समाचार

    Showing 22,701-22,710 of 25,221 items.
  • ट्रक दुर्घटनामा परी तुम्लिङटारमा एकको मृत्यु

    खाँदबारी / सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिएका छन् ।प्रहरी निरीक्षक अधिकारीका अनुसार सोमबार बिहान ७ बजे प्रदेश २–०३००१ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै भएको हो । तुम्लिङटारबाट वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको उनले बताएका छन् । ट्रक मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्‍याएर सोमबार बिहान वीरगञ्ज फर्कँदै गर्दा सभाखोला नजिकैको घुम्

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 61 पटक पढिएको
  • उपत्यकामा निजी सवारीसाधनको जोरबिजोर हटाइयो

    काठमाडौं / कोरोना संंक्रमण नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोरबिजोर प्रणाली हटेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा जोरबिजोर प्रणाली लागू गरिएको थियो । तर पछि सार्वजनिक बसमा जोरबिजोर हटाएर ट्याक्सी, निजी गाडी र मोटरसाइकलमा मात्र कायम राखिएको थियो । यस्तै सरकारले शिक्षण संस्था पनि फागुन १ गतेदेखि खुलाउने भएको छ । १२ वर्षमाथिका बालबालिकाका लागि नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्षभन्दा कम उमे

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 58 पटक पढिएको
  • रूपन्देहीमा कार दुर्घटना : ३ को मृत्यु २ जना गम्भीर घाइते

    झापा  / रूपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छन् ।बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहान ठोक्किएको थियो ।बिहान ५ बजेतिर भएको दुर्घटनामा परी बुटवल-१३ का अन्दाजी २७ र २८ वर्षीय सविन चौधरी, सोही स्थानकै गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा सोही स्थानका भागिरथ चौधरी र बुटवल १२ का अनिष जिसी घाइते छन् । चौधरीको अवस्था गम्भीर र जिसीको अवस्थ

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 62 पटक पढिएको
  • खुकुरी प्रहार गरेर हत्या गर्ने तामाङ प्रहरी नियन्त्रणमा

    झापा / सिन्धुपाल्चोकको बलेफी गाउँपालिका –७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ ।आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीय ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 66 पटक पढिएको
  • ब्राउन सुगर सहित ४ जना पक्राउ

    बिर्तामोड / कानेपोखरी गाउँपालिका ५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ७ का ३३ वर्षीय रूपक श्रेष्ठ, २६ वर्षीय कृष्ण रणपहेली, बेलबारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र  कानेपोखरी गाउपालिका ५ का २१ वर्षीय रवि चौधरी रहेका छन् । हिजो शनिबार प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागूऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 110 पटक पढिएको
  • वरिष्ठ अधिवक्ता तथा जसपाका केन्द्रीय नेता पाठकको निधन

    काठमाडौं / जसपाका केन्द्रीय नेता वरिष्ठ अधिवक्ता  प्रेमकृष्ण पाठकको  आइतबार निधन भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।पारिवारिक स्रोतका अनुसार पाठकको ह्याम्स अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।२०४२ सालसम्म रामराजप्रसाद सिंहको जनवादी मोर्चामा आवद्ध नेता पाठक गणतन्त्रवादी नेताका रुपमा चर्चित थिए ।उनको आजै ३ बजे पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने स्वर्गीय पाठककी छोरी नम्रता शर्माले जानकारी दिइन् । 

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 56 पटक पढिएको
  • लागूऔषधसहित दुई पक्राउ

    काठमाडौं /  नेपाल प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट मनोहरा करिडोरस्थित ललितपुर जोड्ने पुल नजिक लागूऔषधसहित सर्लाही मलङ्गवा नगरपालिका–१० का २० वर्षीय अनुज मण्डल र २० वर्षीय अभिषेक शाहलाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले झोलामा लागूऔषध बोकेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेकासँग ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ ।पक्राउ परेक

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 69 पटक पढिएको
  • दुई वर्षमा थपिए १ करोड ४६ लाख इन्टरनेट प्रयोगकर्ता

    काठमाडौं / विगत दुई वर्षमा नेपालमा इन्टरनेट सस्क्राइबरको संख्या करिब डेढ करोडले बढेको छ । २०७६ मङ्सिरयता मात्रै १ करोड ४६ लाख ६७ हजार इन्टरनेट प्रयोगकर्ता बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।यसमा फरक इन्टरनेट कम्पनीको सेवा लिइरहेकाहरू एउटा ग्राहकलाई पनि ‘युनिक प्रयोगकर्ताका गणना गरिएको छ ।२०७६ मङ्सिरमा २ करोड १३ लाख ७३ हजार रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या अहिले जनसंख्या भन्दा बढी ३ करोड ६० लाख ४१ हजार पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्टले देखाउँछ ।नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार जनसंख्यनको अनुपातमा ११८ प्रतिशत जनता इन्टरनेटको पहुँचमा छन् । कतिपय एकै व्यक्तिले दोहोर

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 56 पटक पढिएको
  • मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलकाविरुद्ध प्रदर्शन

    झापा / एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल रोहिणी गाउँपालिका कमिटी, रूपन्देहीले धकधईमा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलकाविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।धकधई चोकमा युवा संघका नेता तथा कार्यकर्ताहरू राँके जुलुससहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, रेणु यादवलाई बर्खास्त गर, स्थानीय तह निर्वाचनको मिति घोषणा गर, २४ लाख खोप सार्वजनिक गर लगायतका नारा लगाएका थिए ।विरोध प्रदर्शनपछि बोल्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य अजय रौनियारले मूल्यवृद्धि फिर्ता र स्थानीय तह निर्वाचनको मिति घोषणा नगरे

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 65 पटक पढिएको
  • देवरले भाउजूलाई पेट्रोल छर्केर आगो लगाए पछि.............

    झापा / सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।सप्तरीको बोदेबर्साइन नगरपालिका- १ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको छ । २१ माघको बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।राजकुमारीका ३० वर्षीय पति रबिन कुमारले आफू काम विशेष

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 102 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.