समाचार

    Showing 18,191-18,200 of 25,019 items.
  • युवतीसँगको भिडियोले विवादमा ल्याएपछि प्रमाण नष्ट गर्न क्वाटरमा रङरोगन गर्दै दमकका प्रशासकीय अधिकृत निरौला

    बिर्तामोड / झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यतिबेला विवादमा तानिएका छन् । मदिरा सेवन गरि एक युवतीसँग अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा देखिएपछि  प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला विवादमा तानिएका हुन् । नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा युवतीसँगै देखिएका पुरुष निरौला नै भएको पुष्टि गरेका छन् । नगरपालिकाले उपलब्ध गराएको सरकारी निवासमा युवतीसँगै मदिरा सेवन गरेको भन्ने विषय गलत भएको अधिकृत निरौलाले  जिकिर गरेका छन् । यता नगरपालिकाकाले भने दोषीलाई कारबाही गरिने र यस्तो किसिमको हर्कत गर्ने जोसुकैलाई कुनै तरिकाबाट संरक्षण नगरिने प्रवक्ता दाहालले बत

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 276 पटक पढिएको
  • एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्ने

    काठमाडौँ / नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय सचिवालय बैठक भोली सोमबार बस्ने भएको छ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ । बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्य योजना पारित गरिने छ । 

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 88 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    झापा / आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं -६ कालीखोलामा लेदो सहितको पहिरो खसेको हो ।पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीको भनाइ छ । पहिरोका कारण यो सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 103 पटक पढिएको
  • एक सुन किलो प्रकरणमा आज फेरी एकजना पक्राउ

    काठमाडौं / एक सय किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले फेरी आज बिहान एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको ठमेलमा रहेको होटल भियनाबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले बताएको छ । उनीसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो । उनी नेपाली मूलका बेल्जियम नागरिक हुन् । विभागले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । 

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 108 पटक पढिएको
  • कोरियामा पानी जहाज कम्पनीमा काम गर्नका लागी भाषा परीक्षाको आवेदन खुल्यो

    काठमाडौँ / इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ ।नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ ।यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने र आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने जारी सूचनामा उल्लेख छ । 

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 103 पटक पढिएको
  • १ करोड २६ लाख २७ हजार ५ सय मूल्य बराबरको अवैध सामग्री बरामद

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउँदै गरेको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ना ६ख ४९०२ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा TELEPHONE नाम लेखिएको भाडा माझ्ने साबुन २५ काटुन,  COCO ZEAL नाम लेखिएको हुक्काको कोईला ६० काटुन, Afzal Authentic Flavored Molasses नाम लेखिएको हुक्काको फ्लेवर ८० काटुन र काँचको झ्यालीर झ्याम्टा २ हजार ४ सय ६५ किलोग्राम सहित अवैध सामग्री बरामद गरेको हो । ट्रक सहित बरामद भएको करिव १ करोड २६ लाख २७ हजार ५ सय

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 157 पटक पढिएको
  • सवारी दुर्घटनामा परि बुद्धशान्तिका एक युवकको मृत्यु

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका–१३ कालीझोडामा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा  स्कुटर चालक बुद्धशान्ति गाउँपालिका–३ का २४ वर्षीय योगेश श्रेष्ठ रहेका छन् । शनिबार बिहान प्रदेश १–०१–००१ च ७१८४ नम्बरको पिकअपले मे ५ प २१८० नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १४, २०८०
    • 198 पटक पढिएको
  • राष्ट्रपतिले गरे मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण

    काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेका हुन् ।राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।  सो विधेयक बिहीबार राष्ट्रियसभाबाट सर्व सहमतिले पारित भएको थियो ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 142 पटक पढिएको
  • चित्लाङदेखि काठमाडौंका लागि छुटेको सुजुकी भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौँ / चित्लाङदेखि काठमाडौंका लागि छुटेको  बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  चन्द्रागिरि नगरपालिका -४ चुनदेवीनजिकैको कच्ची सडकमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थानकोट प्रहरी वृत्तका डीएसपी नारायण अधिकारीले जानकारी दिए । मृतकहरूको पहिचानको भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका तीन जनाको उद्धार गरिएको जानकारी उनले दिए । गाडीमा चालकसहित ५ जना सवार थिए । थानकोटबाट डीएसपी अधिकारीसहितको टोली घटनास्थलमा पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 117 पटक पढिएको
  • अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं /  अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  तामाङ समुदायको विवाहलाई लिएर उनले दिएको अभिव्यक्तिले उनी विवादित बनेकी थिइन् । उनको अभिव्यक्तिविरुद्ध संसद्‌मा समेत आवाज उठेको थियो ।प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।उनीविरुद्ध तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए । जातीय भेदभाव सहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०८०
    • 191 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.