समाचार

    Showing 24,371-24,380 of 26,772 items.
  • बेहुली लिन हिँडेको रथ पल्टिएर २ को मृत्यु, १४ घाइते

    बारा / बारामा बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा कोटवाल गाउँपालिका –३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका –७ की २३ वर्षीया शैलकुमारी राम रहेका छन् । सोमबार बेलुका साढे ७ बजे आदर्श कोटवाल गाउँपालिका –३ आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुली लिन हिँडेको रथ अनियन्त्रित भई दुर्घटना भएको हो । स्थानीयहरूका अनुसार उक्त रथमा बेहुला चढ्नुअघि नै दुर्घटना भएको थियो । दुर्घटनापछि स्थानीयहरूले घाइतेको उद्वार गरी अस्पताल पुर्‍याएका थिए । घाइते १४ जनाकै बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाईएको छ।

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 59 पटक पढिएको
  • लागूऔषध ओसारपसारमा दुई युवती पक्राउ

    बिर्तामोड / अवैध लागूऔषध ओसारपसारमा संलग्न दुई युवतीसहित चार पक्राउ परेका छन् । प्रहरीले काठमाडौं, बाट उनीहरूलाई पक्राउ गरेको हो ।बुढानीलकण्ठ नगरपालिका –१० कपन रुद्रमतीचोकबाट करिब १० ग्राम ९३ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ युवती पक्राउ परेका हुन्।पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका –११ गैरीगाँउ बस्ने धनकुटा मुगा नगरपालिका –७ घर भएकी २९ वर्षीया रेनुका तामाङ र बुढानीलकण्ठ नगरपालिका एकताबस्ती बस्ने धनुषा धनुषाधाम नगरपालिका –९ घर भएकी २१ वर्षीया लक्ष्मी लामा रहेका छन् । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधस

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 53 पटक पढिएको
  • नागरिक स्वास्थ्यप्रति संवेदनशील हुन मानव अधिकार आयोगको आग्रह

    काठमाडौँ  / राष्ट्रिय मानव अधिकार आयोगले कोरोनाको नयाँ प्रजाति (ओमिक्रोन) को संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न आग्रह गरेको छ । आयोगले सोमबार सरकारी अधिकारीहरूबाट महामारी नियन्त्रणका लागि सरकारबाट भइरहेका प्रयास र तयारीबारे जानकारी लिँदै थप संवेदनशील बन्न आग्रह गरेको हो ।कोभिड –१९ को तेस्रो लहर नियन्त्रणका लागि सरकारको योजना, अस्पतालहरूको क्षमता, सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर प्रणाली, बुस्टर डोज र बालबालिकालाई दिइने खोपमा पहुँचबारेमा छलफल भएको छ । छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले यी विषय राखेका थिए ।यसैगरी अत्यावश्यक वस्तुमा

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 61 पटक पढिएको
  • २० देशमा राजदूत खाली

    काठमाडौँ  / नेपाली राजदूतावासमा विभिन्न देशका २० राजदूत पद लामो समय देखि रिक्त छ । कुल ३० वटा राजदूताबास मध्ये हाल १० वटा देशमा मात्र राजदूत छन् भने अन्य २० देशका राजदूत पद खाली छन् । कोभिड –१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त रहनु राम्रो नभएको कुटनीतिज्ञहरूको भनाइ छ ।विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल भएको छ । परराष्ट्रविद् मदनकुमार भट्टराई असल सम्बन्ध स्थापित गर्न अत्यावश्यक माध्यमका रूपमा रहेको राजदूतावास खाली रहँदा नाम मात्रको कूटनीतिक सम्बन्ध रहन जाने बताउँछन

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 59 पटक पढिएको
  • आजबाट बाँके जिल्ला प्रशासनको सेवा अनिश्चित कालका लागि बन्द

    काठमाडौँ / जिल्ला प्रशासन कार्यालय बाँकेले कर्मचारीलाई कोभिड संक्रमण देखिएपछि मङ्गलबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयका केही कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको र केहीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकोले सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।  कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड समेत भई कोभिड –१९ को सङ्क्रमण फैलन सक्ने जोखिम बढेकोले पनि सेवा बन्द गर्नु परेको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दा लगायतका अत्यावश्यक बाहेक अन्य सबै सेवा अर्को सूचना नभएसम्मका ल

    • प्रकाशित मितिः माघ ११, २०७८
    • 56 पटक पढिएको
  • श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    झापा / धनकुटामा श्रीमतीको हत्या गरी घरभित्रै गाडेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका ४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार सीता पुस १६ गतेदेखि बेपत्ता थिइन् । घरायसी विवाद भएपछि उनी घरबाट बेपत्ता भएको भन्ने जानकारी प्रहरीलाई आएको थियो । त्यसकै केही दिनपछि पुस १९ गते उनका श्रीमान ५२ वर्षीय सीताराम भन्ने सीताकुमार श्रेष्ठ पनि बेपत्ता भएका थिए । यसरी दुबै बेपत्ता भएपछि भदाहा नाता पर्नेले प्रहरीमा हुलिया सहितको उजुरी दिएका थिए । ‍त्यसैको आधारमा प्रहरीले उनको शव फे

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 58 पटक पढिएको
  • सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने

    काठमाडौं  / निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । वर्षेनी पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी (सिनीयर डिभिजनल इञ्जिनीयर) सौरभ बज्राचार्यले बताए । ठेक्का प्रक्रियामा रहेकामा ‘फाइनान्सिल ओपनिङ’ बाँकी आगामी माघ २० गते हुने बताइएको छ । त्यो खुलेपछि बोलपत्र कम हाल्नेलाई सम्झौताका लागि बोला

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 66 पटक पढिएको
  • सिन्धुलीको ग्वालटारबाट १२ लाख मूल्य बराबरको मोबाइल बरामद

    काठमाडौं / सिन्धुली प्रहरीले अवैध तरिकाले लुकाई छिपाई ल्याएको १२ लाख मूल्य बराबरको मोबाइल बरामद गरेको छ ।सिन्धुलीको गोलन्जोर गाउँपालिका –३ ग्वालटारमा चेक जाँचको क्रममा आवश्यक कागजात नभएको ९३ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । आइतबार ग्वालटार बजारस्थित प्रहरी चेकपोष्टले मध्य पहाडी लोक मार्गमा ओखलढुङ्गाबाट काठमाडौं तर्फ आउँदै गरेको बा ३ ख ५२६० नम्बरको बस चेकजाँच गर्ने क्रममा १२ लाख ९ हजार रुपैयाँ बराबरको मोबाइल फेला पारेको जनाएको छ ।प्रहरीले काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका –१ का बस चालक दीपेन्द्र लामा र ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका –६ का सहचालक पासाङ शेर्पालाई नियन्त्रणमा लिई अ

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 72 पटक पढिएको
  • प्रहरीको मोटरसाइकल चोरी गरी भागेका नाइके पक्राउ

    झापा / गत पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका घोराही कारागारका फरार नाइके यमराज परियार भारतमा पक्राउ गरिएको छ । भारतबाट आजै उनलाई घोराही ल्याइनेछ । सिआइबीको टोली पनि परियारको खोजीमा लागेको थियो । उनी बस्ने ठाउँको एकीन गरेपछि दुई दिन अगाडि डीएसपी मुकुन्दप्रसाद रिजाल भारत पुगेका थिए ।गएराति रिजालले आफ्नो फेसबुकमा त्यसको संकेत गरेका थिए । उनले ‘मिसन एनकाई ओभर’ लेखेका थिए ।कर्तव्य ज्यान मुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 65 पटक पढिएको
  • आईएसओ प्रमाणीकरण प्राप्त गर्ने नेपाल पहिलो एअरलाइन्स कम्पनी बन्यो हिमालय

    काठमाण्डाैँ / नेपाल–चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी– हिमालय एयरलाइन्स नेपालमै सर्वप्रथम आईएसओ ९००१ः२०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ।एअरलाइन्सलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आईएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आईएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गर्दै गत डिसेम्बर २९ मै सम्मानित गरिएको थियो।एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरू तथा हवाई परिवहन सम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिमलगायतका गुणस्तरीय सेवा प्रणाली ब्यवस्था गरेबापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो।स्मरणीय छ, हिमालय एयरलाइन्सले यसप

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.