समाचार

    Showing 3,331-3,340 of 17,212 items.
  • सरकार दमनकारी शैलीमा चलिरहेको छ : सांसद कार्की

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गरेकी छिन् । उनले वर्तमान सरकार जनभावनाको विरोधमा दमनकारी शैलीमा अगाडि बढिरहेको आरोप लगाएकी हुन् ।उनले भनिन्, ‘यो सरकार एक वर्षदेखि सत्तामा छ, तर उसले गरेको बाचा–प्रतिबद्धतामध्ये कुनैपनि पूरा गर्न सकेको छैन । त्यसैले अब सरकारको औचित्य समाप्त भइसकेको छ । संविधान संशोधनको कुरा गरेर सत्तामा पुगेको सरकारले अहिले मान्छे र सरकारी निकायको बेचबिखनलाई उपलब्धी मानेको देखिन्छ ।’भिजिट भिसा प्रकरणबारे बोल्दै उनले सरकारको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गरिन् । ‘दुई महिनाद

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 399 पटक पढिएको
  • करेन्ट लागेर २ जनाको मृत्यु

    विराटनगर— झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।  बुधबार घटेका दुई छुट्टाछुट्टै घटनामा एक जनाको घटनास्थलमै र अर्काको उपचारका क्रममा मृत्यु भएको हो।सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधीन पक्की घरमा छत ढलानको क्रममा फलामको डण्डी मिलाउने क्रममा उक्त डण्डी विद्युतको नाङ्गो तारमा छोएपछि कामदार बर्जु गाउँपालिका–६ का ३५ वर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका–३ का ३२ वर्षीय श्रवण चौधरी करेन्ट लागेर घाइते भएका थिए। उनीहरूलाई तत्काल इनरुवा अस्पताल लगिएकोमा उपचारको क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो। श्रवण चौधरीलाई थप उपचारका लागि नोवेल अस्पताल, विराटनगर पठाइएको प्

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 358 पटक पढिएको
  • लागू औषध सहित ४ जना पक्राउ

    विराटनगर— सुनसरी, झापा र उदयपुर जिल्लाबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा बुधबार विभिन्न स्थानमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।उदयपुरको कटारी नगरपालिका–८ निवासी ४५ वर्षीया देवकुमारी थापा मगरलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजासहित पक्राउ गरेको हो।त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर–६ बाट इलाम नगरपालिका–११ का ईछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।यसैगरी, सुनसरीको ईनरुवा–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहर

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 394 पटक पढिएको
  • मकवानपुर प्रहरीले गर्यो १६ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण

    हेटौंडा – चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरूले अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्यसम्पादन गरेका छन् ।प्रहरीको सार्वजनिक विवरणअनुसार, एक वर्षको अवधिमा एक हजार ७५ वटा मुद्दा दर्ता भएका छन् भने  नौं सय २८ जना अभियुक्त पक्राउ परेका छन्।लागुऔषधसम्बन्धी १८८ वटा मुद्दा दर्ता गर्दै २८९ जना पक्राउ गरिएको छ। यस क्रममा छ हजार ००४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५,२७१ थान नाइट्राभेट÷ट्रामाडोल, २,७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम ४३३ मिलिग्राम

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 284 पटक पढिएको
  • थाईल्यान्डको पेट्रोल पम्पमा कम्बोडियाली आक्रमण: ६ जनाको मृत्यु, दर्जनौं घाइते

    काठमाडौं— थाईल्यान्डको सिसाकेत प्रान्तस्थित एक गाउँमा रहेको व्यस्त ग्यास स्टेशनमा कम्बोडियाबाट प्रहार गरिएको रकेट खस्दा ६ जनाको मृत्यु भएको छ ।  १० जना घाइते भएका छन् । थाई सेनाले बिहीबार वक्तव्य जारी गर्दै ग्यास स्टेसनलाई लक्षित गर्दै आक्रमण भएको जनाएको हो।थाई सेनाका प्रवक्ताका अनुसार रकेटले एक ग्यास स्टेशनलाई लक्षित गरी प्रहार गरिएको थियो । घटनास्थलको सामाजिक सञ्जालमा आएका भिडिओहरूलाई सीएनएनले जियोलोकेट गरेको छ जसमा एक ७/११ स्टोर पूर्ण रूपमा क्षतिग्रस्त देखिन्छ ।भिडिओहरूमा स्टोरको ढोका उडेको, झ्यालहरू फुटेका र वरपर धुवाँमय वातावरण देखिएको छ । त्यहाँका केही मानिसहरू घाइतेलाई सहयोग गर्न द

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 475 पटक पढिएको
  • सभामुख घिमिरे: “सुनुवाइका लागि आन्दोलन गर्नु पर्ने अवस्था अन्त्य गर्नुपर्छ”

    काठमाडौं – सभामुख देवराज घिमिरेले कुनै पनि माग पुरा गराउन सडकमा उत्रनु पर्ने बाध्यकारी अवस्था अन्त्य गर्न जरुरी रहेको बताएका छन्।बिहीबार सिंहदरबारमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको नेतृत्वमा हस्तान्तरण गरिएका बाँसबाट निर्मित सामग्रीहरू ग्रहण गर्ने कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।उनले न्यूनतम सुनुवाइ पनि आन्दोलनपछि मात्र हुने प्रवृत्ति गलत भएको उल्लेख गर्दै भने, "यदि कुनै माग अव्यवहारिक, असान्दर्भिक वा अनुचित छ भने त्यसलाई तत्काल अस्वीकार गर्न सक्नुपर्छ। तर प्रयास गर्दा पनि सुनुवाइ नभए सडकमा जानु असंवैधानिक ठहर्दैन। तर यस्तो अवस्था आउन

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 294 पटक पढिएको
  • पचास जना यात्रु सवार रुसी विमान चिनियाँ सीमामा बेपत्ता

    काठमाडौं— हवाई ट्राफिक नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएपछि एक रुसी यात्रुवाहक विमान बेपत्ता भएको छ। रोयटर्सका अनुसार विमान रुसको पूर्वी अमुर क्षेत्रमा उडिरहेको थियो। यो एएन-२४ विमानमा लगभग ५० यात्रु सवार थिए। यस क्षेत्रका गभर्नरले विमानको खोजी भइरहेको बताए।स्थानीय आपतकालीन मन्त्रालयले विमान चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कको खाबारोभस्क हुँदै टिन्डा जाँदै गरेको बताएको छ। टिन्डा पुग्नुअघि नै यो राडारबाट हराएको थियो र सम्पर्क विच्छेद भएको थियो।अमुरका गभर्नर भासिली ओर्लोभले हराएको विमान अंगारा एयरलाइन्सको भएको बताए। यसमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। यात्रुहरूमा ५ बालबालिका

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 490 पटक पढिएको
  • ललितपुरको टिकाथलीमा ७ लाख रुपैयाँ बराबरको चोरी

    काठमाडौं– ललितपुरको टिकाथलीमा एक युवतीको कोठाबाट करिब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। महालक्ष्मी नगरपालिका–५, टिकाथलीमा डेरा गरी बस्दै आएकी रुकुम पश्चिम मुसिकोट नगरपालिका–१३ की २० वर्षीया निर्मला केसीको कोठाबाट बुधबार साँझ चोरी भएको हो।प्रहरीका अनुसार कोठाबाट सुन तथा नगद सहित झण्डै ७ लाख रुपैयाँ बराबरको सम्पत्ति चोरी भएको छ। चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै, घटनासम्बन्धी आवश्यक अनुसन्धान पनि अगाडि बढाइएको छ।

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 391 पटक पढिएको
  • नुवाकोटमा पानी ट्यांकीमा डुबेर बालकको मृत्यु

    नुवाकोट— नुवाकोट जिल्लाको विदुर नगरपालिका–९ को कोलोनी क्षेत्रमा पानी ट्यांकीमा डुबेर एक बालकको ज्यान गएको छ। ४ वर्षीय दिक्षान्त तामाङ पानी ट्यांकीमा डुबेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।उनलाई उद्धारपछि तत्कालै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरी नायव उपरीक्षक (डीएसपी) विक्रम लामाले शव पोष्टमार्टमका लागि त्रिशूली अस्पतालमा लगिएको जानकारी दिएका छन्।हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 457 पटक पढिएको
  • बेपत्ता बालक पोखरीमा मृत भेटिए

    जनकपुरधाम— धनुषामा बुधबारदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा भेटिएका छन् । धनुषाको सबैला नगरपालिका–१० खरियानी बस्ने खुसिया कापरका ७ वर्षीय छोरा सचिन कापर मृत भेटिएका हुन्।बिहीबार बिहान १० बजेतिर बालक घर नजिकैको पोखरीमा डुबेर तैरिहेको अवस्थामा मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।बालक सचिन बुधबार बिहानै ११ बजे घरबाट खेल्दै निस्केका डीएसपी सिंहको भनाइ छ । खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनको शव पोखरीमा फेला परेको हो । गर्मी छल्न पोखरीमा नुहाउन पस्दा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।घटनबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी क

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 447 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा