समाचार

    Showing 3,301-3,310 of 17,211 items.
  • विश्वमा सनातन जस्तो उत्कृष्ट धर्म अरु छैन : डा.काशीनाथ मिश्र

    काठमाडौं – विश्व सनातन धर्म सेवा ट्रस्टका कथा वाचक परम पूज्य पण्डित डा. काशीनाथ मिश्रले सनातन धर्मको प्रचार गर्न आवश्यक रहेको बताएका छन् ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको बताउँदै सनातन धर्मको प्रचार गर्नु आवश्यक रहेको बताए । उनले भने,‘हामी सबै विश्वका सनातन धर्म मान्नेहरु मिलेर काम गर्न आवश्यक छ । म राजनीतिक संगठनमा छैन् ,कहिल्यै हुन्न पनि । तर धर्मनीति कहिल्यै छाड्दिन । किनकी धर्म नीतिसँगै हाम्रो उत्पत्ति भएको हो । पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको छ । सनातन धर्मको प्रचार गर्नु आवश्यक छ । सनातन धर्म जस्तो उत्कृष्ट

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 203 पटक पढिएको
  • भीम रावलको टिप्पणी: ओली र दाहालसँगको अँगालो रास्वपाका लागि घाटा भयो

    काठमाडौं – नेकपा एमालेका पूर्व नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले केपी शर्मा ओली र पुष्पकमल दाहालसँग गठबन्धन गरेर पद लिनु पार्टीकै लागि घाटाजनक भएको बताएका छन्।बुधबारको एउटा कार्यक्रमको  कुराकानीमा रावलले रास्वपाले "नो नट अगेन" भन्ने अभियान चलाएर पुराना नेताहरूलाई अस्वीकार गर्ने भनिए पनि अन्ततः तिनै नेतासँग हातेमालो गरेको बताए।"उहाँहरूले अङ्ग्रेजीमा ‘नो नट अगेन’ भन्नुभयो, अर्थात् यिनी पुराना नेताहरू थलिए, असफल भए, यिनीसँग हिँडिन्न भन्ने सन्देश दिनुभयो। तर अन्ततः तिनै केपी ओली र पुष्पकमल दाहालसँग अँगालो मारेर मन्त्रालय लिएर जानुभयो," रावलले भने।उनका अनुसार रास

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 382 पटक पढिएको
  • सल्यानमा गाडी दुर्घटना हुँदा १५ जना यात्रु घाइते

    सल्यान— सल्यानको कुमाख गाउँपालिका–२ बढाई ज्युलामा बिहीबार दिउँसो भएको गाडी दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।नेपालगञ्जबाट रागेचौरतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब २५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका यात्रुहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। घाइतेमध्ये चालकसमेत रहेका छन्।प्रहरीका अनुसार घाइते हुनेमा गाडी चालक कुमाख गाउँपालिका–६ का २७–२८ वर्षीय पारस आचार्य छन्। उनको शरीरको विभिन्न भागमा चोट लागेको अवस्था गम्भीर रहेको प्रहरीको

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 420 पटक पढिएको
  • संरक्षणको पर्खाइमा ऐतिहासिक 'ठूलढुङ्गा'

    मध्यनेपाल (लमजुङ), ९ साउन : यहाँको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर नजिक मादी नदी किनारमा एउटा ठूलो ढुङ्गा छ । जुन पौराणिक कथा बोकेको ऐतिहासिक ढुङ्गा हो ।  यो ढुङ्गा सात दिने सुत्केरीले गाडेको भन्ने किम्वदन्ती छ । तर हालसम्म यसको संरक्षणमा कुनै निकायले खासै चासो दिएको पाइँदैन । विसं १८२९ (शाके १६९४) मा राजा वीरनारयणका पत्नीहरू शालधरा, सकलान र कुमारी गरी यी तीन शिव पार्वतीका भक्तहरुले इशानेश्वर महादेवको नाममा शिवरात्रि र फकिर, जोगी, साधुसन्तका निम्ति सात बीस अर्थात् १४० मुरी खेतको गुठी, अन्न सङ्कल्प गरी दान गरिएको अभिलेख यस ढुङ्गामा कुँदिएको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 83 पटक पढिएको
  • प्रहरीलाई सबल र सुविधा सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री लामिछाने

    रामेछाप – वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले वाग्मती प्रदेशको सुरक्षा चुनौतीलाई सामना गर्न प्रदेश सरकारले प्रहरी सेवाको पहुँचलाई थप प्रभाकारी बनाउने बताएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका कार्यालय भवनको शुक्रबार बिहान उद्घाटन गर्दै मन्त्री लामिछानेले प्रदेश भरिका प्रहरी कार्यालयलाई व्यवस्थित गर्न हालसम्म ३ अर्ब ६० करोड रुपैँया विनियोजन गरी कार्यान्वयन गरेको जानकारी दिए । यस्ता भवनहरूले प्रहरीको सेवालाई प्रभावकारी बनाउन थप सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । जनताको जीउ, धनको सुरक्षा गर्नु प्रहरीको दायित्व भएको बताउँदै लामिछानेले सेवा स

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 268 पटक पढिएको
  • घरायसी विवादका क्रममा झगडा छुट्याउन गएका दाइको मृत्यु

    सिराहा— सिराहाको गोलबजार नगरपालिका–३ स्थित मुसहर्नियाँमा बिहीबार बेलुका भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु भएको छ । २५ वर्षीय श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्ना ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् ।छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।घटनापछि आरोपी श्याम फरार रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले जानकारी दिए । उनको खोजी भइरहेको छ । शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 423 पटक पढिएको
  • पूर्व राष्ट्रपति भण्डारीको नयाँ बाटो ? एमालेको निर्णयपछि आज पत्रकार सम्मेलन गर्दै

    काठमाडौं— पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दैछिन्। एमालेले उनको पार्टी सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि उनले आफ्नो धारणा सार्वजनिक गर्दैछिन्।गत असार १४ गते, मदन जयन्तीका दिन भण्डारीले राजनीतिमा फर्किने संकेत दिएकी थिइन्। तर त्यसको केही हप्तामै एमालेले उनीमाथि राजनीतिक प्रवेश गर्न रोक लगाउने निर्णय गर्‍यो। औपचारिक रूपमा पार्टीले उनलाई  निष्क्रिय बनाउने तयारी गरेपछि भण्डारी असन्तुष्ट बनेकी छन्।भण्डारी पक्षले यो निर्णयलाई अध्यक्ष केपी ओलीको चालका रूपमा हेरेको छ। उनी अब प्रतिकारको तयारीमा छिन्। कानुनी रूपमा पनि एमालेको न

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 434 पटक पढिएको
  • अख्तियारले दुई पूर्व मन्त्रीका मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान तीव्र

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा संलग्न दुई पूर्व मन्त्रीका मोबाइल फोन नियन्त्रणमा लिएको छ। पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरूमाथि कडा निगरानी गर्दै आएको अख्तियारले पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र पूर्व भूमि, व्यवस्था तथा सहकारी निवारणमन्त्री रञ्जिता श्रेष्ठका मोबाइल नियन्त्रणमा लिएको हो।गुप्तामाथि कास्कीको मालपोत कार्यालय प्रमुखको सरुवाका लागि ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीका अध्यक्ष नियुक्तिका लागि १० लाख रुपैयाँ घुस लिएको आरोप छ। कुल ७८ लाख रुपैयाँको "डिल" भएको आशंकामा अख्तियारले उनलाई बयानका लागि बोलाएको हो। अनुसन्धानका क्रममा गुप्ताको मोबाइ

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 369 पटक पढिएको
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो कारोबार दिन बिहीबार २४ सयले घटेको सुन आज ५ सय रुपैयाँले घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ५ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।बिहीबार एक तोला सुन १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रपैयाँ पुगेको थियो।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 455 पटक पढिएको
  • ७ हजार आवेदनबाट छनोट भएका १६५ युवा सांसदहरुले लिए शपथ

    काठमाडौं— देशभरबाट छानिएका एक सय ६५ युवा सांसदले बिहीबार राजधानी काठमाडौंमा आयोजित एक विशेष समारोहमार्फत पद तथा गोपनीयताको शपथ लिएका छन्। ग्लोबल युथ पार्लियामेन्ट र राष्ट्रिय युवा सांसद कार्यक्रमको संयुक्त आयोजनामा सम्पन्न सो समारोहमा अध्यक्ष दिवाकर अर्यालले सांसदहरूलाई शपथ गराए।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केवल विद्युत् उज्यालोले मात्र समृद्धि सम्भव नरहेको भन्दै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारमा समेत उज्यालो ल्याउनु आवश्यक रहेको धारणा राखे। उनले युवा पुस्ताले व्यापक परिवर्तनको नेतृत्व गर्नुपर्नेमा जोड दिए।नेपाल उद्योग वाणिज्य मह

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 477 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा