समाचार

    Showing 22,411-22,420 of 25,221 items.
  • ब्राउनसुगर सहित मेचीनगरबाट १ जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-१२ कालिझोडाबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको गोबिन्दपुर घर भई मेचीनगर नगरपालिका-१२ मा बस्दै आएका १८ वर्षीय अबि नारायण लिम्बू रहेका छन् । लिम्बुलाई इलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले हिजो साँझ घर देखि नै पक्राउ गरेको हो । लिम्बुको साथबाट प्रहरीले २१.३८ ग्राम लागूऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 78 पटक पढिएको
  • लागूऔषध गाँजा सहित मोरङबाट १ जना पक्राउ

    बिर्तामोड / मोरङको केरावारी गाउँपालिका- ७ मुगुटोलबाट ठुलो परिणामको लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो पौने ४ बजेको समयमा केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि बाधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसँगै उक्त मोटरसाइकल चालक सहिदभुमी गाँउपालिका-१ का ३१ वर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  इलाका प्रहरी बेलबारीले जनाएको छ ।  

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 49 पटक पढिएको
  • हत्याको आरोपमा १ जना पक्राउ

    झापा / झापाको मेचीनगर नगरपालिका-५ पिपलडाँडा चौकको बाझो खेतमा फाल्गुन २५ गते एक महिला मृत फेला परेकी थिइन् । उक्त घटनामा मृत फेला परेकी ६८ वर्षीया अम्बिका कुँवरको हत्याको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको हो । फाल्गुन २५ गते बेलुकी ४ बजे  घाँस काट्न गएकी कुवँर घर नफर्किए पछि निजको श्रीमान जगत कुँवरले खोजतलास गर्दा घर देखि २०० मिटर टाढा मृत अवस्थामा फेला पारेका थिए । जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र संघीय प्रहरी इकाई कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली तत्कालै घटना स्थलमा पुगेको थियो ।  उक्त घटनाको अनुसन्धानको क्र

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 59 पटक पढिएको
  • सङ्खुवासभा बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो

    झापा / सङ्खुवासभाको मादी नगरपालिका –६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आँउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।दुर्घटनामा मादी नगरपालिका –६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३० वर्षीया सीता वि क, ५ वर्षीया दीक्षा कटवाल, ३२ वर्षीया अञ्जना कटवाल, मादी नगरपालिका –५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहालको घटनास्थलमै मृत्यु भएको छ ।घटनास्थलमै मृत्यु हुनेहरूमा मादी नगरपालिका

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 51 पटक पढिएको
  • सौर्य एयरको जहाजमा प्राविधिक समस्या

    काठमाडौं / यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको छ । काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गर्दागर्दा जहाजमा प्राविधिक समस्या पहिचान भएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई झारिएको विमानस्थल व्यवस्थापनका एक अधिकारीले जानकारी दिएका छन् ।उक्त जहाजमा सवार बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले दुर्घटनाको मुखबाट बाँचिएको बताएका छन् भने सौर्य एयरलाइन्सको व्यवस्थापन यात्रुप्रति उदासिन देख्दा दुःख समेत प्रकट गरेका छन् । जहाज कन्डिसन चेक नगरी उडाउन कोशिश गर्नु अपराध नभएको पनि थापाले व्यक्त गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 79 पटक पढिएको
  • बैंकिङ कसुरमा जरिवाना र कैद सजाय तोकिएका फरार भुजेल पक्राउ

    काठमाडौँ  / ललितपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद तोकी फरार रहेका हेटौंडा उपमहानगरपालिका -१७ का ३२ वर्षीय मुन्दिप भुजेल पक्राउ परेका हुन् ।हाल काठमाडौंको मनमैजुमा लुकिछिपी बस्दै आएका भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।बैकिङ कसुरमा भुजेलविरुद्ध उच्च अदालत पाटनले १२ मंसिर ०७८ मा नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजायको फैसला गरेको थियो । फैसला गरेसँगै उनी फरार भएका थिए । उनी काठमाडौंमै लुकि

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 81 पटक पढिएको
  • श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस

    काठमाडौँ / उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद् बैठकले बिहीबार श्रेष्ठको नाम सिफारिस गरेको हो ।अब संसदीय सुनुवाइबाट अनुमोदन भएपछि श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीश नियुक्त गर्नेछिन् । प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अदालतमा एक पद रिक्त थियो । परिषद्ले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 58 पटक पढिएको
  • भिजिट भिसामा खाडी मुलुक हिँडेका २३ जनालाई अध्यागमनले दिएन प्रस्थान अनुमति

    काठमाडौं  / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले भिजिट भिसामा दुबई र मलेसिया हिँडेका २३ जनालाई शंकास्पद यात्रा भन्दै फर्काएको छ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद यात्रा भन्दै उनीहरूलाई प्रस्थान अनुमति दिन अस्वीकार गरेको हो । अध्यागमनले दुई दिनको अवधिमा (२४ र २५ फागुनमा) २३ जनालाई शंकास्पद यात्रा भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमनका अधिकारीले बताए ।मानव तस्करले जथाभावीरुपमा भिजिट भिसामा सर्वसाधारणहरूलाई लैजान थालेपछि गृहमन्त्रालयले कडाइ गर्न थालेको छ । अध्यागमनका अधिकारीहरूले शंकास्पद कसैलाई पनि प्रस्थान अनुमति दिएका छैनन् । फिर्ता हुनेहरूमा दुबई ह

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 102 पटक पढिएको
  • संवैधानिक नियुक्ति विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

    काठमाडौं / कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले नेकपा एमाले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गरेका थिए । उक्त मागमा परेको रिटमाथि आज संवैधानिक इजलासमा कार्कीले पेशी तोकेका हुन् ।कामु प्रधानन्यायाधीशले गोलाप्रथा प्रक्रियाविनै गठन गरेको संवैधानिक इजलासमा ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश कार्कीसहित हरिकृष्ण कार्की, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा तोकिएका छन् । यसअघि प्रधानन्यायाधीश कार्कीले गत बुधबार उक्त मुद्दामा आफ्नै इजलासमा राखेर लगत कट्टाको आदेश दिएका

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 50 पटक पढिएको
  • रुकुमपूर्वको जङ्गलमा फेला पर्यो एक दर्जन बढी सकेट बम

    झापा / रुकुम पूर्वको सिस्ने गाउँपालिकाको एक जङ्गलमा सकेट बम फेला परेका छन् । गाउँपालिकाको वडा नम्बर २ को  बुर्किसल्लाको जङ्गलमा सकेट बम फेला परेका हुन् । वडाध्यक्ष जीवन केसीका अनुसार बिहीबार दिउँसो ओडारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई सूचना दिएका थिए ।पछि प्रहरीले निरीक्षण गर्दा कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तै देखिने वस्तु फेला परेको हो ।बम वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगिसकेको छ । 

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 58 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.