समाचार

    Showing 23,061-23,070 of 26,772 items.
  • स्थानीय तह निर्वाचनमा निर्वाचित ८१ जना पत्रकारको सदस्यता रद्द

    काठमाडौँ  / नेपाल पत्रकार महासङ्घले स्थानीय तह निर्वाचनमा भाग लिएर निर्वाचित भएका ८१ जना पत्रकारको सदस्यता रद्द गरेको छ । महासङ्घको उपलब्ध कार्यसमितिको बैठकले निर्वाचनमा भाग लिएर विजयी भएका ८१ पत्रकारलाई महासङ्घको साधारण सदस्यबाट हटाएको हो । स्थानीय तहको निर्वाचनमा देशभरबाट करिब २ सय पत्रकारले उम्मेदवारी दिएपनि ८१ जना मात्र निर्वाचित भएका महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।महासंघले चुनावमा उम्मेदवार बनेका पत्रकारहरू महासङ्घको कुनै तहको कार्यसमितिमा पदाधिकारी वा सदस्य भए त्यस्तो पदबाट स्वतः पदमुक्त गर्नेसमेत निर्णय गरेको छ ।यो निर्णयअनुसार महासङ्घका दुई केन्द्रीय सदस्यसहि

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 66 पटक पढिएको
  • ३० हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालयका अमिन पक्राउ

    झापा / सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार बिहान १०ः३० बजे सिद्धार्थनगर नगरपालिका–५ को ३ नं नापी टोली कार्यालयको सरकारी क्वार्टरबाट रायमाझीलाई नियन्त्रणमा लिएको हो । अख्तियारको नियन्त्रणमा रहेका उनीमाथि अहिले अनुसन्धान चलिरहेको छ । 

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 133 पटक पढिएको
  • जबरजस्ती करणी मुद्दाको हदम्याद बढाउन सर्वोच्चमा रिट दर्ता

    बिर्तामोड / जबरजस्ती करणी मुद्दाको विद्यमान हदम्याद हटाउन माग गर्दै कानुन अध्ययनरत विद्यार्थीले सर्वोच्च अदालतमा सोमबार रिट दर्ता गराएका छन् । विद्यमान कानुनी व्यवस्थामा बलात्कार भएको मितिले एक वर्षभित्रै जाहेरी दिनुपर्ने कुरा उल्लेख गरिएको छ । नाबालिग माथि जबरजस्ती करणी भएको अवस्थामा बालिग भएको मितिले एक वर्ष अर्थात् अधिकतम १९ वर्षको हुँदासम्म जाहेरी दिनसक्ने कानुनी व्यवस्था रहेको छ । उक्त कानुनी व्यवस्थाको कारण समयमै जाहेरी दिन नसक्ने पीडितले न्याय नपाउने र पीडकले उन्मुक्ति पाउने अवस्था देखिएको भन्दै जबरजस्ती करणी कसुरको जाहेरी दिने हदम्याद हटाउन माग गर्दै रिट दर्ता गरिएको हो ।&nbs

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 67 पटक पढिएको
  • भाउजूलाई पेट्रोल छर्केर जिउँदै जलाएर हत्या गरेको आरोपमा देवर पक्राउ

    झापा / सप्तरीमा भाउजूलाई शरीरमा पेट्रोल छर्केर जिउँदै जलाएर हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका- १ धनगढीका २१ वर्षीय परमेश्वर साह रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।गत माघ २१ गते खाना पकाइरहेकी २७ वर्षीया राजकुमारी साहलाई शरीरमा पेट्रोल छर्केर आगो लगाएको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 78 पटक पढिएको
  • आइजीपी नियुक्ति विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

    काठमाडौं / आईजीपीमा धिरजप्रताप सिंहलाई गरिएको बढुवा विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट मङ्गलबारको इजलासमा हेर्न नमिल्ने भएको छ । यसअघि दायर भएका डीआइजीको बढुवा विरुद्धको रिट निवेदनलाई पनि सँगै राखिएपछि हेर्न नमिल्ने भएको हो । तत्कालीन डीआइजी धिरज प्रताप सिंह, रवीन्द्र धानुकको एआईजीमा बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । सो रिट र अहिले पोखरेलले आईजीपी धिरजप्रताप सिंह विरुद्ध दायर गरेको रिट एकै इजलासमा राखिएपछि मुद्दा हेर्न नमिल्ने भएको हो ।  मंगलबार मुद्दाको सुनुवाइको पेशी सर्वोच्चका न्यायाधीश कुमार चुडाल र विश्वम्भर प्रसाद

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 74 पटक पढिएको
  • कैलालीमा श्रीमान् रूखमा झुन्डिएको र श्रीमतीको घाँटी रेटिएको अवस्थामा मृत फेला

    झापा / कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।जिल्लाको गोदावरी नगरपालिका- ७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)  वेदप्रकाश जोशीले हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जानकारी दिए । प्रहरीका अनुसार शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 61 पटक पढिएको
  • नक्कली नोटसहित दुई पक्राउ

    वीरगञ्ज / पर्सामा प्रहरीले नक्कली नोट कारोबार गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र हाल बहुदरमाई–८ बस्दै आएका २० वर्षीय अजय सहनी रहेका छन् ।पर्सा जगरनाथपुर गाउँपालिका–६ स्थित लागेको दुर्गा भगवती मेलामा २० थान (२० हजार नक्कली रकम) सहित प्रहरीले पक्राउ गरेको थियो ।नक्कली नोट साटिरहेको खबर पाएपछि प्रहरीले मेलाबाटै नक्कली नोटसहित दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरियामा मुद्रासम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको छ ।

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 65 पटक पढिएको
  • दिदी र नाबालिका बहिनीलाई बलात्कारको प्रयास गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

    झापा / खोटाङमा दिदी र नाबालिका बहिनीलाई बलात्कारको प्रयास गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।बालिकालाई ११ जेठ बिहान करिब ९ : ३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई आइतबार बिहान ४स्३० बजेतिर लुकिछिपी हिँडिरहेको बेला खोटाङ बजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए । प्रधानमाथि एक्लै भएको मौका पारेर नाबालिकालाई समाएर ब

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 107 पटक पढिएको
  • तारा एयर विमान दुर्घटना : २२ जनाकै शव भेटियो, बाँकी १२ शव पनि काठमाडौं ल्याइयाे

    काठमाडौँ / मुस्ताङमा दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनामा सवार सबै २२ जनाको शव भेटिएको छ। हिजो साँझसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान बाँकी एक जनाको पनि शव भेटिएको हो । भेटिएका मध्ये २० जनाको शव घटनास्थलबाट निकालिएको छ। जसमध्ये १० जनाको शव हिजै काठमाडौं ल्याइएको थियो । अन्य १० जनाको शव आज बिहान मुस्ताङको कोवाङसम्म ल्याइएको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिए । दानीका अनुसार अब दुई जनाको शव पनि कोबाङ ल्याएर १२ वटै शव काठमाडौं पठाइने छ । दुर्घटनामा मृत्यु भएका यात्रु तथा चालक दलका सदस्यको शव काठमाडौंमा ल्याएर पोस्टमार्टम गरी परिवारलाई बुझाइने त

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 65 पटक पढिएको
  • श्रीमानद्धारा कुटपिट गरि पाठेघर निकालिएकी महिलाको मृत्यु

    बिर्तामोड / चितवनमा श्रीमानद्धारा कुटपिट गरि यौनाङ्गमा हात हली घाइते भएकी गीता माझीको मृत्यु भएको छ । श्रीमानको  कुटपिटबाट उनको मलद्वार र योनीको भाग च्यातिएको प्रहरीले जनाएको छ ।   माझीको सोमबार राति ११: ५० भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताएका छन् ।चितवनको खैरहनी नगरपालिका– १० काठार मुसहरबस्तीकी गीता माझीको आफ्नै श्रीमान रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी  मलद्वारमा लौरो घुसाएर कुटपिट गरेका थिए । गीताका श्रीमान रामचन्द्र माझी प्रहरीको हिरासतमा छन् । उनलाई ज्यान मार्ने उद्योग र जबरजस्ती करणीमा मुद्दा दर्

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 77 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.