काठमाडौं— बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसअन्तर्गत १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । त्यसमध्ये ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका–२, ३ र ४ का बासिन्दाका लागि, ३ लाख १२ हजार कित्ता वडा नं। ५, ६, ७ र ११ का बासिन्दाका लागि तथा २ लाख
काठमाडौं— जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।शनिबार एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । सङ्गठनले प्रतिवेदन सार्वजनिक नगरेसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने जनाएको छ ।पारदर्शिता र उत्तरदायित्वको माग गदै आन्दोलनको प्रतिवेदन नै गोप्य राखिनु पूर्ण रूपमा अस्वीकार्य हुने बताइएको छ । सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढ
काठमाडौं— आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ ।यस वर्षको विश्व उपभोक्ता अधिकार दिवस २०२६ को विषयवस्तु सुरक्षित उत्पादन, आत्मविश्वासी उपभोक्ता भन्ने रहेको छ, जसले उत्पादन सुरक्षाको लागि महत्त्वपूर्ण आवश्यकता, खतरनाक वस्तुविरुद्ध बलियो नियमन र भौतिक र डिजिटल बजार दुवैमा विश्वास निर्माणमा केन्द्रित छ ।यस विषयवस्तुले सुरक्षित उत्पादनले आत्मविश्वासी उपभोक्तालाई डोर्याउने कुरालाई प्रकाश पार्छ ।सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका
काठमाडौं— आज पापमोचनी एकादशी व्रत गरिँदै छ । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गर्न लागेको हो ।प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो ।चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ । त्यस एकादशीको व्रत गर्दा समस्त पाप नाश हुन्छ भनेको सुनेर मेधावी ऋषिले पापमोचनी एकादशीको व्रत गरेका थिए । मञ्जुघोषा अप्सराले पनि व्रत गरेर श्रापबाट मुक्त भई स्वर्ग गइन् । मेधावी ऋषि पनि फेरि पुण्यवान् भएको कथा पनि वर्णन गरिएको छ ।सम्पूर्ण मानवले जानी नजानी गरेका पाप नाश गर्न यो व्रत लिनुपर्ने
काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने भएको हो ।प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो ।गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।
काठमाडौं— सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो ।यसअन्तर्गत २८ करोड ५० लाख रुपैयाँबराबरको २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ । जसमध्ये १८ लाख ५२ हजार ५०० कित्ता शेयर बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ भने बाँकी ९ लाख ९७ हजार
काठमाडौं— नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको १६ जना सांसदको नाम टुंगो लगाएको हो ।आदिवासी–जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना रहेका छन् । त्यसैगरी, यशोदा कुमारी बराल, टुकाभद्रा हमाल, खस आर्यतर्फ पद्मा अर्याल, गुरुप्रसाद बराल र पुष्पराज कंडेल रहेका छन् ।त्यसैगरी, थारु कलस्टरबाट कृपाराम राणा, दलिततर्फ विष्णुमाया वि।के। र नीता घतानी रहेका छन् । यसैगरी, मधेसीतर्फ रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल र मुस्लिमतर्फबा
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।बैठक भोली आज बिहान १० बजे वनस्थली पार्टी कार्यालयमा बस्ने भएको हो ।बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफद हुनेछ ।निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बुझाउन आजसम्मको समय दिएको छ ।
हेटौँडा— हेटौँडा उपमहानगरपालिका–९ अन्तर्गत HID क्षेत्र आसपास पछिल्ला केही दिनदेखि चितुवा देखिएको सूचना प्राप्त भएको छ ।प्रत्यक्षदर्शीका अनुसार हिजो राति करिब १०ः१९ बजेतिर हेटौँडा सिमेन्ट रोड नजिकको सडक हुँदै एउटा चितुवा जङ्गलतर्फ जाँदै गरेको देखिएको हो । सो क्षेत्रमा केही दिनयता चितुवा आवतजावत गरिरहेको जानकारी स्थानीय बासिन्दाले दिएका छन् ।मानव बस्ती नजिक चितुवा देखिन थालेपछि स्थानीयवासी मा त्रासको अवस्था उत्पन्न भएको छ । घटनाबारे सम्बन्धित निकाय तथा सुरक्षाकर्मीलाई जानकारी गराइएको जनाइएको छ ।स्थानीय बासिन्दालाई रातिको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन, बालबालिका तथा घरपालुवा जनाव
गुल्मी। गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ । राष्ट्रिय राजमार्गअन्तर्गत उक्त सडकखण्डको सत्यवती गाउँपालिकास्थित सिस्ने भिरमा सडक स्तरोन्नति गर्ने सुरु भएसँगै यही चैत १ देखि ३० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालय पाल्पाको पत्रअनुसार उक्त राजमार्गको अतिसंवेदनशील र साँघुरो स्थान सिस्ने भिरमा सडक कटिङ गर्ने क्रममा ढुङ्गा खस्ने जोखिम बढ्न सक्ने र दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैह्रेले जानकारी दिनुभएको छ ।प्रशासनले उक्त सडक स्तरोन्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.