एजेन्सी / भारतका १९ सांसद निलम्बित भएका छन् । भारतको राज्यसभा अन्तर्गतका १९ जना सांसदलाई निलम्बन गरिएको हो । मर्यादाविपरीत संसद्मा हङ्गामा गरेको भन्दै उनीहरूलाई एक हप्ताका लागि निलम्बन गरिएको बताइएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार निलम्बित हुनेमा तृणमूलका सांसद सुष्मिता देव, डा शान्तनु सेन, डला सेन, शान्ता क्षेत्री, मोहम्मद अब्दुल्ला, एए रहिम, एल यादव, वीवी शिवादासन, अवीर रञ्जन विश्वास र नदीमुल हक छन् ।विपक्षी दलका यी नेताहरू संसद् अवरोध गरी काम कारबाहीमा बाधा पुर्याएको उपसभापतिको आरोप छ ।त्यस्तै सोमबार लोकसभा अन्तर्गत कांग्रेसका चार सांसदलाई निलम्बन गरिएको थियो । जसमा मणिक्कम टेगोर, टीए
झापा / सल्यानमा टिकटक बनाउने क्रममा एक युवक चिप्लिएर कुपिण्डे तालमा बेपत्ता भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका –६ का अन्दाजी ३७ वर्षीय वेद बहादुर बस्नेत तालमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मंगलबार दिउँसो साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा उनी चिप्लिएको प्रहरीले बताएको छ । बस्नेतको खोजी कार्य जारी राखेको सल्यान प्रहरीले बताएको छ ।
काठमाडौँ / प्रतिनिधिसभाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राखेको राष्ट्रिय सभामा उत्पत्तिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।प्रतिनिधिसभाको अर्को बैठक १३ साउन शुक्रबार बिहान ११ बजे बस्नेछ ।
बुद्धशान्ति / झापाको बुद्धशान्तिमा मंगलबार दिउसो पौडी खेल्ने क्रममा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति -४ हापेन चोक निवासी चन्द्र मावोका १२ वर्षीय छोरा इचिहाङ मावो रहेको इलाका प्रहरी कार्यालयका प्रमुख अशोक कोइरालाले जानकारी दिएका छन् । बुद्धशान्ति स्थित - ५ कप्ताने सिलटपमा पौडी खेल्ने क्रममा पानीमा डुबेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / भारतमा अलपत्र परेका पाँच नेपाली बालबालिकाको उद्धार गरिएको छ । भारत पश्चिम बंगाल कलकत्तास्थित महावाणिज्यदूत ईश्वर राज पोख्रेलको पहलमा असम, दार्जिलिङ र सिलगुडीका आश्रमबाट ती बालबालिकालाई उद्धार गरिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोका अनुसार उद्धार गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याएका ती बालबालिकालाई एक संक्षिप्त कार्यक्रमको आयोजना गरी परिवारजनलाई जिम्मा लगाइएको छ।उद्धार गरिएकाहरू भद्रपुरकी १५ वर्षीय प्रियङ्का कार्की, जनकपुरका ११ वर्षीय रोशन पञ्जिहार, मेचीनगरका १० वर्षीय सन्तोष रोक्का, चितवनका ८ वर्षीय क
एजेन्सी / मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ , भने ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । गुजराजको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् ।उनीहरूको उपचार भइरहेको छ । प्रहरीले रक्सी बनाउने र बेच्ने ५ जनालाई पक्राउ गरेर कारबाही अघि बढाएको बताएको छ ।भारतको गुजराज सहित बिहार, मिजोरम र नागल्याण्ड राज्यले मदिराको उत्पादन, बिक्री वितरण र उपयोगमा प्रतिबन्ध लगाएका छन् ।
बिर्तामोड / १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका- २ बस्ने ३० वर्षीय इन्द्रजित मण्डल रहेका छन् । मण्डलले ती बालिकालाई ललाइ फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई सोमबार राति पक्राउ गरेको हो । यस्तै १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका- १५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई पटक पटक बलात्कार गरेको भन्
बिर्तामोड / कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज (मंगलबार) चार वर्ष पुगेको छ । २०७५ साल साउन १० गते साथीको घरबाट बेपत्ता भएकी निर्मलाको शव भोलिपल्ट (साउँन ११ गते) घरनजिकैको उखुबारीमा भेटिएको थियो । उक्त घटनाको चार वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । घटना भएदेखि हालसम्म थुप्रै अनुसन्धान टोली गठन भए, थुप्रै नेता, समाजसेवी, महिला अधिकारकर्मीहरूले निर्मलालाई न्याय दिलाउने आश्वासन परिवारलाई दिए । तर अहिले सम्म निर्मला र निर्मलाको परिवारले न्याय पाउन भने सकेका छैनन् । निर्मलाको न्यायका लागि देशभरी प्रदर्शन गरियो, धेरै जना आन्दोलनका क्रममा घाईत
बिर्तामोड / १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षक सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कराँते प्रशिक्षक विराटनगर महानगरपालिका- ३ निवासी ५० वर्षीय विनोद राउत र उनका साथी सुरज सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए । किशोरीको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङको आदेशमा थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटकपटक बलात्कार गरेको जाहेरी आएको मोरङ प्रहरीले जनाएको छ । एसपी कोइरालाले भने,
काठमाडौँ / नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ भने तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा झरेको छ । मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.