कञ्चनपुर। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तिज पर्व उल्लासहका साथ मनाएका छन् ।कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायको प्रमुख पर्व तिज पृथक तरिकाले मनाउने गरेका छन् । अन्य समुदायले तिज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहिआएको भए पनि रानाथारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने प्रचलन रहिआएको छ । राना समुदायमा तिज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने प्रचलन छ । पन्ध्र दिनअघि नै गाउँमा सावनकी डोला अर्थात् पिङ हाल्ने प्रचलन रहिआएको रानाथारू समुदायका जानकार भ
काठमाडौं— काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । यही साउन २६ देखि सुरु भएको नाइमा एक्स्पो आइतबार समापन हुँदैछ ।६ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन शनिबारसम्ममा लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेको आयोजकको दाबी छ ।शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका आयोजकले जनाएको छ । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको सङ्ख्या एक लाख ५० हजार नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले छ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । एक्स्पोको उद्घाटनका दिन यही साउ
नारायणगढ। बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी, एचसिभी र भाइरल लोड परीक्षणबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् ।प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आवका लागि आवश्यक सामग्री आइनसकेकाले गत साउन २६ गतेदेखि सेवा बन्द भएको हो । प्रयोगशालाका सूचना अधिकारी रमेशसिंह डोवालले प्रयोगशाला सेवा बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताउनुभयो । उहाँका अनुसार प्रयोगशाला सामग्री खरिदको प्रक्रिया चलिरहेको भए पनि आवश्यक सामग्री आइनसकेका कारण सेवा बन्द गर्नुपर
कर्णाली। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिनुभयो । उक्त पहिरोबाट सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा वडा नं २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, वडा नं १ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक रहेका छन् ।शाहीको अवस्था गम्भीर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ४० पैसा र बिक्रीदर १८८ रुपैयाँ १३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७२ पैस
काठमाडौँ। देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशक
काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम तथा ग्यास उद्योग संघको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको आपूर्ति बढिरहेको भन्दै अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेका हुन् । उनले नेपालको संविधानको धारा ४४ ले उपभोक्ताको हक सुनिश्चित गरेको उल्लेख गर्दै गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिका
चितवन । भरतपुरका बस्ती आसपास बच्चासहित चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका छन्। एउटा बच्चा नियन्त्रणमा लिएर संरक्षणकर्मीको जिम्मा लगाइएको छ भने माउ चितुवा अर्को बच्चासहित अझै बस्ती आसपास रहेको बताइएको छ।वन्यजन्तु प्राविधिकका अनुसार बच्चालाई बाघ वा अर्को चितुवाबाट जोगाउन माउ बस्ती आसपास आएको हुनसक्छ। चितुवा नियन्त्रणका लागि वन कार्यालयले ड्रोन, सीसी क्यामेरा, खोर र लेग ट्रयाप प्रयोग गरिरहेको छ।रुख चढ्न सक्ने भएकाले चितुवा नियन्त्रण चुनौतीपूर्ण बनेको छ। वन कार्यालयले स्थानीयलाई सतर्क रहन आग्रह गर्दै माउ र अर्को बच्चाको खोजी तथा नियन्त्रण अभियान तीव्र पारेको छ।
काठमाडौं / पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी तथा जनआस्था कार्यालयमा भएको छापा र सञ्चार उपकरण नियन्त्रणको घटनाप्रति विभिन्न पत्रकार संगठन तथा अधिकारकर्मीले आपत्ति जनाएका छन्।शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रियामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पत्रकारमाथिको धरपकडले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताए। उनले प्रेस स्वतन्त्रता अन्तर्राष्ट्रिय मानवअधिकारका दस्तावेजले समेत सुनिश्चित गरेको भन्दै घटनालाई अन्तर्राष्ट्रिय तहमा समेत उठाउनुपर्ने धारणा राखे। त्रिपाठीले सरकारबाट मानवअधिकार तथा प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मान्यताको उल्लंघन भएको आरोप लगाउँदै ज
रोल्पा । बाहिरको मौसम खराब भएपछि घरभित्रै बसेका एक व्यक्तिको पनि चट्याङबाट ज्यान गएको छ। रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको चट्याङ लागेर मृत्यु भएको हो।बिहीबार राति आफ्नै घरमा रहेका बेला चट्याङ लागेर घाइते भएका खत्रीको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार चट्याङ लागेपछि तत्काल उपचारका लागि स्वास्थ्य संस्था लगिए पनि उनको अवस्था गम्भीर बनेको थियो।यो घटनाले चट्याङबाट जोगिन घरभित्रै बसे पनि पूर्ण रूपमा सुरक्षित हुन्छ भन्ने अवस्था नरहेको देखाएको छ। विशेषगरी वर्षायाममा चट्याङ पर्ने समयमा विद्युतीय
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.