काठमाडौं— नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्टटर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा,
काठमाडौं— हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् ।नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१.६१ ले हरायो ।मूर्तिपुरले २०-१५, २०-१३, १८-१९, २३-१४ को प्रदर्शन गरेको थियो ।कीर्तिपुरका प्रशान्त महर्जनले १३ अङ्क स्कोर गरे । उनी एमभिपी घोषित भए ।यस्तै, बुधबारको दोस्रो खेलमा सोलो बास्केटबलले प्ले बक्स एरेनालाई प्रतिस्पर्धात्मक खेलमा ६८-६५ ले हरायो । तीन क्वाटरमा पछि परे पनि सोलोले तेस्रो क्वाटरमा बनाएको २६-१४ को अग्रता नै जितमा निर्णायक बन्यो ।प्लेबक्सले पहिलो, दोस्रो र चौथो क्वाटर क्रमश: १५-११
काठमाडौं— हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको
काठमाडौं— नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र सुधार आवश्यक रहेको भन्दै नारा र जुलुसका भरमा नेतृत्व जोगाउन नसकिने बताएका छन्।उनले अब अध्यक्ष केपी शर्मा ओलीलाई जोगाउन नारा–जुलुस गर्ने राजनीति सम्भव नभएको उल्लेख गर्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यास र संस्थागत निर्णय प्रक्रियालाई बलियो बनाउनुपर्ने बताए।पाण्डेले पार्टीलाई बलियो बनाउन आन्तरिक बहस, आलोचना र आत्मसमीक्षा आवश्यक रहेको पनि धारणा राखेका छन्।
काठमाडौं— अर्थमन्त्री रामेश्वर खनाललाई नयाँ सरकारमा पनि सोही जिम्मेवारीमा निरन्तरता दिने तयारी भएको चर्चा चलेको छ। आर्थिक संकटको समयमा मुलुकको अर्थतन्त्र सम्हाल्न खेलेको भूमिकालाई ध्यानमा राख्दै उनलाई फेरि अर्थ मन्त्रालयको नेतृत्व दिन सकिने स्रोतहरू बताउँछन्।प्रधानमन्त्री सुशीला कार्कीले पनि खनालको कार्यसम्पादनप्रति सकारात्मक धारणा व्यक्त गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमेत उनको भूमिकाबारे सकारात्मक रहेको बताइन्छ।हाल रास्वपाले दुई तिहाइ नजिकको बहुमत हासिल गरेपछि बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ। बालेनले प्राविधिक तथा अनुभवी व्यक्तिहरूलाई समेटेर सक्षम टोली बनाउने योज
काठमाडौँ। पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको सुरक्षामा जोड दिएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार लेबननमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित हुनुपर्नेमा नेपालले जोड दिएको हो । हालै दक्षिणी लेवनानमा भएको आक्रमण तीन जना शान्ति सैनिक घाइते भएको घटनालाई लिएर राष्ट्रसङ्घका सदस्य मुलुकसँगै नेपालले उनीहरूप्रति दृढ समर्थन जनाउँदै सुरक्षामा जोड दिएको हो । नेपालले शान्तिसैनिक कहिल्यै आक्रमणको लक्ष्य हुनु हुँदैन भनेको छ । साथै सरकारले संयुक्त राष्ट्रका कर्मचारीहरूविरुद्ध भएका आ
चितवन— भरतपुर महानगर क्षेत्रको यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले बसपार्क बाहिर टिकट काउन्टर सञ्चालन गर्न तथा यात्रुवाहक बस रोक्न नपाइने निर्णय गरेको छ।भरतपुरमा प्रशासन र यातायात व्यवसायीबीच भएको छलफलपछि यस्तो निर्देशन जारी गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार अबदेखि टिकट काउन्टर सञ्चालन र यात्रु चढाउने–ओराल्ने कार्य बसपार्कभित्रबाट मात्रै गर्नुपर्नेछ।प्रशासनले नारायणगढ बजार क्षेत्रका मुख्य सडकहरूमा हुने अव्यवस्थित पार्किङ तत्काल रोक्न पनि निर्देशन दिएको छ। विशेषगरी पुल्चोक लगायतका स्थानमा पेट्रोल पम्पमा इन्धन हाल्ने बहानामा अनावश्यक रूपम
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरू, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बादल रहनेछ भने बाँकी भागमा आंशिक बादल रहनेछ । कोशी प्रदेशका केही स्थान, बागमती र गण्डक
कर्णाली। गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना अमानवीय र निन्दनीय भएकाले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उक्त विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्ति भनिएको छ, “महिला तथा बालिकामाथि हुने यौन हि
काठमाडौँ। प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ । आदिवासी जनजाति २६ (१५.७६ प्रतिशत), मधेसी २८ (१६.९७ प्रतिशत), थारू पाँच (३.३ प्रतिशत), मुस्लिम चार (२.४२ प्रतिशत) र दलित एक जना (०.६१ प्रतिशत) छन् । सीमान्तकृतभित्र पनि १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ । समानुपा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.