समाचार

    Showing 18,261-18,270 of 26,731 items.
  • बस र माइक्रो ठोक्किदा ८ जना घाइते

    काठमाण्डौ  ।  भरतपुरको रामनगरमा बसलाइ माइक्रोले ठक्कर दिँदा ८ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार आज बिहिबार बिहान ५ बजेको समयमा चितवन भरतपुरको रामनगरमा रहेको नेपाल प्रहरी राजमार्ज सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय अगाडी चेकिङ भइरहेको अबस्थामा उक्त दुर्घटना भएको हो।चेकजाँचको लागी रोकिराखेको झापाबाट काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नं. को यात्रु बसको पडाडी सोहि दिशा तर्फ जाँदै गरेको ग २ ख २२५ नं. को हायस अनियन्त्रित भई ठक्कर खाइ नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत ठक्कर खाँदा हायसमा सवार ८ जना घाइते भएका हुन। निजहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरह

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 433 पटक पढिएको
  • एकैपटक सशस्त्र प्रहरीका २१५६ जवानको सरुवा, को–कहाँ पुगे ?

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले एकैपटक २ हजार १५६ जवानको सरुवा गरेको छ ।सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार सरुवा बुधबार उनीहरुको सरुवा गरेको हो ।सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ जवानहरुलाई चैत्र महिनादेखि सरुवा भएको दरबन्दीबाट तलब, भत्ता तथा राशन समेत पाउने गरी सरुवा गरिएको छ ।हेर्नुहोस् सूची ; को–कहाँ पुगे ?

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 493 पटक पढिएको
  • नेपाल प्रहरीका ८ डीएसपी एसपीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।बुधबार बसेको बढुवा समितिको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ । 

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 589 पटक पढिएको
  • कालोसूचीमा थप २३ कम्पनी

    काठमाण्डौ  ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुन अनुसार काम नगरेको भन्दै २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।उक्त कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 244 पटक पढिएको
  • विद्यालयमा भर्ना प्रक्रिया पारदर्शी हुनुपर्छ: शिक्षामन्त्री श्रेष्ठ

    काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गरिन । उनले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरिन । ती विद्यालयका प्राचार्यहरुसंग आज  मन्त्रालयमा  भएको बैठकमा  मन्त्री श्रेष्ठले भनिन “ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईंहरुको त कोटा हुन्छ, भनिदिनु पर्यो भनेर दबाब दिएको छ । उनिहरुको भनाइअनुसार मन्त्री, सच

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 353 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्क

    • प्रकाशित मितिः चैत १५, २०८०
    • 338 पटक पढिएको
  • उपप्राध्यापकमाथि आक्रमण गर्ने लामा पक्राउ

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन्।लामालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले टोखाबाट मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।उनका अनुसार लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो। जिल्ला अदालत काठमाडौँले गत मङ्सिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने छ जनालाई दुई वर्ष कैद सजाय सुनाएको थियो।

    • प्रकाशित मितिः चैत १४, २०८०
    • 279 पटक पढिएको
  • झापाको बिर्तामोडमा एक युवामाथि छुरा प्रहार

    बिर्तामोड । झापाको मुख्य सहर बिर्तामोडको पश्चिम बस स्टेण्डमा एक युवामाथि मङलबार बेलुका छुरा प्रहार भएको छ । छुरा प्रहारबाट घाइते भएका बिर्तामोड-१ का अन्दाजी २३ बर्षीय सुनिराम मुर्मुको  स्पाइनेक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाच जनालाई नियन्त्रणमा लिएको छ ।घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा बिर्तामोड-१ का २३ बर्षीय सुनीराम मुर्मुलाई छुरा प्रहार गरेको अभियोगमा बिर्तामोड-१ बस्ने बर्ष अं. २३ को राम टुडु, बिर्तामोड-६ बस्ने बर्ष १९ की एलिना श्रेष्ठ, बिर्तामोड-१ बस्ने

    • प्रकाशित मितिः चैत १४, २०८०
    • 414 पटक पढिएको
  • युवतीको घाँटी रेटेर हत्या

    काठमाण्डौ  ।   एक युवतीको घाँटी रेटेर हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो।मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन्। रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलकाअनुसार मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका हुन् । उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएप

    • प्रकाशित मितिः चैत १४, २०८०
    • 306 पटक पढिएको
  • संसदीय समितिकाे बैठकमा गृहमन्त्री रबि उपस्थित हुने

    काठमाडौं ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने पनि उपस्थित हुने भएका छन् ।समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरलाई बोलाएकोमा पदेन सदस्यको हैसितमा लामिछाने पनि उपस्थित हुन लागेका हुन् ।उनका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ । उपप्रधान एवम गृहमन्त्री लामिछाने यसअघि यसै समितिको सदस्य रहेका थिए । उपप्रधान एवम गृहमन्त्रीको जिम्मेवारीमा गइसकेपछि स्वत पदेन स

    • प्रकाशित मितिः चैत १४, २०८०
    • 407 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.