समाचार

    Showing 18,131-18,140 of 26,731 items.
  • इजरायल र हमासबीच युद्ध विरामको संकेत

    काठमाण्डौ  । बिगत लामो ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ । हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ ।प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र ‘सम्भावित हजारौं’ प्यालेस्टिनी कैदीहरूको रिहा गर्ने प्रस्ताव गरिएको बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले बताएका छन् ।मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा प्याल

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 241 पटक पढिएको
  • लागुऔषध सहित ४ जना पक्राउ

    काठमाण्डौ  । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१ चौकीटोलबाट लागुऔषध सहित दुई युवतीसहित ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नं.६ घर भई हाल हेटौंडा बस्दै आएकी २२ बर्षीया अंजली घलान, हेटौंडा४ बस्ने २१ बर्षीया अभिषेक थापा, सोही स्थान बस्ने २७ बर्षीय बिवेक थापा र हेटौंडा उपमहानगरपालिका–९ बस्ने २५ बर्षीया निशा योम्जन रहेका छन् ।विशेष सुचनाको आधारमा प्रहरीले घलानको डेरा कोठामा खान तलासी गर्दा १ ग्राम २०० मिलिग्राम लागुऔषध खैरोहिरोइन बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।उक्त लागुऔषध सहित चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय म

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 262 पटक पढिएको
  • बोलेरो दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते

    सुनसरी  ।   भोजपुरमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। घइतेमध्ये चारजना बालबालिकाको अवस्था गम्भीर छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटनामा परेको हो। आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटना हुँदा आमचोक गाउँपालिका–१० पाङ्चाकी २५ वर्षीया रूना राई र सोही ठाउँकी २६ वर्षीया शान्ति राईको मृत्यु भएको प्रहरीले जनाएको छ। रुनाको घटनास्थलमै र शान्तिको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। घाइते सबैल

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 297 पटक पढिएको
  • नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन समापन

    काठमाडौँ । नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन समापन भएको छ । सोमबार पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समापन समारोहलाई सम्बोधन गर्दै नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको बताएका छन् ।यसका लागि विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने उनको भनाइ छ । कुल ८ सय विदेशीसहित २५ सय जनाको सहभागिता रहेको लगानी सम्मेलन नेपाल लगानीकर्ताका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश दिन सफल भएको लगानी बोर्डले जनाएको छ । आइतबारदेखि सुरु भएको सम्मेलनका दौरान विभिन्न साइडलाइन वार्ता तथा बीटूबी मिटिङहरू भएका थिए ।सम्मेलनका दौरान विभिन्न स्

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 246 पटक पढिएको
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ उपसचिवको सरुवा गर्यो

    काठमाडौँ । २९ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार शहरी विकास मन्त्रालयका उपसचिव सी.डि.इ. विजय रानाको गृह मन्त्रालयमा सरुवा भएको छ भने सहरीकै उपसचिव सुरेश कुमार वाग्लेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयका सी.डि.इ. मोहदत्त भट्टको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालयका सी.डि.इ. जितेन्द्र प्रसाद शर्माको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाइएको छ भने श्रम, रोजगार तथा साम

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 256 पटक पढिएको
  • आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु

    काठमाडौं । अर्घाखाँचीमा आगोमा जलेर एक बालिकाको ज्यान गएको छ। भूमिकास्थान नगरपालिका–५ असुरकोटस्थित सोमबार दिउँसो आगलागी हुँदा जलेर ४ वर्षीया अप्सरा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।असुरकोटको कुंडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी बिकको जलेर मृत्यु भएको हो। अरू सदस्य घरबाहिर रहेको र बालिका घरभित्र रहेको बेला घरमा आगलागी भएको प्रहरीले जनाएको छ।आगलागीपछि घरभित्र रहेकी बालिका जलेको अवस्थामा भेटिएकी थिइन्। आगलागीबाट खिमबहादुर बिक र बारबहादुर बिकका दुइटा घर र गोठ जलेर नष्ट भएका छन्।

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 304 पटक पढिएको
  • लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

    झापा  ।  झापामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ। सोमबार साँझ झापाको झापा गाउँपालिका–३ कामाटोलीमा प्रहरीले गोली चलाएर झापा गाउँपालिका–४ का २५ वर्षीय सरिफुल आलमलाई नियन्त्रणमा लिएको हो।सोमबार साँझ कामाटोलीस्थित अक्कल बहादुर विश्वकर्माको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको प्रहरीले जनाएको छ।सूचनापश्चात जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त टोली सो घरमा पुगेको थियो। अकस्मात प्रहरी देखेपछि आलमले खुकुरी र दाउ निकालेर प्रहरीमाथि आक्रमण प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीले चलाएको गोली आ

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 340 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली र देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ।दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 263 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।देशका केही भू–भागमा आज हावाहुरीको सम्भावना छ । लुम्बिनी, मधेस र कोसी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको हो । बाँकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग

    • प्रकाशित मितिः वैशाख १७, २०८१
    • 279 पटक पढिएको
  • मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

    काठमाण्डौ  ।  पाल्पाको तिनाउ गाउँपालिका-२ सिसखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दोभान कचल सडक खण्डमा शनिवार भएको दुर्घटनामा मोटरसाइकल चालक रैनादेवी छहरा गाउँपालिका ७ जुठापौवाका जग बहादुर बलालको मृत्यु भएको हो ।मोटरसाईकलमा केरा लिएर बिक्रिको लागि बुटवल जाँदै गरेका बलालको घटनास्थलमै मृत्यु भएको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए ।मृतक ४५ वर्षीय बलालको शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • 280 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.