देवेन्द्र के ढुङगाना: नेपालको न्यायिक नेतृत्व चयन प्रक्रियामा संवैधानिक परिषद्को हालैको सिफारिससँगै पुनः एक पटक गम्भीर बहस सुरु भएको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई पन्छाउँदै अर्को न्यायाधीशलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको घटनाले कानुनी वैधता, परम्परागत अभ्यास, संस्थागत निष्पक्षता र राजनीतिक प्रभावको सम्भावनासम्मका प्रश्नहरू उठाएको छ।यो विवाद केवल व्यक्तिको चयनको विषय होइन, बरु राज्यका तीन अंगबीचको शक्ति सन्तुलन, न्यायपालिकाको स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूको विश्वाससँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले यसलाई सामान्य नियुक्ति प्रक्रियाको रूपमा मात्र हेर्न मिल्दै
-देवेन्द्र के ढुङगाना :पश्चिम बंगालको पछिल्लो चुनावपछि राज्यको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आएको दाबी गर्दै भारतीय जनता पार्टी (भाजपा) भित्र नयाँ नेतृत्व चयन भएको खबर सार्वजनिक भएको छ। पार्टीभित्रको व्यवस्थापिका दलको बैठकमा सुवेन्दु अधिकारीलाई नेता चयन गरिएको र उनी मुख्यमन्त्री बन्ने तयारीमा रहेको भन्ने दाबीले राजनीतिक वृत्तमा व्यापक चर्चा सिर्जना गरेको छ।तर, यी दाबीहरू हालसम्म आधिकारिक सरकारी घोषणा वा संवैधानिक प्रक्रियाबाट पुष्टि भएका छैनन्। त्यसैले यसलाई राजनीतिक दाबी र पार्टीभित्रको आन्तरिक निर्णयको रूपमा मात्र बुझिनु उपयुक्त हुन्छ।भाजपा विधान दलको बैठक र नेतृत्व चयनको दाबी: भाजपा विध
देवेन्द्र के ढुङगाना : सिलीगुड़ी :मणिपुरमा विद्यमान विद्रोही तथा आतंकवादी गतिविधिविरुद्ध सुरक्षाकर्मीहरूले सञ्चालन गरेको पछिल्लो अपरेशनमा ठूलो सफलता हासिल भएको छ। भारतीय सुरक्षा बल असम राइफलसले मे ७ मा सेनापति जिल्लाको मारनमेई पहाडी क्षेत्रमा सञ्चालन गरेको विशेष खोजी अभियानका क्रममा ठूलो परिमाणमा हतियार तथा गोलाबारुद बरामद गरेको आधिकारिक स्रोतहरूले जनाएका छन्।प्राप्त सूचनाका आधारमा १६ असम राइफल्सले एआरएफआईयु र ३ सिआईबि सँग समन्वय गरी उक्त अपरेशन सञ्चालन गरेको थियो। सुरक्षाबलले आन्तरिक गुप्तचर सञ्जालमार्फत सूचनाको पुनः पुष्टि गरेपछि क्षेत्रलाई घेरा हालेर व्यापक खोजी अभियान अघि बढाएको बताइए
देवेन्द्र के ढुङगाना :हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती निकट समूहबीच राजनीतिक एकताको सहमति भएको छ। सम्पन्न द्विपक्षीय वार्तापछि दुवै पक्ष एकताका लागि सहमत भएका हुन्।किराती निकट स्रोतका अनुसार एकतापछि सुदन किरातीलाई पार्टीमा वरिष्ठ नेताको भूमिकामा राख्ने समझदारी बनेको छ। साथै, उनी निकट केही नेताहरूको समेत उचित व्यवस्थापन गर्ने विषयमा सहमति जुटाइएको बताइएको छ। दुवै पक्षले आजै राजधानी काठमाडौंमा संयुक्त कार्यक्रममार्फत औपचारिक रूपमा एकताको घोषणा गरेका छन्।पूर्व माओवादी नेता किराती पछिल्लो निर्वाचनअघि प्रगतिशील लोकतान्त्रिक पार्टीसँग आबद्ध भएका थिए। तर, पछिल्लो
काठमाडौँ। पन्त स्मृति प्रतिष्ठानले साहित्य, हास्यव्यङ्ग्य, बालनृत्य, बालसाहित्य, चित्रकला, संस्कृति, समालोचना र समाजसेवा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने आठ जना स्रष्टालाई पुरस्कृत एवं सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा परराष्ट्र मामिलाका जानकार जयराज आचार्यले उहाँहरूलाई आर्थिक वर्ष २०८१/८२ को पुरस्कार एवं सम्मान प्रदान गर्नुभयो । प्रतिष्ठानले उपन्यासकार कमल रिजालको सकुन्तला कृतिका लागि ‘रामराज पन्त स्मृति सम्मान’, कलाकार मनोज गजुरेललाई ‘गोेपालराज पन्त स्मृति पुरस्कार’, बालनृत्यमा सुमना थापालाई ‘सदिच्छा बाल प्रतिभा पुरस्कार’ र चित्रकलाकार रसिक राईलाई ‘सीताश्र
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको गैँडाकोट नगरपालिका-९ थुम्सीस्थित पूर्व-श्चिम राजमार्गमा आज दिउँसो ना७ख ८६२१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको लु४१प ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार देवचुली नगरपालिका-१० का ३५ वर्षीय जमुदा गिरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका गिरीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटन
तेह्रथुम— म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।यही वैशाख १६ गतेदेखि हराइरहेकी ५३ वर्षीय दिलमाया तुम्बाहाङ्फे लिम्बू आज मृतावस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओलीले बताए ।सम्पर्कविहीन भएदेखि परिवार, आफन्त, छरछिमेक र प्रहरीले दिलमायाको खोजी कार्यजारी राखेका थिए । सो क्रममा बुधबार बिहान म्याङलुङ-९ स्थित कोप्चे र पाटीगाउँको सिमानामा पर्ने खोल्सामा लिम्बूको शव भेटिएको श्रीमान् धनबहादुर तुम्बाहाङ्फे लिम्बूले बताए ।शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए ।
धनगढी— नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश रसाइलीले सुदूरपश्चिम प्रदेशमा अहिलेकै सत्ता गठबन्धन कायम रहने बताएका छन् ।शनिबारदेखि धनगढीमा हुने कांग्रेसको प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रमको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सह–महामन्त्री रसाइलीले तत्काल सरकार नढल्ने सत्ता गठबन्धनमा पनि कुनै हेरफेर नहुने स्पष्ट पारेका हुन् । रसाइलीले मुख्यमन्त्रीका बारेमा पार्टीमा कुनै छलफल समेत बताए ।कांग्रेसले आयोजना गर्ने चुनावी समीक्षा कार्यक्रममा सभापति गगन थापा, उप सभापति विश्वप्रकाश शर्मालगायतका नेता सहभागी हुनेछन् ।कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट फागुन २१ गते सम्पन्न निर्वाचनम
जनकपुर— मधेश प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव हुने भएको छ ।कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा उक्त महोत्सवको आयोजना हुन लागेको उच्च अदालत जनकपुरका कायममुकायम प्रमुख न्यायाधीश टेक नारायण कुँवरले जानकारी दिए ।शुक्रबार (आज) जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै प्रमुख न्यायाधीश कुंवरले उक्त महोत्सवबारे जानकारी दिएका छन् । उनका अनुसार उक्त महोत्सवमा उच्च अदालत जनकपुर र यस अन्तर्गत रहेका विरगञ्ज उच्च अदालत इजलास र सिरहा उच्च अदालत इजलासका साथै पुनरावेदन सुन्ने आठवटै जिल्लाका न्यायाधीश, सरकारी वकिल, कार्यालय प्रमुख, कर्मचारीहरुसहित नागरिक समाजको उपस्थिति हुनेछ ।जनकपुरधामस्थित महेन्द्र नारायण निधि
काठमाडौं— प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन दिगो पर्यटन, सम्पदा संरक्षण र सुरक्षित कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका छन् ।शुक्रबार नेपाल विश्व सम्बन्ध परिषद्को ७८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभामुख अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन सुरक्षित कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका हुन् ।उनले वर्तमान विश्व परिवेशमा नेपालले अवसर र चुनौती दुवैको सामना गरिरहेको उल्लेख गरे ।उनले भने, ‘विश्वव्यापी रुपमा नेपाललाई कूटनीतिक र सांस्कृतिक सम्बन्धहरुलाई थप सुदृढ बनाउने पर्यटन क्षेत्रमा दिगो विकास र संरक्ष
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.