झापा / नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज बिहानदेखि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
झापा / अवैध गर्भधारणबाट जन्मिएको शिशुको आमाले हत्या गरेकी छन् । १५ वर्षीया आमाले बुधबार बिहान १६ दिने शिशुको हत्या गरेकी हुन् । दाङको राप्ती गाउँपालिका -३ मुसरिया गाउँकी १५ वर्षीया अञ्जना ( नाम परिवर्तन ) ले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको हत्या गरेकी हुन् ।बच्चा धेरै रोएको र स्तनपान गराउँदा पनि रुन नछाडेपछि आवेशमा आई सेफ्टी ट्याङ्कीमा लगेर फालेको ती किशोरीले बयान दिएको एसपी काफ्लेले बताए ।प्रहरीले सेफ्टी ट्याङ्कीबाट शिशुको शव बरामद
बिर्तामोड / झापाको भद्रपुरस्थित मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गरिने भएको छ । प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले आर्थिक वर्ष २०७९ ८० का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम पेस गर्दै मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने बताएका हुन् । त्यस्तै उनले झापाको कमल गाउँपालिकाको लखनपुरमा ५० शैयाको प्रादेशिक आयुर्वेद अस्पताल यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने समेत बताएका छन् । नीति तथा कार्यक्रमको पूर्णपाठः
काठमाडौँ / काठमाडौँमा ठूलो पानी पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवतरण हुनु पर्नै २ वटा विमान अवतरण हुन नसकेपछि दिल्ली नै फर्किएको छ । भारतको दिल्लीबाट काठमाण्डौका लागि आएका दुई वटा विस्तारा एअर र इन्डिगो एयरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ । पानी परेकै कारण केही जहाज भने आकाशमा घुमिरहेका छन् ।
काठमाडौँ / विवेकशील साझा पार्टीबाट २०७४ सालको स्थानीय तहको चुनावमा काठमाडौंको मेयरमा उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उनले स्वतन्त्र चुनाब लड्ने निर्णय गरेकी हुन् । गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता ईश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा। प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए ।काठमाडौं महानगरपालिकाका वडा नं.
काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि गरेर ९८ दिन तलबसहितको सुत्केरी बिदा उपलब्ध गराउन सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ ।सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा उल्लेख भएअनुसार केही कार्यालयमा बिदा नदिएको भन्ने गुनासो आएका कारण सबैलाई ऐनअनुसार चल्न मन्त्रालयले आग्रह गरेको हो ।सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी, सरकारी र गैरसरकारी संघ–संस्थामा कार्यरत महिला कर्मचारीले सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ ।
काठमाडौं / काठमाडौं महानगरपालिकाको फोहोर फल्ने क्रममा नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच आज पनि झडप भएको छ । बुधबार पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।मङ्गलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । काठमाडौंबाट फोहोर फाल्न बन्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन गरिएको छ ।स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले बताए ।वैज्ञानिक तरिकाले फोहोर व्यवस
काठमाडौं / काठमाडौं महानगरपालिका -२८ पुतलीसडकमा मुख्य कार्यालय रहेको योयोसो डिपार्टमेन्ट स्टोरको विभिन्न शाखाबाट सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- ९ गौशाला घर भई हाल वडा नम्बर -४ मा बस्ने ५१ वर्षीय मुना सिंह हुन् । उनलाई चण्डोलबाट काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।मुनाको साथबाट प्रहरीले सीजी कम्पनीको सानो हाते पंखा एक थान, एम लेखिएको सानो हाते पंखा एक थान, चार थान हुक, वुडन मिरर लेखिएको एक थान ऐना, नौ थान टेबुल, जेन्स अन्डरवेयर तीन थान, स्पिकर एक थान, मोबाइल एक थान र प्रदेश ३–२००६ प ४३१७ न
काठमाडौं / चन्द्रागिरी नगरपालिका- १ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
अछाम / अछामको पञ्चदेवल विनायक नगरपालिका –४ का विनोद शाही मृत्यु प्रकरणमा प्रहरीले हत्या आरोपमा ५ जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए ।‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ,’ विष्टले भने।जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनिबार बिहान स्थानीयले फेला पारेका थिए। मध्यपहाडी राजमार्गमा पर्ने पञ्चदेवल व
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.