काठमाडौं। रोजगारीका कतार पुगेका ६ सय बढी नेपाली कामदार अलपत्र अलपत्र परेका छन् ।कतारको अल जावर पार्टनर्स् कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब नपाएपछि अलपत्र अवस्थामा रहेका छन् । कम्पनीले तलब दिने भनेर झुक्याएको र अहिले आफूहरूसँग खाना खाने पैसा पनि नभएको उनीहरूले बताएका छन् ।उनीहरू समस्यामा परेको जानकारी पाएपछि गैरआवासीय संघ (एनआरएनए) कतारले सुरुमा केही खाद्यान्न सामग्री उपलब्ध गराएको थियो, ‘सुरुमा हामी आफैं गएर खाद्यान्न बाँड्यौं,’ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष कृष्ण पन्थीले भने, ‘त्यसपछि कतारको मिनिस्ट्री अफ लेवर डिपार्ट
काठमाण्डौ । बागलुङबाट पोखरा जादै गरेको बस शनिवार साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।पोखराको हेम्जामा तनहुँ राईपुरदेखि बाग्लुङ पन्चकोट पुगेर आएको बस डिभाईडरमा ठोकिएर दुर्घटना भएको छ । ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको बताएको छ ।घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७:३० ब
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखी साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखी मौसम मुख्यतया सफा रहेको छ। दिउसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भा
झापा । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ । शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा इलाम क्षेत्र नम्बर २ मा ५७ प्रतिशत हाराहारी मतदान भएको छ भने बझाङको प्रदेश सभा १ मा ४८ प्रतिशत हाराहारी मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको छ। घिमिरेका अनुसार इलाम २ मा १ लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६६ हजार मत खसेको छ। करिब ५५ प्रतिशत मत खसेको आकलन गरिएको छ।इलामका एउटा मतदान केन्द्रमा सामान्य विवाद बाहेक अन्य सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतद
झापा । इलाममा २:३० बजेसम्ममा ५१ प्रतिशत मत खसेको छ । १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६१ हजार मत खसेको सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन् । उनका अनुसार मतदान सबैतिर शान्तिपूर्ण छ ।इलाम -२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, काँग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।
काठमाण्डौ । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ। दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ।मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ। निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको आयोगले बताएको छ
काठमाडौं । नेपाल प्रहरीका ७० जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको शुक्रबारको निर्णयानुसार प्राविधिक प्रहरी समूह तर्फका उनीहरु प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा र पदस्थापन भएका हुन् ।प्राविधिक प्रहरी वरिष्ठ हवल्दारहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी देहाय बमोजिम पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन अनुरोध गरिएको छ ।
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केह
काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ।दिउँसो देशका पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित छिटपुट हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका केहि स्थानहरूमा हावा–हुर
झापा । झापाको झिलझिलेमा मोटरसाईकललाई बोलेरोले ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जनाको मृत्यु भएको छ। आज (बुधबार) बिहान करिब ५ः३० समयमा शिवसताक्षी स्थित पूर्वपश्चिम राजमार्गमा पस्चिबबाट पुर्वतर्फ आउँदै गरेको मे३प ५००१ नं को मोटरसाइकल र पुर्वबाट पस्चिमतर्फ जादै गरेको प्र १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । मोटरसाइकलमा सवार तीन जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र एकजनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको हो ।प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाएका थिए। मृतक तिनै जनाको पहिचान खुलेको छैन। 
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.