काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू–भागलग
-देवेन्द्र किशोर: अमेरिकाले इरानमाथि लगाएको तेल प्रतिबन्धको प्रभावलाई कमजोर पार्ने दिशामा चीनले स्पष्ट र कडा अडान लिएको छ। चीनको वाणिज्य मन्त्रालयले २ मे मा जारी गरेको नयाँ निर्देशनले अन्तर्राष्ट्रिय ऊर्जा राजनीति र व्यापारिक सम्बन्धमा नयाँ बहस सुरु गरिदिएको छ।अमेरिकी दबाब र इरानमाथिको प्रतिबन्ध रणनीति:अमेरिका लामो समयदेखि इरानको तेल निर्यात सीमित गर्ने प्रयासमा छ। विशेष गरी अमेरिकी वित्त मन्त्रालय अन्तर्गतको ओएफएसि (विदेशी सम्पत्ति नियन्त्रण कार्यालय) मार्फत चीनलगायत देशका कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्ध लगाइँदै आएको छ।डोनाल्ड ट्रम्प प्रशासनको “अधिकतम दबाब” नीतिअन्तर्गत इरानको तेल ब
-देवेन्द्र किशोर: विश्व अहिले कृत्रिम बुद्धिमत्ता (आर्टिफीसियल इंटेलीजेंस –एआई ) को तीव्र विस्तारको चरणमा छ। उद्योग, बैंकिङ, सञ्चार, शिक्षा, स्वास्थ्यदेखि प्रशासनसम्म एआईको प्रयोग बढ्दो छ। यसले उत्पादन क्षमता र कार्यदक्षता बढाएको छ भने अर्कोतर्फ लाखौं कामदारको भविष्यप्रति गम्भीर प्रश्न पनि उठाएको छ। “मेसिनले मानिसको काम खोस्ने” बहस अब कल्पनाको विषय रहेन; यो वास्तविक आर्थिक र सामाजिक चुनौतीका रूपमा देखिन थालेको छ। यही संवेदनशील सन्दर्भमा चीनको हाङ्जाउ इन्टरमिडिएट पिपुल्स कोर्टले दिएको पछिल्लो फैसला विश्व श्रम इतिहासमै एउटा महत्वपूर्ण मोडको रूपमा देखा परेको छ।अप्रिल २०२६ मा आएको उक्त फैसला
झापा। भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ ।मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देखि ४० को सङ्ख्याका हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्याउने गरेका छन् ।प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेतीबालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नंं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभय
-देबेन्द्र किशोर: नेपालको समसामयिक राजनीति फेरि एकपटक संवैधानिक प्रक्रिया, शक्ति सन्तुलन र लोकतान्त्रिक मूल्यको बहसको केन्द्रमा पुगेको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालै व्यक्त गरेको धारणा केवल प्रतिपक्षीय टिप्पणी मात्र होइन, नेपालको राजनीतिक संरचना कुन दिशातर्फ उन्मुख हुँदैछ भन्ने गम्भीर प्रश्न पनि हो। संसद् अधिवेशन स्थगन गरी अध्यादेशमार्फत संवैधानिक परिषद्को बैठक बोलाइनु, त्यसपछि न्यायालय नेतृत्व चयन प्रक्रियामा वरिष्ठताको परम्परा मिचिएको आरोप उठ्नु, र न्यायपालिकामाथि राजनीतिक प्रभाव विस्तारको आशंका प्रकट हुनु—यी सबै घटनाले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि नै बहस सिर्जना गरेक
राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ । सो आगलागीमा परी छ परिवारको वटा १२ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक/एक वटा घर गरी ९ घर र तीन वटा गाईगोठसमेत १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिनुभयो ।जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब रु ४५ ल
काठमाडौँ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन सुरु गरेको छ ।नेपाल सरकार, स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौँका नदी र सहायक नदी किनारमा रहेका सुकुमवासी बस्तीलाई यही वैशाख १२ गतेदेखि सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको थियो । स्थानान्तरण भएकालाई विभिन्न होल्डिङ सेन्टर र आवास क्षेत्रमा राखिएको छ ।समितिले शनिबार भक्तपुरस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरको अवलोकन गरेको र क्रमशः अन्य क्षेत्रमा पनि अवलोकन गरिने समितिका
काठमाडौँ। यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रुपमा अबरुद्ध भएको छ ।उदयपुर कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रुपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने विपी राजमार्ग सडक खण्डमा आइपर्ने सम्भाबित बाढीलाई मध्यनजर गर्दै यही वैशाख २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजे सम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाईएको प्रहरीले जनाएको छ ।
-देवेन्द्र किशोर: सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नं. ८ अन्तर्गत पर्ने सोनापुर चौक पछिल्ला दिनमा केवल व्यापारिक चहलपहलका कारण चर्चामा छैन, बरु करोडौं मूल्य बराबरको सार्वजनिक जग्गा अतिक्रमण भएको आरोपका कारण व्यापक बहसको केन्द्र बनेको छ। कोशी राजमार्ग सँग जोडिएको रणनीतिक महत्वको यो क्षेत्र अहिले सार्वजनिक सम्पत्तिको संरक्षण, स्थानीय सरकारको भूमिकामाथि उठेको प्रश्न तथा राजनीतिक पहुँचको दुरुपयोगको प्रतीक जस्तै बनेको छ।स्थानीय बासिन्दाहरूका अनुसार वर्षौंदेखि सार्वजनिक प्रयोगका लागि छुट्याइएको जग्गा केही निजी विद्यालय सञ्चालक, राजनीतिक पहुँच भएका व्यक्तिहरू तथा प्रभावशाली समूहले कब्जा गर्द
देवेन्द्र किशोर : नामपोङमा प्रहरी र विशेष कार्यदल (एसटीएफ) को संयुक्त कारबाहीमा लागूऔषध ओसारपसारको गम्भीर घटना सार्वजनिक भएको छ। पक्राउ परेका व्यक्ति म्यानमारका नागरिक लाहो कैता कैसान (४०) हुन्। उनको साथबाट ४२०.५ ग्राम अफिम र १ लाख रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनलाई अवैध घुसपैठ तथा लागूऔषध ओसारपसारको सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानमा उनी सीमावर्ती क्षेत्र प्रयोग गरी नेपाल हुँदै वा नेपाललाई ट्रान्जिट बनाएर लागूऔषधको कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। हाल उनलाई एनडीपीएस ऐन, अध्यागमन ऐन तथा विदेशी ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.