समाचार

    Showing 26,751-26,760 of 26,780 items.
  • प्रधानमन्त्री ओली पोखरामा, भवन शिलान्यास र रङ्गशालाको निरीक्षण

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भवन शिलान्यास र रङ्गशालाको निरीक्षण  गर्नका लागि आज पोखरा पुगेका छन् । यती एयरलाइन्सको विमानबाट पोखरा पुगेका ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।प्रधानमन्त्री ओलीले पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका छन् । उनले आजै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नाका साथै पोखर

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 146 पटक पढिएको
  • बाँस्तोला हत्या प्रकरण : घरधनी गिरी पक्राउ

    विराटनगर /  मोरङको उर्लाबारीका प्रविन बाँस्तोलाको शंकास्पद मृत्युको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । यो सँगै घटनामा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेको संख्या ३ पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका सादा पोषाकका प्रहरीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो । बास्तोलाको शंकास्पद रुपमा मृत्यु भएको दिन उनी उर्लाबारी –७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा सुतेका थिए ।जिल्ला प्रहरी कार्यालयले अनुशन्धानका क्रममा बास्तोलाको मृत्युको घटनामा संलग्नता देखिएकाले अनुशन्धानका क्रममा गिरीलाई आईतबार पक्राउ गरिएको जनाएको छ ।  गत पौष ४ गते राती नशामा

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 102 पटक पढिएको
  • ब्राउनसुगर सहित २ जना पक्राउ

    बिर्तामोड/ झापाको मेचीनगर नगरपालिका –८ मा बसोबास गदै आएका ३० बर्षीय लिप्सु राजबंशीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । फागुन १४ गते दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका–८  बाट WB74R1215 नम्बरको मोटरसाईकलमा सवार लिप्सु राजबंशीलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १५ ग्राम, तौल गर्ने डिजिटल तराजु थान –१ र मोटरसाईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय  काँकडभिट्टाले जनाएको छ ।त्यस्तै प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका –११ हडिया खोलास्थितमा २०७७ फागुन १४ गते

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 112 पटक पढिएको
  • किन खडा गर्दैछ सेनाले गुप्तचर ?

     बिर्तामोड/  नेपाली सेनाले देशका ७५३ वटै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार गर्ने भएको छ । हाल देशका ७७ जिल्लामा मात्र सैनिक इन्टेलिजेन्स अस्तित्वमा छ । अब त्यसलाई सेनाले स्थानीय तहसम्मै विस्तार गर्न लागेको हो । थ्री प्लस वान कमाण्ड अवधारणाअन्तर्गत सेनाले आफ्नो इन्टेलिजेन्स विस्तार गर्न लागेको सेनाले जनाएको छ । आफ्नो इन्टेलिजेन्स सबैतिर हुनुपर्ने आवश्यकता बोध गर्दै सेनाले भन्ने यो संरचना खडा गर्न लागेको हो ।  के गर्छ इन्टेलिजेन्सले ?थ्री प्लस वान कमाण्ड अवधारणाअन्तर्गत यो संरचना सञ्चालन हुनेछ । जसलाई सेनाले क्रोप्स अफ इन्टेलिजेन्स नाम दिएको छ । यसको मुख्य काम

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 72 पटक पढिएको
  • ओली समूहको स्थायी समिति बैठक आज पनि बस्दै

    काठमाडौँ । नेकपा केपी ओली समूहको स्थायी समिति बैठक आज पनि बस्दैछ ।  सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन सदर गर्ने फैसलापछि बुधबार ओली समूहको स्थायी समिति बैठक बसेको थियो । बैठकले सर्वोच्चको आदेश कार्यान्वयन गर्ने, विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाउनेलगायत निर्णय गरेको थियो । आजको बैठकमा अबको योजना र रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन् । 

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 96 पटक पढिएको
  • कांग्रेसले बोलायो पदाधिकारी बैठक

    काठमाडौं । प्रतिनिधिसभा पुनर्थापनापछि रणनीति बनाउन नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको बैठकमा पूर्वपदाधिकारीहरु समेत सहभागी हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेकपाका दुबै समूहको प्रस्ताव र कांग्रेसले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बताए ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 95 पटक पढिएको
  • अलैँची उत्पादन बढ्दो स् बजार मूल्य घट्दो

    बिर्तामोड । पछिल्लो समय अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएको छ । बजार मूल्य घटेसँगै अलैँची कृषक निरास हुँदै गएको छन् । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बुले बताए ।  शुरुमा राम्रो आम्दानी भएपछि खेतीप्रति उत्साहित बनेका किसान अहिले उत्पादित अलैँचीबाट उचित मूल्य नपाउँदा भने निरास भएको अलैँची कृषक सन्तकुमार फेम्बुले बताए  । आजभन्दा ६७ वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 115 पटक पढिएको
  • ओली पक्षद्वारा सर्वोच्चको फैसला स्वीकार

    काठमाडौं । नेकपा ओली पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्वोच्चको फैसला स्वीकार्दै अदालतले तोकेकै समयमा संसद्को बैठक बोलाउने निर्णय गरेको छ । नेकपा ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । उनले भने, ‘फैसलाले दिएको समयसीमाभित्रै बैठक बस्छ ।’ सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।बैठकले देशका विभिन्न ठ

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 106 पटक पढिएको
  • मोरङ अदालत परिसरबाट हतकडीसहित दुई फरार

    विराटनगर / जिल्ला अदालत मोरङको हाताभित्रबाट लागुऔषध मुद्दामा पक्राउ परेका दुई अभियुक्त भाग्न सफल भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले म्याद थपका लागि अदालत लगेका उनीहरु हतकडी सहित भाग्न सफल भएका हुन् ।  म्याद थपका लागि लगिएका मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी प्रहरीको आँखा छली हतकडी सहित भाग्न सफल भएका हुन् । लागुऔषध सहित पक्राउ परेका उनीहरु अदालतबाट पाँच दिनको म्याद थप भएपछि हतकडीसहित  भागेको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ ।सोमवार दिउँसो साँढे ३ बजेतिर भाग्न सफल भएका उनीहरु प्

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 77 पटक पढिएको
  • बास्तोला सर्वोच्चको आदेशमा छुटे लगत्तै पुनः पक्राउ

    काठमाण्डौं । सरकारसगँ वार्ताका लागि सकारात्मक रहेको विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको समयमा पनि सरकारले सो पार्टीका नेताहरुमाथि धरपकड गर्न भने छाडेको छैन ।आज सर्वोच्चको आदेशमा रिहा भए लगत्तै नेता धमेन्द्र बास्तोलालाई प्रहरीले पुनः पक्राउ गरेको हो । सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।तर अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको हो । बास्तोलाई पुनः काभ्रेमा पठाउने तयारी प्रहरीले गरेको छ ।

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.