बाजुरा— उद्योग वाणिज्य संघ बाजुराले आगलागी पीडित प्रकाश थापालाई आर्थिक सहयोग गरेको छ । बाजुरा उद्योग वाणिज्य संघले आगलागीबाट भएको क्षति प्रति दुःख व्यक्त गर्दै राहत स्वरुप आर्थिक सहयोग गरेको हो ।संघले राहत स्वरुप सहयोग संकलन गरेर ५१ हजार बढी आर्थिक सहयोग गरेको हो ।थोरै भए पनि राहत मिलोस् भन्ने उदेश्यका साथ संघको सहकार्यमा रकम हस्तान्तरण गरिएको उद्योग बाणिज्य संघ बाजुराले जनाएको छ ।संकलित रकम आगलागी भएकै पसलमा पुगेर हस्तान्तरण गरिएको बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए । उनले व्यवसायीहरुबाट संकलन गरेको ५१ हजार ६ सय ७० रुपैयाँ पीडित थापालाई हस्तान्तरण गरेको जानकारी दिए ।&
काठमाडौं— आज नेपाली बजारमा सुनको मूल्य सामान्यरुपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।
सर्लाही— रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३० वर्षीय बिकी पाण्डे रहेका छन्। उनलाई गत बिहिबार राति नियन्त्रणमा लिइएको हो। यसअघि, गत बुधबार साँझ सोही घटनामा संलग्न चन्द्रपुर–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा–८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेका तीनैजनामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटल
सर्लाही— सर्लाहीमा रेडक्रसको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । हरिवन नगरपालिका – ५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्समा लागुऔषध लुकाइ छिपाइ ढुवानी भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले पछ्याउँदै नियन्त्रणमा लिएको हो।नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता उक्त एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोलीले एम्बुलेन्सलाई पछ्याएर जाँच गर्दा पछाडिको भागमा बोराभित्र लुकाइएको ५१ किलो ५०० ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहट यमुनामाई – ४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादव रह
काठमाडौं— आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ ।आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।
काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ ।निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइको छ ।राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर
एजेन्शी । उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गएको छ।अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ।भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो।भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तरपश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो। अमेरिकी अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन्। भूकम्पबाट भएको छ्यती बिवरण
एजेन्शी । भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।समाचारमा उल्लेख भए अनुसार आगलागीमा परेर क्लबमा कार्यरत अधिकांश कर्मचारीको मृत्यु भएको छ। आगलागीमा परेर ज्यान गुमाउने केही पर्यटकसमेत रहेका छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारका अनुसार ‘बर्च बाई रोमियो लेन’ नामक क्लबमा आगलागी भएको हो। आगो भुइँ तल्लाको भान्सा क्
काठमाण्डौ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ।अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन्। छ खेलबाट समान दुई अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन्।प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरिसकेका छन्।
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागसहित देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागको केहि स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना रहेको छ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.