समाचार

    Showing 22,721-22,730 of 26,762 items.
  • बिर्तामोडबाट ब्राउनसुगर सहित लिम्बू पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –२ स्थित चारपानेबाट ब्राउनसुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति –४ का ३१ वर्षीय चन्द्र बहादुर लिम्बू रहेका छन् । विशेष सूचनाका आधारमा मंगलबार बेलुका ७ बजे  इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्रिएको हो । पक्राउ परेका लिम्बुको साथबाट प्रहरीले ३४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । 

    • प्रकाशित मितिः असार ८, २०७९
    • 154 पटक पढिएको
  • करेन्ट लागेर रोमन कुमार चन्दको मृत्यु

    सङ्खुवासभा  / सङ्खुवासभाको धर्मदेवी नगरपालिका –५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान हाइड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर उक्त हाईड्रोका इन्जिनियर पोखरा महानगरपालिका –१२ का ३९ वर्षीय रोमन कुमार चन्द घाईते भएका थिए । घाईते चन्दलाई उपचारको लागी हेलिकोप्टरद्वारा काठमाडौँ पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। 

    • प्रकाशित मितिः असार ८, २०७९
    • 92 पटक पढिएको
  • सवारी दुर्घटना परी दुई जनाको मृत्यु

    विराटनगर / मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरे नगरपालिका –२ की विमला खड्का रहेकी छिन् ।  मंगलबार राती साँढे ७ बजे मोरङको पथरी शनिश्चरेमा प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा खड्का घाईते भएकी थिइन् । खड्काको उपचारको क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै मंगलबार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका –११ मा ३३ प ४२४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० वर्षीया देव कुमारी श्रेष्ठ घाईते भएकी थिईन । जिल्

    • प्रकाशित मितिः असार ८, २०७९
    • 68 पटक पढिएको
  • पाँच सय भारतीय पर्यटक लिएर ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउँदै

    जनकपुर / ‘भारत गौरव पर्यटक रेल’ ९ असारमा जनकपुरधाम आउने भएको छ । भारतीय पर्यटक बोकेर उक्त रेल जनकपुरधाम आउने भएको हो।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाका अनुसार भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने छ । रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताए ।महाप्रबन्धक झाका अनुसार भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’ मा करिब ५०० भ

    • प्रकाशित मितिः असार ८, २०७९
    • 60 पटक पढिएको
  • अन्तर्राष्ट्रिय कल बाइपास गर्ने खान पक्राउ

    पर्सा / अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।वीरगञ्ज महानगरपालिका –२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैध रूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।विशेष सूचनाका आधारमा प्रहरीले तेलीको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको हो ।

    • प्रकाशित मितिः असार ८, २०७९
    • 72 पटक पढिएको
  • १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४३ वर्षीय युवक पक्राउ

    झापा / १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका- ५ थाङ्दीमा डेरा गरि बस्ने गोरखा चुनमुवी गाउँपालिका- ३ घर भएका ४३ वर्षीय चन्द्र बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङले ती बालिकालाई गत बैशाख १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको  छ ।

    • प्रकाशित मितिः असार ७, २०७९
    • 94 पटक पढिएको
  • बुधबार देखि निजी क्षेत्रका सबै उडान स्थगित

    काठमाडौं / वायुसेवा सञ्चालक संघले भोलिदेखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ ।पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रही साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडानहरू बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ । यसबारे केहीबेरमा पत्रकार सम्मेलन गर्न लागिएको संघका प्रवक्ता योगराज कंडेल शर्माले जानकारी दिए ।मन्त्री आलेले निजी क्षेत्रका विमानहरू बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्नेलगायतका निर्णयको विरोधमा संघले उडान बन्द गर्ने भएको हो । वायुसेवा सञ्चालक संघ, नेपालले सङ्घसँग आबद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाईसेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धार ल

    • प्रकाशित मितिः असार ७, २०७९
    • 110 पटक पढिएको
  • साइकल चोरी गरि भारत तर्फ लैजाँदै गरेको अवस्थामा २ पक्राउ

    बिर्तामोड / झापाको भद्रपुर नगरपालिकाको बिभिन्न स्थानमा पार्किङ गरी राखिएका साइकलहरू चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा  भद्रपुर नगरपालिका वडा नं -९ देवकोटा चोक बस्ने वर्ष ३९ को उदय दाहाल र भद्रपुर -८ बस्ने वर्ष १९ को पेन्टा भन्ने लालदेव महतो रहेको प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् । विशेष सूचनाको आधारमा प्रहरीले चोरी गरिएका ४ थान साइकल भारत तर्फ लैजाँदै गरेको अवस्थामा नेपाल भारत सिमाना मेचीपुलमा पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको  छ । 

    • प्रकाशित मितिः असार ७, २०७९
    • 225 पटक पढिएको
  • श्रीमतीलाई परपुरुषसँग रंगेहात फेला पारेपछि श्रीमानले गरे श्रीमतीको हत्या

    एजेन्सी / सिक्किमको साम्लिकमा अस्थायी बसोबास गर्दै आएका एक नेपाली पुरुषले आफ्नी श्रीमतीको चिर्पट प्रहार गरि हत्या गरेका छन् । आफ्नै घरमा परपुरुषसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेपछि वीरबहादुर रसाइलीले श्रीमतीको हत्या गरेको नर्थइस्ट टुडेले जनाएको छ । रसाइलीले आफ्नी पत्नी ३५ वर्षीया लक्ष्मी रसाइलीलाई नेपालकै लाक्पा शेर्पासँग फेला परेका थिए । रानीपुल प्रहरीका अनुसार अभियुक्तका छोराले आफ्नी आमाको हत्याको आरोपमा गत शनिबार उजुरी दर्ता गरेका थिए । उजुरीमा सो दिन साँझ ७ बजे रसाइलीले लाक्पासँग लक्ष्मीलाई आपत्तिजनक अवस्थामा फेला पारेका थिए । क्रुद्ध बनेका रसाइलीले लक्ष्मी र लाक्पालाई दाउ

    • प्रकाशित मितिः असार ७, २०७९
    • 193 पटक पढिएको
  • बझाङका जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा

    काठमाडौँ / सरकारले बझाङका जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने जानकारी दिएका हुन् । नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदरस्वरूप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको जनाइएको छ । सरकारको यो निर्णयसँगै राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ।

    • प्रकाशित मितिः असार ७, २०७९
    • 80 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.