समाचार

    Showing 22,741-22,750 of 22,881 items.
  • आइएमई लुटपाट गर्ने पक्राउ

    काठमाडौँ / काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ गरेको हो ।प्रहरीमा बुधबार साँझ ५ बजे अपरिचित व्यक्तिले धारिलो हतियार देखाई कर्मचारी दीपक मल्ललाई बाँधी रु छ लाख बराबरको नगद लुटपाट गरी भागेको भन्ने जानकारी

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 58 पटक पढिएको
  • अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य

    काठमाडौँ / प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ ।मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ । वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको थियो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण प्रभावित बनेको अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित भइरहेको जानकारी दिएका छन् । गत शुक्रबार मध्यान्हदेखि मौसम खराबीले भिजिबिलिटी क

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 78 पटक पढिएको
  • ‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षर र अङ्कको माग

    काठमाडौँ / नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ । देवनागरी लिपि  तथा वर्णाक्षर बचाऔँ अभियानको  संयोजकत्वमा नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घको प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सवारीसाधनमा नेपाली भाषाको नम्बर प्लेट राख्न माग गरेको हो । प्रतिनिधिमण्डलमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ,  प्रजातान्त्रिक कानून व्यवसायी सङ्घका अध्यक्ष योगेन्द

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 68 पटक पढिएको
  • राष्ट्रिय जनगणना, २०७८ को पूर्वतयारीमा जिल्ला जनगणना कार्यालय

    खोटाङ / राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भ पारेर खोटाङमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ । आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म देशव्यापी सञ्चालन हुने जनगणनाको बारेमा जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्ला जनगणना कार्यालयले बुधबार सचेतना गोष्ठी गरेको हो ।आसन्न राष्ट्रिय जनगणनालाई फलदायी बनाउन जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख, पत्रकारलगायतलाई सहभागी गराएर सचेतनामूलक गोष्ठी सञ्चालन गरिएको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोइरालाले बताए । “जनगणना के हो, यो किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्राप्त हुने तथ

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 47 पटक पढिएको
  • नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

    सुर्खेत / इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ ।दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए । उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए । तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अ

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 69 पटक पढिएको
  • पत्रकार महासङ्घको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

    काठमाडौँ / नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विपुल पोखरेलको नेतृत्वमा रहेको समूह घोषणा गरिएको हो । कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार पोखरेलले प्रेस स्वतन्त्रता, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रताका लागि साझारूपमा चुनावी मैदानमा उत्रिएको बताएका छन् । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, युनियनका महा

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 41 पटक पढिएको
  • सेना जनताको आस्था र भरोसाको केन्द्र हो : प्रधानसेनापति थापा

    बर्दिवास / प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताएका छन् ।मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई आज बर्दिवासमा सम्बोधन गर्दै उनले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परम्कर्तव्य भएको स्पष्ट पारे ।प्रधानसेनापति थापाले भने, ‘हामी आफ्नो कर्तव्यपथमा अडिग रही संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छौँ र भविष्यका लागि पनि तयार रहने छौँ ।’पुर्खाले रचेको सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न हामी स

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 91 पटक पढिएको
  • कुप्रथाविरुद्ध टोल–टोलमा प्रहरी अभियान

    डोटी / सामाजिक रुपमा निन्दनीय र कानूनी रुपले दण्डनीय मानिने बालविवाह, बहुविवाह, छाउपडी प्रथा, जातीय विभेद लैङ्गिक हिंसा, लागुऔअध दुव्र्यसनीलगायत कु–प्रथाको अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न टोलटोलमा प्रहरी अभियान थालेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले केही दिनयतादेखि उक्त अभियानको थालनी गरेको हो । जिल्लाका विभिन्न गाउँ तथा टोलमा अझै पनि बाल तथा बहुविवाह जस्ता सामाजिक कुप्रथा कायमै भएका कारण त्यस्को अन्त्यका लागि आफूहरुले यो अभियानको थालनी गरेको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले बताए ।उनले भने, “जिल्लाका विभिन्न स्थलमा बहुविवाह, बालविवाहलगायत घटना कायमै भएक

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 61 पटक पढिएको
  • छ दिनदेखि फोहोर व्यवस्थापनमा समस्या

    काठमाडौँ / स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन  ।  विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी अवरोध गरेपछि उपत्यकाको फोहोर उठ्न नसकेको हो । सिसडोलका स्थानीयवासीले यही चैत १३ गतेदेखि उपत्यकाको फोहोर लान अवरोध गरेका छन् । फोहोरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा ५१ वटा शिक्षक दरबन्दी थप गर्नुपर्ने र प्रभावित सबै विद्यार्थीका लागि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने जस्ता माग राखेर अवरोध

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 75 पटक पढिएको
  • शहीदको आत्माको शान्तिका लागि महायज्ञको माग

    काठमाडौँ / ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि आगामी वैशाख १० गते देशभरका प्रमुख नदीमा महायज्ञको माग गर्दै स्वामी रामानन्द सरस्वतीले अन्न त्याग गरेका छन् ।  सशस्त्र द्वन्द्वका क्रममा विद्रोही र सरकार पक्षबाट बलपूर्वक मारिएका ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि देशभरका सबै जिल्लाका प्रमुख नदीमा एकै दिन महायज्ञ गर्नुपर्ने मागका साथ सरस्वतीले मङ्गलबारदेखि अन्न त्याग गरेका हुन् । नेपाल सनातन धर्म संस्कृति सङ्गठन काठमाडौँको अध्यक्षसमेत रहेका स्वामी सरस्वतीले ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि अन्न त्यागको घोषणा गरेको उनिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  विश्व ह

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 67 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.