समाचार

    Showing 3,291-3,300 of 17,211 items.
  • कांग्रेसमा बढ्दो असन्तोषको संकेत देखिएपछि बागमतीका चार मन्त्रीको एकैदिन दिए राजीनामा

    हेटौँडा—  बागमती प्रदेश सरकारका चारजना कांग्रेस मन्त्रीले शुक्रबार एकैसाथ राजीनामा दिएका छन्। यो घटनालाई प्रदेश कांग्रेसभित्रको आन्तरिक असन्तोषको संकेतका रूपमा हेरिएको छ।राजीनामा दिने मन्त्रीहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन्। यी सबै मन्त्री नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका थिए।हाल बागमती प्रदेश सरकारमा कांग्रेसका ८ जना मन्त्री छन्, जसमा चारजनाले पदत्याग गरेपछि सत्ता समीकरणमा नयाँ तरंग आएको छ।स्रोतका अनुसार, य

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 563 पटक पढिएको
  • कृषिप्रधान देश कुर्सीप्रधान भयो : सांसद सिंह

    काठमाडौं – स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् । उनले यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भएको  भन्दै  सरकारको  कडा आलोचना गरेका हुन् । उनले भने, ‘यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भयो कुर्सीकै लागि यत्रो हानथाप हुँदा जलस्रोतको धनी देश आज सुख्खाको चपेटामा परेको छ ।’सिंहका अनुसार तराई–मधेस क्षेत्र सुख्खाग्रस्त भइरहँदा त्यही क्षेत्रमा अवस्थित चन्द्र नहर (मधेस) र बम नहर (रौतहट–बारा) जस्ता ठूला सिँचाइ आयोजनामा पानी नहुँनु सरकारको

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 242 पटक पढिएको
  • भिजिट भिसाबारे धेरै चिन्ता गर्नु पर्दैन : श्याम घिमिरे

    काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाबारे धेरै चिन्ता गर्नु नपर्ने बताएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसाबाट बाहिर गएर उतैको नागरिकता लिएका र घरजम गरेकालाई उपप्रधानमन्त्री र मन्त्री बनाइसकेको टिप्पणी गरेका हुन् । उनले भने, ‘भिजिट भिसाबारे साथीहरूले दुई महिनादेखि धेरै चिन्ता गरिराख्नुभएको छ । त्यो गर्नुपर्दैन । हामीले एउटा अभ्यास गरिसक्या छौं । भिजिट भिसामा बाहिर जाने, त्यहीको नागरिकता लिने, त्यही घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने दुईचार वटा अरू काण्ड पनि मच्याउने, पार्टी खोल्ने त्यसपछि गृह, अन्यमन्त्री हुँदै उपप्रधानमन्त्र

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 325 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।  शुक्रबार सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । दुवै दलका सांसदहरूले आफ्नो कुरा राखेपछि दुवै पार्टीका सांसदहरू संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 301 पटक पढिएको
  • टीकापुरमा जुवातास खेल्दाखेल्दै १० जना पक्राउ

    कैलाली— टीकापुर नगरपालिका–२ बन्दिपुरस्थित एक स्थानीय पसलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले बिहीबार दिउँसो किसिम चौधरीको पसलमा जुवातास खेलिरहेको सूचनाको आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेकाहरूको साथबाट नगद ६७ हजार ५ सय ९० रुपैयाँ र १ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 482 पटक पढिएको
  • पत्रकारमाथि कुटपिट, दोषीलाई कारबाही गर्न महासंघको माग

    काठमाडौं— पत्रकार राजकुमार यादवमाथि समाचार संकलनका क्रममा आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।गत साउन ८ गते बिहीबार यादव समाचार संकलनमा खटिएका बेला विवेक साह, रन्जित साह, अन्तिज साह र अन्तिजका छोरा मिलेर कुटपिट गर्दा उनी घाइते भएको महासंघको एसोसिएट प्रदेश समितिले जनाएको छ।महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथिको आक्रमणलाई अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादतीको रूपमा लिइएको छ।महासंघले दोषीहरूमाथि सत्यतथ्य छानबिन गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षा तथा स्वतन्त्रतामा विशेष ध्यान दिन सम्बन्धित निकायक

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 519 पटक पढिएको
  • कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

    कैलाली — कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। बिहीबार राति प्रहरीले स्थानीय राजु चौधरी र चन्द्रबहादुर चौधरीलाई नियन्त्रणमा लिएको हो।इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार राजु चौधरीको घरमा तलासी गर्दा एक थान भरुवा बन्दुक, चित्तलको सिङ र चित्तलको खुट्टाको आधा भाग फेला परेको थियो। त्यस्तै, चन्द्रबहादुर चौधरीको घरबाट पनि एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।सञ्चालित अनुसन्धानका क्रममा अवैध हतियार र वन्यजन्तुका अंग फेला परेकाले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 360 पटक पढिएको
  • सुनसरीमा १३ लाखभन्दा बढी मूल्यको लत्ताकपडा र तीन मोटरसाइकल सशस्त्र प्रहरीद्वारा बरामद

    मोरङ — सुनसरी जिल्लाको गढी गाउँपालिका–२, औरावनीबाट सशस्त्र प्रहरीले अवैध रूपमा भन्सार छलेर भारतबाट ल्याइएको १३ लाख ९४ हजार १ सय रुपैयाँ बराबरको लत्ताकपडा सहित तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल नेपाल, नम्बर ४ गण सुनसरीका अनुसार को १९ प ९०९२, प्र १–०२–०३६ प ३६०८, र को ३ प १२० नम्बरका मोटरसाइकलहरूमा ती सामानहरू राखिएको थियो। ती मोटरसाइकलमार्फत भारतबाट लत्ताकपडा अवैध रूपमा नेपाल ल्याउने प्रयास भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरीको गस्ती टोली देखेपछि सामान ओसारपसारमा संलग्न व्यक्ति फरार भएको र मोटरसाइकलहरू त्यहीँ छाडेर भागेको जनाइएको छ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 829 पटक पढिएको
  • कैलालीमा दुई नाल बन्दुकसहित दुई जना पक्राउ

    कैलाली— कैलाली प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले गोदावरी नगरपालिका–८ स्याउलेका २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरीलाई पक्राउ गरेको हो।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका गणेश नाथले जानकारी दिए।राजुको घरमा खानतलासी गर्दा एक नाल भरुवा बन्दुक, चित्तलको सिंह र खुट्टाको आधा भाग फेला पारेको र चन्द्रबहादुरको घरमा एक नाल भरुवा बन्दुक फेला पारेको जनाइएको छ।दुई नाल बन्दुकसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतम

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 392 पटक पढिएको
  • रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

    रुस— रुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ।सोभियत सङ्घमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान दुर्गम र घना जङ्गलमा खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिएको भिडियोहरू रूसी सञ्चारमाध्यमले सम्प्रेषण गरेका छन्। सरकारी सञ्चारमाध्यम र अनुसन्धानकर्ताले सार्वजनिक गरेको भिडियोमा घटनास्थलमा जीवित व्यक्तिको कुनै सङ्केत नपाइएको देखाइएको छ। अङ्गारा एयरलाइन्सको विमान ब्लागोभेश्चेन्स्क शहरबाट टिन्डा शहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ बजे राडारसँग सम्पर्कबिच्छेद भएको थि

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 399 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा