समाचार

    Showing 3,381-3,390 of 26,533 items.
  • तीन संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज (शुक्रबार) तीन संसदीय समितिको बैठक बस्दै छ ।आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ ।आज दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा १० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुने छ ।यस्तै, आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ । बिहान १०ः३० बजे बस्ने समितिको बैठकमा समितिको आन्तरिक छलफल सम्बन्धमा हुने छ ।त्यस्तै दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 406 पटक पढिएको
  • आजको मौसमः हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदे

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 430 पटक पढिएको
  • प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई उद्धार

    गण्डकी। प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौँको लागतमा हुने हवाई उद्धार क्रमशः घट्दै गएको छ ।  पछिल्ला वर्षमा प्रदेशभित्रका अस्पतालको स्तरोन्नतिसँगै आधारभूत अस्पतालमा बढाइएको विशेषज्ञसहितको सेवाका कारण उक्त सङ्ख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्याङ्क अधिकृत बुद्धिसागर अधिकारीले बताउनुभयो । गण्डकी प्रदेश सरकारले २०७६ सालदेखि जोखिमममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार सुरु गरेकामा यो सुविधा त्यस वर्ष १० जनाले लिएका थिए ।  त्यसैगरी, २०७७ मा ३३, २०७८ मा आठ, २०७९ मा पाँच, २०८० मा चार, २०८१ मा एक र २०८२ यता हालसम्म छ ज

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 236 पटक पढिएको
  • नारायणगढ-मुग्लिन सडक खुल्यो

    चितवन। सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो । इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 186 पटक पढिएको
  • इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

    इलाम। भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ । परिवारलाई ५९३ कित्ताको जग्गा धनी प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरण तथा दर्ताबाट रु एक करोड ८६ लाख ३१ हजार ४९५ राजस्व सङ्कलन भएको आयोगले जनाएको छ । यसैगरी, ७३८ परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले बताउनुभयो

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 193 पटक पढिएको
  • नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    भरतपुर। सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।  मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ । 

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 169 पटक पढिएको
  • हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

    गलकोट। नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ । पन्ध्र दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ ।नाउर र झारलको वैधानिक सिकार हुने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुनसकेको थिएन । हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन प्राविधिक, सिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्र्किएका छन् ।आरक्षका रेन्जर सागर सुवेदीका अनुसार ५६ क्यामेरा तीन समूहले छवटा सिकार ब्लकमा राखेर फर्केको बताउनुभयो । क्यामेराले ४५ दिनसम्म आ

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 228 पटक पढिएको
  • आहा अर्मके झरना !

    म्याग्दी। धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । यो झरना सुन्दर, मनमोहक र आकर्षक देखिन्छ । अग्लो पहाडको फेदीमा दुईवटा तहमा छङछङ गर्दै झर्ने अर्मके झरनाको फेदीबाट म्याग्दी नदी बग्छ ।करिब २०० मिटर अग्लो झरनाको फेदीमा तलाउ छ । छेउमै प्राकृतिक तातोपानीको कुण्ड रहेको छ । झरनालाई पर्यटकले टाढैबाट अवलोकन गर्ने र तस्बिर भिडियो लिने गर्छन् । रमणीय भए पनि अर्मके झरना सुनसान हुन्छ । अर्मके झरना र प्राकृतिक तातोपानी कुण्डमा पूर्वाधार न

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 177 पटक पढिएको
  • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    मुस्ताङ। नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास मुस्ताङमा सुरु भएको छ । यहाँको घरपझोङ गाउँपालिका जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा बिहीबारदेखि खोज तथा रेस्क्यु अभ्यास सुरु गरिएको हो ।उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धारकार्यमा सहज पुर्याउने उद्देश्यले इन्द्रबक्स गणले यसप्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ ।अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट चार जना टोलीसहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षालय कैसाङबाट गरी करिब ५५ जनाभन्दा

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 279 पटक पढिएको
  • उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान

    कास्की। पोखराका उद्योगपति तथा समाजसेवी हरि पाण्डे तथा उहाँका धर्मपत्नी तुलसा पाण्डेले वैवाहिक जीवनको ५९औँ वर्षगाँठका अवसरमा बिहीबार पोखराको मानव सेवा आश्रमका लागि रु ५४ लाख ४४ हजार ४४२ सहयोग गर्नुभएको छ ।पोखरा महानगरपालिका–८ सृजनाचोक निवासी पाण्डे दम्पतीले आफ्नो वैैवाहिक वर्षगाँठलाई मानवसेवा र धर्मकार्यमा समर्पित गर्दै मानवसेवा आश्रमद्वारा यहाँ जारी श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ २०८३ मा सो सहयोग गर्नुभएको महायज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिनुभयो ।मानवसेवा आश्रम पोखरा–हेम्जाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण सम्पन्नता, मुक्तिनाथ सेवा धर्म

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 216 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.