काठमाडौँ। भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ८ः०० बजेसम्मको उक्त विवरण सार्वजनिक गर्दैै हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको जनाएको छ ।विभिन्न जिल्लाबाट ७३४ जनाको शव फेला परेको जनाउँदै उक्त कार्यालयले रसुवामा १३, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२, गोरखामा ५८, चितवनमा २५९, नवलपरासी पूर्वमा १८५ र नवलपरासी पश्चिममा ८२ जनाको शव फेला परेका बताएको छ ।सुरक्षाकर्मीले रसुवाका ६७६, नुवाकोटका दुई हजार २० र धादिङका तीन जनालाई उद्धार गरेका छन् भने काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएर १६० जना घर फर्केका छन् ।यसैबीच, बाढीपछि नेपाली सेना, ने
काठमाडौं / बाढीपछि लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा महत्त्वपूर्ण प्रगति भएको छ। सुरुङको माथिल्लो भाग ९क्राउन० पहिचान भएसँगै उद्धार टोलीले क्यामेरा र अक्सिजन भित्र पठाउने प्रक्रिया सुरु गरेको छ।बिहानदेखि नै प्राविधिक र सुरक्षाकर्मीको संयुक्त टोलीले सुरुङमा थुप्रिएको लेदो हटाउँदै ड्रिलिङमार्फत पहुँच बनाउने प्रयास गरिरहेको थियो। केहीबेरअघि सुरुङको क्राउन पहिचान भएपछि उद्धार अभियानले थप गति लिएको हो।उद्धार टोलीले सुरुङभित्रको वास्तविक अवस्था बुझ्न क्यामेरा पठाएको छ भने सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायातको व्यवस्था गरेको छ ।सेवाको पहिलो दिन शनिबार दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । शनिबारदेखि दुईवटा सवारीसाधनको व्यवस्था गरिएको छ । दुईवटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्ने गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको हो । यसमा १० यात्रु अटाउँछन् ।निःशुल्क सञ्चालन गरिएका सवारीसाधनको पहिचानका लागि त्यसको अ
गण्डकी। रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि पोखरा महानगरपालिकाले राहत सहयोग अभियान सञ्चालन गर्ने भएको छ ।बाढी प्रभावितहरूका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधिलगायत सामग्री सङ्कलनका लागि राहत अभियान सञ्चालन गर्न लागिएको हो । एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरण गरिने महानगरले जनाएको छ ।नगरप्रमुख धनराज आचार्यका अनुसार आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा राहत सामग्री सङ्कलन कक्ष सञ्चालन गरिनेछ । इच्छुक सङ्घसंस्था र व्यक्तिलाई उक्त केन्द्रमा ल्याई राहत सामग्री सहयोग गर्न महानगरले सार्वजनिक रूपमा आह्वानसमेत गरेको छ ।सङ्कलित राह
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ११०
चितवन । आइतबार बिहान भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना आएपछि केहीबेर रोकिएको काठमाडौँ–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ।भोटेकोशीमा बाढीको जोखिम बढेको सूचनापछि सुरक्षा सतर्कता अपनाउँदै प्रहरीले नारायणगढबाट मुग्लिङ हुँदै पोखरा तथा काठमाडौँतर्फ जाने–आउने सबै प्रकारका सवारीसाधनमा अस्थायी रोक लगाएको थियो।तर, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीको बहाव जोखिमपूर्ण नरहेको र अवस्था सामान्य बन्दै गएको जानकारी गराएपछि रोकिएका सवारीसाधनलाई पुनः गन्तव्यतर्फ पठाइएको चितवन प्रहरीले जनाएको छ।सडक खुलेसँगै बिहानदेखि रोकिएका सयौँ सवारीसाधन तथा यात्
विराटनगर । विराटनगरमा मध्यराति चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको भाग्ने क्रममा तीन तलाबाट खसेर मृत्यु भएको छ।विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेका अन्दाजी ३५ देखि ४० वर्षीय पुरुषको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्ति छिमेकीको घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेका थिए। उनी घरको तीन तलामाथि पुगेपछि घरधनीले थाहा पाएर होहल्ला गरेका थिए।होहल्लापछि छरछिमेकीसमेत जम्मा हुन थालेपछि पक्राउ पर्ने डरले भाग्ने क्रममा उनले तीन तलामाथिबाट हाम्फालेको प्रहरीको प्रार
देशबन्धु बिश्वामित्र \ इस्लाम विश्वका प्रमुख धर्महरूमध्ये एक हो। यसको उदयदेखि नै यसको धार्मिक शिक्षा, दर्शन, सामाजिक दृष्टिकोण र अनुयायीहरूको जीवनशैलीबारे विभिन्न प्रकारका बहस, आलोचना र प्रश्न उठ्दै आएका छन्। आज सूचना र सञ्चारको पहुँच अभूतपूर्व रूपमा विस्तार भएको छ। तर सूचनाको मात्रा बढ्दैमा सत्यप्रतिको हाम्रो पहुँच स्वतः सुनिश्चित हुँदैन। सन्दर्भविहीन सूचना, एकपक्षीय सञ्चारमाध्यम, राजनीतिक स्वार्थ र सामाजिक पूर्वाग्रहले कुनै पनि धर्म वा समुदायबारे गलत धारणा निर्माण गर्न सक्छ। इस्लाम पनि यसबाट अछुतो छैन।कतिपय मानिस इस्लामलाई हिंसा र उग्रवादसँग जोड्छन्। कतिपयले ‘अल्लाह’लाई कुनै विशे
काठमाडौं— बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेका बेला अनुमति बिना ड्रोन नउडाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि हेलिकोप्टर परिचालन भइरहेका छन्। सोही क्षेत्रमा केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति बिना ड्रोन उडाइरहेको पाइएको भन्दै प्राधिकरणले ध्यानाकर्षण गराएको हो।प्राधिकरणका अनुसार अनधिकृत रूपमा ड्रोन उडाउँदा उद्धारका लागि परिचालित हेलिकोप्टरसँग हवाई क्षेत्रमा जोखिम बढ्नुका साथै खोज तथा उद्धार कार्य
काठमाडौं— बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ मार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ ।बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो । सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।क्यामेरा र अक्सिजन सुरुङभित्र पठाउने कार्य सुरु भएको बताइएको छ । क्यामेरामार्फत सुरुङभित्रको अवस्थाबारे जानकारी लिन तथा सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पु¥याउन यो प्रयास महत्त्वपूर्ण मानिएक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.