।यसै क्रममा सबै क्षेत्रका मानिसलाई सुरक्षाका उपायहरू अपनाउन सल्लाह दिइएको छ । विद्यालयहरू दूर शिक्षामा छन् भने कम्पनीहरूलाई घरबाटै काम गर्न अनुमति दिन आग्रह गरिएको छ । पार

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 446 पटक पढिएको
  • सरकारको बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।हिजो सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले गत बिहीबार र बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।बैठकले गत बिहीबार ८ र बिहीबार (हिजो) १५ निर्णय गरेको छ ।सरकारले सय रुपैयाँको नोटमा राखिएको नक्सा परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिले भएको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।‘अर्थ मन्त्राल

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 446 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहेको छ।दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हि

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 261 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.