समाचार

    Showing 18,251-18,260 of 26,731 items.
  • कटुवा पेस्तोलसहित बाबु, छोरा पक्राउ

    लहान । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित  बाबु छोरालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका २ यादव टोलबाट ४९ वर्षीय बिजय यादव र उनका छोरा १९ वर्षीय राजा यादवलाई एक थान कटुवा पेस्तोलसहित बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।घरायसी बादबिवादका कारण उनीहरूबीच झै–झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई घर तलासी गर्दा पेस्तोल फेला परेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ। प्रहरीले आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी यस सम्बन्धमा थपे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 251 पटक पढिएको
  • वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने  निर्णय गरेको हो ।बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि रु. ७७ अर्ब ५० करोड,

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 244 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।प्रधानमन्त्री प्रचण्डले चैत १८ गते बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी संवैधानिक परिषद् बैठक बोलाएका हुन्। यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटार डाकेका थिए।प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 286 पटक पढिएको
  • अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमडीएमएस खरिदमा अनियमितता गरेको आरोपमा १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।एमडीएमएस प्रणाली खरिद प्रकरणमा अख्तियारले प्राधिकरणका निर्देशकआनन्द राज खनाल, उपनिर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक रेवतीराम पन्थलाई प्रतिवादी बनाएर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।सहायक निर्देशक संदिप अधिकारी

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 310 पटक पढिएको
  • नेपाल प्रहरीका १३०६ जवान सहायक हवल्दारमा बढुवा तथा पदस्थापन

    काठमाडौं । नेपाल प्रहरीका १ हजार ३०६ प्रहरी जवान सहायक हवल्दारमा बढुवा तथा पदस्थापन भएका छन् । प्रहरी उपरीक्षकको बिहीबारको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा  पदस्थापन गरिएको हो ।तलव, भत्ता पाउने गरी पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । आवश्यक कारवाही गर्न गराउन हुन एवं दर्ज्यानी चिन्हद्धारा सु-शोभन गराउन समेत सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।सूचीहरु:

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 392 पटक पढिएको
  • सरकारले गर्‍यो सात प्रदेशका लागि अनुमानित राजश्व बाँडफाँट

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने अनुमानित राजश्व बाँडफाँट गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमानित राजश्वको ढाँचा र हिस्सा बमोजिम सात प्रदेशका लागि ७७ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहका लागि ७७ अर्ब ५० करोड रुपैयाँ स्वीकृत गरेको हो । साथै वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशका लागि ६० अर्ब र स्थानीय तहहरूको लागि ८८ अर्ब स्वीकृत गरेको छ।यसैगरी चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल मूल्य २७०७/२८ न्यूनतम समर्थन मूल्य तोकेको छ।

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 506 पटक पढिएको
  • मन्त्रिपरिषद बैठकका निर्णय

    काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ । चैत १५ गते (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५ निर्णय गरेको हो ।सरकारले वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रतिवेदन स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको हो । यस्तै चैते धानको समर्थन मूल्य पनि तोकिएको छ ।मन्त्रिपरिषद्को  यस्ता छन् निर्णय :-नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने ।आर्थ

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 313 पटक पढिएको
  • बसले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु छोरा घाइते

    मोरङ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरीमा यात्रुवाहक बसले बिहीबार बिहान मोटरसाइकललाई ठक्कर दिँदा एकजना महिलाको मृत्युु भएको छ । दुर्घटनामा एकजना युवक घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३३७२ नम्बरको बसले पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई बिहान ८ बजेतिर कानेपोखरी गाउँपालिका ७ मा ठक्कर दिँदा दुर्घटना भएको हो ।मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका ८ की ४४ वर्षीया मञ्जु कटुवालको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकी मञ्जु

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 343 पटक पढिएको
  • प्रतिकूल मौसमले हवाई उडान प्रभावित

    काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो ।एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ । “प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ । एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ ।“होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन्”, प्रवक्ता  सुवास झाले भन

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 304 पटक पढिएको
  • श्री एयरको जहाज अढाई घण्टा आकाशमा सम्पर्क बिहीन

    काठमाण्डौ । धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज २ घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको छ । बिहान ७ :१२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाण्डौंमा अवतरण गर्न सकेन।आकाशमा अढाई घण्टासम्म उडेको श्री एयरको जहाज काठमाण्डौंमा अवतरण गर्न नसकेपछि फर्केर ९ : ३४ भैरहवामा आपतकालीन अवतरण गरेको हो। ८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए ।श्री एयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले काठमाण्डौंको आकाश खुलेपछि धनगढीबाट जहाज उडेको बताए। तर काठमाण्डौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाण्डौंको आकाशमा होल्ड गरे

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 358 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.