समाचार

    Showing 3,101-3,110 of 26,518 items.
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनकोे मूल्य घटेको छ । आज सुन ४ हजार रुपैयाँले घटेर तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार सुन ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ । हिजो बिहीबार चाँदी ५ हजार ७ सय ४५ रुपैयाँमा कारोवार भएको थियो ।

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 634 पटक पढिएको
  • चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन्ः सी जिनपिङ

    एजेन्सी— बिहीबार साँझ चीनको बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतमा आयोजित भोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र संयुक्त राज्य अमेरिकालाई प्रतिद्वन्द्वी नभई साझेदार बन्न आह्वान गरेका छन् ।सी चिनफिङले ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजमा चीनको महान् कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्ने पनि बताए ।‘चीन र अमेरिका दुवै देशका जनता महान् छन्। चिनियाँ राष्ट्रको महान कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्छन्,’ उनले भने।हामीले हाम्रो सम्बन्धलाई सफल बनाउनुपर्छ, र कहिल्यै पनि बिगार्न हुँदैन। चीन र संयुक्त राज्य अमेरिका दुवैले सहयोगबाट लाभ उठाउने र टक

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 1,103 पटक पढिएको
  • महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश

    काठमाडौं—  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् ।सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको बताए ।‘बेरुजु फछ्र्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्छु’, उनले भने ।राष्ट्रपति पौडेलले अनियमित रूपमा हुने सरका

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 504 पटक पढिएको
  • गौँथली’मा अरुण र सिम्रन दुलाहा–दुलहीको भेषमा

    काठमाडौं— अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘गौँथली’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।सार्वजनिक दुई पोस्टर मध्ये एकमा अरुण र सिम्रन छन् भने अर्कोमा सिम्रन एक्लै छिन् । यी दुई पोस्टरले फिल्मको सेटअप ग्रामिण भेगमा रहेको प्रस्ट्याउँछ । फिल्ममा अरुण र सिम्रन दुलाहा–दुलहीको भेषमा छन् ।यद्यपि दुईको जोडी अनौठो र असामान्य देखिएको छ । अरुण खुसी देखिँदा सिम्रन भने दुखी देखिएकी छिन् । सिम्रन एकल रहेको पोस्टरमा उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् । खाली खुट्टा रहेकी उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छिन् । तर, उनी पढिरहेकी छन् । यी दुई पोस्टरले फिल्मको कथासारलाई ब्या

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 517 पटक पढिएको
  • ‘दही दिन्छु मोही दिन्छु’ लिएर आईन ईश्वरी

    काठमाडौं— संचारकर्मसँग संगीत क्षेत्रमा प्रवेश गरेकी गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ।ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीत ईश्वरी बराल युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो।गीतमा लोकप्रिय सर्जक दिपक शर्माको शव्द र संगीत रहेको छ। अनामनगरिस्थित ओएभ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सीङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ।म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन्। भिडियोमा सुरेस कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय गरेका छन्।भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरे

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 507 पटक पढिएको
  • विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

    सुर्खेत— एमालेबाट निर्वाचित वडाध्यक्ष आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध मुख्यमन्त्री कार्यालयको गेटमा धर्नामा बसेका छन् ।सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रवेशद्धारमा धर्नामा बसेका हुन् । उनीसहित वडासदस्य विर्घाबहादुर राना पनि धर्ना बसेको छन् ।२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित रिजाल एमालेबाटै मुख्यमन्त्री भएका यामलाल कँडेलविरुद्ध धर्नामा बसेका हुन् ।गाउँमा सडक र टेलिफोनको टावर निर्माण गर्न प्रदेश सरकारले आवश्यक बजेट नदिएको भन्दै उनले धर्ना सु

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 545 पटक पढिएको
  • हेटौंडा–पथलैया खण्डको तीन नम्बर पुल नजिकको बस्तीमा डोजर चल्यो, ७० बढी होटल व्यवसायी विस्थापित

    रौतहट— त्रिभुवन राजपथको हेटौंडा–पथलैया खण्डमा पर्ने तीन नम्बर पुल नजिकको बस्ती डिभिजन वन कार्यालय बाराले डोजर लगाएर खाली गराएको छ ।पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा शुक्रबार बिहान सुरक्षाकर्मीसहित पुगेको टोलीले त्यहाँका घरटहरा र पसलहरू भत्काएको हो ।डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले उक्त बस्ती वन तथा निकुञ्जको संरक्षित क्षेत्रभित्र परेकाले हटाउनुपरेको जानकारी दिए। वन कार्यालयका अनुसार सार्वजनिक तथा संरक्षित क्षेत्रको अतिक्रमण हटाउने अभियान अन्तर्गत नै यो कदम चालिएको हो ।यसअघि पटक–पटक माइकिङ र लिखित सूचना टाँस गरेर आग्रह गर्दा पनि स्थानीयले अट

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 598 पटक पढिएको
  • पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

    काठमाडौं— सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो ।गुरुङले पदबाट राजीनामा दिएको २१ दिनपछि छानबिन समिति गठन भएको हो । उनले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 481 पटक पढिएको
  • प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

    काठमाडौं— प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पारित गरेको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा। स्वर्णीम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो ।प्रधानमन्त्री बालेन शाह सरकारको नीति तथा कार्यक्रममा जबाफ दिन नआएपछि नेकपा एमालेसहित चार प्रतिपक्षी दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने आ–आफ्नो कुर्सीबाट उभिएर विरोध जारी राखेका थिए ।प्रतिपक्षीको निरन्तर विरोध र बहिष्का

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 579 पटक पढिएको
  • इरान–अमेरिका तनावले चर्कियो विश्व तेल संकट : भारतमा इन्धन महँगिँदा नेपालमा कस्तो पर्ला असर ?

    देवेन्द्र किशोर:  पश्चिम एसियामा चर्किएको इरान–अमेरिका तनावले विश्व अर्थतन्त्रलाई पुनः ऊर्जा संकटतर्फ धकेल्ने संकेत देखिएको छ । युद्धको जोखिम बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उकालो लागेको छ । यही दबाबका बीच भारतले चार वर्षपछि पेट्रोल र डिजेलको मूल्य बढाएको छ । भारत सरकार तथा भारतीय आयल मार्केटिङ कम्पनीहरूले लामो समयसम्म मूल्य स्थिर राखे पनि अन्तर्राष्ट्रिय बजारको चाप थेग्न नसकेपछि अन्ततः इन्धनको मूल्य समायोजन गर्न बाध्य भएका हुन् ।भारतमा शुक्रबारदेखि पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार दिल्लीमा पेट्रोल ९७.७७ रुपैयाँ र डि

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 673 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.