-देवेन्द्र किशोर : मेघालय राज्यको गारो हिल्स क्षेत्रमा देखिएको हिंसा र सामाजिक अशान्तिले फेरि एकपटक राज्य शासन, सुरक्षा व्यवस्था र प्रशासनिक संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। मार्च ९, २०२६ मा गारो हिल्स स्वायत्त जिल्ला परिषद् (जीएचएडीसि) चुनावका लागि मनोनयन दर्तापछि सुरु भएको तनावले पछि व्यापक हिंसात्मक रूप लिँदा मानव जीवनको क्षति, सम्पत्तिको विनाश र सामाजिक भयको वातावरण सिर्जना भयो। यही परिस्थितिलाई मध्यनजर गर्दै राज्य सरकारले अनुसन्धान आयोग गठन गरेको छ, जुन सकारात्मक कदम भए पनि यसको समयबद्धता र प्रभावकारितामाथि प्रश्न उठ्नु स्वाभाविक छ।सरकारले सेवानिवृत्त न्यायाधीश टी. वैफे
देवेन्द्र किशोर/नेपाल भारत सीमा भद्रपुरबाट :अरुणाचल प्रदेश )मा प्रस्तावित १,२०० मेगावाट क्षमताको टीएचडीसि इण्डिया लिमिटेड अन्तर्गतको कलई–२ जलविद्युत परियोजना अहिले केवल ऊर्जा उत्पादनको बहसमा सीमित छैन। यो परियोजना विकास र जैविक अस्तित्वबीचको संवेदनशील द्वन्द्वको प्रतीक बनेको छ। भारत–चीन सीमासँग जोडिएको अन्जव जिल्लाको लोहित नदी क्षेत्रमा प्रस्तावित यस परियोजनाले एकातिर पूर्वोत्तर भारतको ऊर्जा भविष्यलाई नयाँ गति दिने दाबी गरिरहेको छ भने अर्कोतर्फ विश्वमै दुर्लभ मानिने व्हीट - बेल्लीएड हेरोन को अस्तित्वमाथि प्रश्न उठाएको छ।१४ हजार करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको यो परियोजनाका लागि ८६९ हे
देवेन्द्र किशोर / गोर्खा राष्ट्रिय मुक्ति मोर्चा को संगठन विस्तारमा जोड — गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अन्तर्गत तराई समष्टि कमिटीको महत्वपूर्ण सभा उत्तर च्याँगा साईनगरस्थित सामुदायिक भवनमा सम्पन्न भएको छ। तराई समष्टि कमिटीका अध्यक्ष कर्ण प्रधान को सभाध्यक्षतामा सम्पन्न उक्त सभामा समष्टिका विभिन्न शाखाबाट प्रतिनिधि तथा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सभामा संगठनको वर्तमान अवस्था, आगामी रणनीति तथा जनस्तरसम्म पार्टीको पहुँच विस्तार गर्ने विषयमा विस्तृत छलफल गरिएको बताइएको छ। कार्यक्रममा केन्द्रीय समिति सदस्य भुवानी प्रसाद दुलाल, जीएनडब्लुओ केन्द्रीय समिति सदस्या रोमा शर्
देवेन्द्र किशोर / नेपाल भारत सीमा भद्रपुरबाट: बंगलादेश र पाकिस्तानबीच हालै भएको “पारस्परिक गुप्तचर सहकार्य” सम्बन्धी सम्झौताले दक्षिण एशियाली कूटनीतिमा नयाँ बहस जन्माएको छ। औपचारिक रूपमा यो सम्झौता लागुऔषध तस्करी, मनोप्रभावी पदार्थको अवैध कारोबार, धनशोधन तथा अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि गरिएको भनिए पनि यसको गहिरो राजनीतिक र सामरिक अर्थ खोज्न थालिएको छ। विशेषगरी भारतले यसलाई शंकाको दृष्टिले हेर्ने सम्भावना बलियो देखिएको छ।ढाकामा सम्पन्न कार्यक्रममा बंगलादेशका गृहमन्त्री सलाउद्दिन अहमद र पाकिस्तानका गृहमन्त्री सैयद मोहसिन रजा नकवीले हस्ताक्षर गरेको उक्त सम्झौतामा संयुक्त गुप्तचर
- देवेन्द्र किशोर पश्चिम बंगालको राजनीति लामो समयदेखि वैचारिक संघर्ष, सांस्कृतिक चेतना, क्षेत्रीय अस्मिता र जनआन्दोलनहरूको केन्द्र बन्दै आएको छ। वामपन्थी शासनको तीन दशकभन्दा लामो इतिहास, त्यसपछि ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेसको उदय, र पछिल्लो दशकमा भारतीय जनता पार्टीको तीव्र उभार—यी सबैले बंगाललाई भारतीय राजनीतिमा एक विशेष प्रयोगशालाका रूपमा स्थापित गरेका छन्। यस्तै संवेदनशील राजनीतिक पृष्ठभूमिमा कोलकाताको ब्रिगेड मैदानमा आज आयोजित हुने भव्य शपथ ग्रहण समारोह र त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिले बंगालको राजनीतिक मनोविज्ञानलाई पुनः एकपटक राष्ट्रिय बहसको केन्द्रमा ल्याएको
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँपुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।‘ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तरक्रियामार्फत नयाँपुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने तथा इच्छुक ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवं राष्ट्रिय रूपमा उनीहरूसित सम्बन्धित विषयका नीति निर्माणमा र सामुदायिक तहका क्रियाकलापमा अनिवार्य रूपमा उनीहरूको
काठमाडौं । बाँकेको नेपालगन्जमा प्रहरीले स्रोत नखुलेको करिब ६ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा नरैनापुरतर्फ जाँदै गरेको अटो रिक्सा जाँच गर्दा अवैध भारतीय ५०० र १००० दरका नोट फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका–५ का २९ वर्षीय वीरवल कुम्हार र सोही गाउँपालिका–४ का ३८ वर्षीय मुनिव खाँ रहेका छन्। बरामद रकम आन्तरिक राजस्व कार्यालय कोहलपुरमा बुझाइएको छ भने उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।त्यसैगरी, नेपालगन्जमा करिब रु ३ लाख ४६ हजार बराबरको भन्सार छलीका सामान पनि बरामद गरिएको छ। चुरोट, पान मसला, पेय
-देवेन्द्र किशोर : झापाको बिर्तामोड नगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमणको विषय अहिले गम्भीर बहसको केन्द्र बनेको छ। विशेषगरी बिर्तामोड–७ मा खोला, जंगल, विद्यालय, ऐलानी तथा सार्वजनिक बाटोसमेत अतिक्रमणमा परेको तथ्य बाहिरिएपछि स्थानीय तहको नियमन क्षमता, सरकारी निकायको भूमिका र भूमाफियाको प्रभावमाथि प्रश्न उठ्न थालेको छ।उपलब्ध विवरणअनुसार देउनिया खोलाको धार क्षेत्रमा २५ घर, रेखा खोलाको किनारमा ३ घर, हर्चना खोलाको धारमा ३ घर, जंगल क्षेत्रमा १० घर, सार्वजनिक बाटोमा ३ घर, ऐलानी जग्गामा करिब २९० घर निर्माण गरिएको उल्लेख छ। त्यस्तै लक्ष्मी आधारभूत विद्यालयको जग्गामा ७ घर तथा त्रिभुवन आधारभूत विद्यालय
-देवेन्द्र किशोर भारतीय राजनीतिमा लामो समयदेखि असम्भवजस्तै मानिएको एउटा अध्याय अन्ततः पश्चिम बंगालमा खुला भएको छ। भारतीय जनता पार्टी (भाजपा) ले पहिलो पटक पश्चिम बंगालमा स्पष्ट बहुमतसहित सरकार गठन गर्ने स्थितिमा पुगेपछि भारतीय राजनीति मात्र होइन, सम्पूर्ण दक्षिण एशियाली शक्ति–सन्तुलन र क्षेत्रीय राजनीतिक बहस नयाँ मोडमा पुगेको छ। कोलकातामा सम्पन्न भाजपा व्यवस्थापिका दलको बैठकले सुवेन्दु अधिकारी लाई नेता चयन गरेपछि अब बंगालमा भाजपा नेतृत्वको सरकार औपचारिक रूपमा स्थापित हुने निश्चित भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाह स्वयं उपस्थित भएर शुभेन्दु अधिकारीको नाम घोषणा गर्नु केवल नेतृत्व चयनको प
-देवेन्द्र किशोर : खाँदबारीदेखि किमाथाङ्कासम्मको सडकखण्डमा नेपाली सेनाले ‘ट्रयाक ओपन’सहित स्तरोन्नतिको काम सम्पन्न गरेसँगै नेपाल–चीन–भारतलाई जोड्ने सम्भावित त्रिदेशीय व्यापारिक करिडोरको बहस पुनः केन्द्रमा आएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको खाँदबारी–किमाथाङ्का सडक केवल दुर्गम हिमाली भेग जोड्ने पूर्वाधार मात्र नभई नेपालको पूर्वी भूभागलाई अन्तर्राष्ट्रिय व्यापार र रणनीतिक पहुँचसँग जोड्ने दीर्घकालीन आधारका रूपमा हेरिएको छ।१६२ किलोमिटर लामो यस सडकखण्डमध्ये १०.८ किलोमिटर क्षेत्रमा नेपाली सेनाले ट्रयाक खोल्ने तथा आवश्यक स्थानमा स्तरोन्नतिको काम सम्पन्न गरेको हो। भौगोलिक रूपमा अत्यन्त
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.