समाचार

    Showing ३३१-३४० of २६,७९८ items.
  • गोसाइँकुण्डतर्फ गएको बा.५ ख १२५० नम्बरको बस सम्पर्कविहीन, २५ यात्रुको अवस्था अज्ञात

    काठमाडौं / धादिङबेँसीबाट रसुवाको गोसाइँकुण्डतर्फ गएको बा.५ ख १२५० नम्बरको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ । बसमा सवार यात्रु तथा चालक–सहचालकसँग हालसम्म सम्पर्क हुन नसकेको जनाइएको छ । धादिङ मण्डली यातायात समितिका अनुसार बसमा यात्रा गरिरहेका यात्रु तथा चालक–सहचालकको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन । उनीहरूको अवस्था पत्ता लगाउन खोजी तथा समन्वय भइरहेको छ । सम्पर्कविहीन बसमा नीलकण्ठ नगरपालिका–१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, सारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल रहेका छन् ।त्यस्तै, नीलकण्ठ नगरपालिका–९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ३१९ पटक पढिएको
  • तस्वीरमा बाढीपछि त्रिशूली ढुङ्गे बजार

    काठमाडौं। भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले ढुङ्गे बजारलगायतका क्षेत्रमा क्षति पुगेको छ भने स्थानीय जनजीवनसमेत प्रभावित भएको छ। प्रभावित क्षेत्रमा यतिबेला सरकारी पक्ष र विभिन्न संघसंस्थाहरुले उद्धार तथा राहत वितरणका कार्य जारी राखेका छन् ।

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • ७३ पटक पढिएको
  • नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

    काठमाडौं / भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ ।भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो राहत उडान ३७.५ टन सामग्री बोकेर नेपालका लागि उडेको जानकारी दिएका हुन् । जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई भारतले निरन्तर मजबुत समर्थन गर्ने बताएका छन् । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि भारतले राहत सामग्रीसहितका उडान नेपाल पठाउन थालेको हो । भारतले पठाएको सामग्रीमा विपद् उद्धार तथा राहतका लागि आवश्यक साम

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २२५ पटक पढिएको
  • बाढीको भयावह दृश्य : सुस्ताको गण्डकमा एकपछि अर्को गर्दै १५ शव फेला

    नवलपरासी । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको असर तल्लो तटीय क्षेत्रमा समेत देखिन थालेको छ। बाढीको भेलले बगाएर ल्याएका १५ जनाको शव पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदीको गण्डक क्षेत्रमा फेला परेको छ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार गण्डक क्षेत्रका विभिन्न ठोकर तथा बाँध आसपासमा ६ महिला, ६ पुरुष, एक बालक र दुई बालिकाको शव फेला परेको हो। नदीमा बग्दै आएका शव एकपछि अर्को गर्दै किनार तथा ठोकर क्षेत्रमा अड्किएपछि प्रहरीले उद्धार गरी व्यवस्थापनको तयारी थालेको छ।प्रहरीका अनुसार यी शवहरू रसुवामा आएको विनाशकारी बाढीमा परी नारायणी नदीमा बगेका व्यक्तिका हुन सक्ने देखिएको

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १७७ पटक पढिएको
  • गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने

    काठमाडौं / रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीवार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । बाढीबाट प्रभावित रसुवा तथा अन्य क्षेत्रबाट आइरहेका तस्बिर तथा भिडियोहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ ।ग्रुपले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र च

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २०५ पटक पढिएको
  • रसुवा बाढीः सिन्धुलीका ३६ जना सम्पर्कविहीन (सूचीसहित)

    रामेछाप / रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण तथा होटल व्यवसायमा कार्यरत सिन्धुलीका स्थानीयहरू बाढीपछि सम्पर्कमा आउन नसकेका हुन्। सम्पर्कविहीन हुनेहरूमा कमलामाई नगरपालिका, फिक्ल गाउँपालिका, तिनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकाका बासिन्दाहरू रहेका छन्।सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग निरन्तर समन्वय भइरहेको जिल्ला प्रशासन कार

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १६९ पटक पढिएको
  • तीर्थयात्राको खुसी शोकमा बदलियो, २७ जना बेपत्ता भएपछि धादिङको सालबोटे- गैरी गाउँमा सन्नाटा

    धादिङ । गोसाइँकुण्डको दर्शनका लागि धादिङबाट रसुवातर्फ निस्किएका २७ तीर्थयात्री र बस चालक भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। एउटै क्षेत्रका यति धेरै मानिस एकैपटक सम्पर्कविहीन भएपछि नीलकण्ठ नगरपालिका-९ को सालबोटे र वडा नम्बर १२ को गैरी टोलमा अहिले सन्नाटा छाएको छ। तीर्थयात्राका लागि खुसी हुँदै घरबाट निस्किएका परिवारमा अहिले आफन्तको खबर पर्खाइ र चिन्ता मात्रै छ।बा ५ ख १२५० नम्बरको बसमा उनीहरू बुधबार बिहान धादिङबेँसीबाट रसुवातर्फ लागेका थिए। बस नीलकण्ठ नगरपालिका–१२ का छविलाल श्रेष्ठले चलाएका थिए। पारिवारिक स्रोतका अनुसार बस बिहान करिब ९ः१५ बजे नुवाकोटको बेत्रावती पुगेको जानकारी परिवारले पाएको थिय

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २५२ पटक पढिएको
  • भोटेकोशी बाढीको अन्तर्राष्ट्रिय असर : ६४४ पर्यटक सम्पर्कविहीन, भारतीय मात्रै १७८

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालमा रहेका विदेशी तथा नेपाली पर्यटकसमेत प्रभावित भएका छन्। बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीबाट संकलन गरेको पछिल्लो विवरणअनुसार सम्पर्कविहीनमध्ये सबैभन्दा ठूलो संख्या भारतीय पर्यटकको छ। भारतका १७८ जना पर्यटकसँग सम्पर्क हुन सकेको छैन।त्यसपछि १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटक सम्पर्कविहीन रहेको बोर्डको तथ्यांक छ।त्यस्तै मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटकसमेत बाढीपछि सम्पर्कविहीन छन्।अन्य मुलुकतर्फ सिंगापुरका ९, रुसका ८

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २०४ पटक पढिएको
  • राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल लागू गर्न राप्रपाको अपिल

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग अपिल गरेको छ । बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री राहत कोषलाई अझ व्यापक बनाउँदै त्यसको प्रभावकारी प्रचारप्रसार गर्नुपर्ने बताए । उनले राहत व्यवस्थापनमा पारदर्शिता कायम गर्दै सबै पक्षलाई एउटै ‘वान डोर सिस्टम’मार्फत परिचालन गर्नुपर्ने धारणा राखे ।शाहीले अहिलेको विपदमा सबैभन्दा ठूलो समस्या बेपत्ता भएका मानिसहरूको खोजी तथा उद्धार रहेको बताए । प्रभावित क्षेत्रमा सञ्चार

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १८८ पटक पढिएको
  • भोटेकोशी बाढीको कहर : मृतकको संख्या १७७ पुग्यो, आठ जिल्लामा भेटिए शव

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १७७ पुगेको छ। बाढीपछि बेपत्ता भएकामध्ये अहिलेसम्म आठ जिल्लाबाट १७७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको छ।बाढीको भेलसँगै बगाएका तथा सम्पर्कविहीन भएका व्यक्तिको खोजी अझै जारी छ। नदीको बहाव र भौगोलिक कठिनाइका कारण कतिपय क्षेत्रमा खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।बाढीबाट सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा देखिएको छ, जहाँ ६९ जनाको शव फेला पर

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • २०२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.