समाचार

    Showing 3,411-3,420 of 26,533 items.
  • छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध बरियारपट्टीमा आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

    सिरहा— सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय खारेज गर्ने नेपाल सरकारको निर्णयविरुद्ध स्थानीयवासी तथा व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण हुलाकी मार्ग अवरुद्ध हुँदा बिहानदेखि सवारी आवागमन प्रभावित बनेको छ ।नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार तथा स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।आन्दोलनकारीहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडकको बीचभागमा बेन्च राखेर बिहान करिब ८ः३० बजेदेखि हुलाक

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 452 पटक पढिएको
  • ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

    काठमाडौं— नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत लगानीका अवसर र यसका दीर्घकालीन लाभहरूका बारेमा छलफल गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान), नेपालस्थित बेलायती दूतावास र डोल्मा एडभाइजर्सका प्रतिनिधिहरूबीच छलफल भएको छ ।बैठकले नेपालको दिगो आर्थिक विकास र निजी क्षेत्रको सुदृढीकरणका लागि नवीन वित्तीय संयन्त्रहरू पहिचान गर्ने, लगानी साझेदारीलाई बलियो बनाउने र सरोकारवालाहरूबीच आपसी सहकार्य बढाउने साझा प्रतिबद्धता व्यक्त गरेको छ ।इप्पानका अध्यक्ष गणेश कार्कीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलमा उपाध्यक्ष आनन्द चौधरी, सचिव कविता पोखरेल, कार्यसमिति सदस्यहरू सु

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 445 पटक पढिएको
  • चीनमा एआई प्रविधिद्वारा सुँगुर पालनमा आधुनिक क्रान्ति

    काठमाडौं— चीनको मध्य क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोगले सुँगुर पालन व्यवसायमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको छ । हेनान प्रान्तको एक छ तले आधुनिक फार्ममा करिब ८४,००० सेन्सरहरू जडान गरिएका छन्, जसले सुँगुरहरूको स्वास्थ्य र विकासको निरन्तर अनुगमन गर्छन् ।यो प्रविधिले वार्षिक १ लाख पाठाहरूको उत्पादन र करिब २१ लाख सुँगुरहरूलाई बजारका लागि तयार पार्ने लक्ष्य राखेको छ । यस एआई प्रणालीले फार्मभित्रको तापक्रम, आद्र्रता र दानाको मात्रालाई स्वचालित रूपमा नियन्त्रण गर्दछ । स्वास्थ्य समस्याको पहिचान गर्ने र प्रत्येक सुँगुरको वृद्धिदर विश्लेषण गर्ने क्षमता यस प्रणालीमा रहेको छ ।कृ

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 492 पटक पढिएको
  • धादिङ केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौं— धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज बिहान ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा  महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा लोकविजय अधिकारीले बताए । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ ।  

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 423 पटक पढिएको
  • बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

    मुगु— मुगुमा २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।जुम्ला जिल्ला पातारासी गाउँपालिका ५ का वडाध्यक्ष ४२ वर्षीय दत्त बहादुर बुढालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।पीडित महिलाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि प्रहरीले घटनाका आरोपितलाई पक्राउ गरेको हो । पीडित महिलालाई पटक–पटक धम्क्याउँदै र जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबु रेग्मीका अनुसार घटनाका आरोपितलाई पक्राउपछि थप अनुसन्धान भई रहेको छ । अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको समेत बताएका छन् ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 458 पटक पढिएको
  • नेपाल विविधताले भरिएको एउटा समृद्ध मुलुक होः मन्त्री तिमल्सिना

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल विविध भाषा, संस्कृति र पहिचानले भरिएको समृद्ध मुलुक भएको बताएका छन् ।गोरखापत्रको १२६औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले गोरखापत्रमा विभिन्न भाषामा सामग्री प्रकाशन हुँदै जानु गर्वको विषय भएको बताएका हुन् ।उनले भने, ‘नेपाल भनेको विविधताले भरिएको एउटा समृद्ध मुलुक हो । भाषा कारणले पनि समृद्ध छौं । सबै भाषाको सम्मान हुनु पर्दछ । गोरखापत्रमा विभिन्न भाषाहरू प्रकाशन हुँदै जानु हाम्रो लागि खिसी र गर्व दुवैको विषय हो ।’मन्त्री तिमल्सिनाले गोरखापत्रको १२५ वर्षभन्दा लामो इतिहास गौरवपूर्ण भएपनि वर्तमान अव

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 449 पटक पढिएको
  • संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह

    काठमाडौं— सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको हो ।सचिवालयले बिहीबार सूचना जारी गर्दै संघीय संसद्का सदस्यहरूको बायोमेट्रिक विवरणसँगै औपचारिक तस्बिर समेत खिचिने जनाएको छ । तस्बिर खिच्ने कार्यक्रमसमेत भएकाले सांसदहरूलाई औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ ।सूचनाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरू तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई बिही

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 436 पटक पढिएको
  • डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन

    रामेछाप— वर्षाका कारण बगाएको डाइभर्सन मर्मतपछि बिपी राजमार्गमा हाललाई सवारी आवागमन सुचारु गरिएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा आए पनि यात्रु तथा चालकलाई लेन अनुशासन कायम गर्न, ट्राफिक नियम पालना गर्न तथा सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।साथै सुरक्षासम्बन्धी प्रहरीका सुझाव तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न समेत अनुरोध गरिएको छ ।राजमार्गको अवस्थाबारे थप जानकारी आवश्यक परेमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।रोशीखोलाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग ४ दिनदेखि अवरुद्ध थियो ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 428 पटक पढिएको
  • संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगो लगाउने

    काठमाडौं— संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका हुन् ।बैठकमा प्रधानन्याधीशको सिफारिसको टुंगो लगाउने विषमा छलफल हुनेछ । बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर सहभगी हुने छन् ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 439 पटक पढिएको
  • युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच १४ बुँदे समझदारीको तयारी

    काठमाडौं— अमेरिका र इरानबीच जारी तनाव तथा युद्ध अन्त्यका लागि महत्वपूर्ण कूटनीतिक पहल अगाडि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार बिहीबार इरानले संयुक्त राज्य अमेरिकाको प्रस्तावमाथि प्रतिक्रिया दिने तयारी गरेको छ ।उक्त प्रस्ताव युद्धविराम गर्दै मध्यस्थतामार्फत दीर्घकालीन समाधान खोज्ने उद्देश्यका साथ अघि सारिएको हो । रिपोर्टअनुसार अमेरिकी समर्थन प्राप्त प्रस्तावको समीक्षा भइरहेका बेला दुवै पक्ष सम्भावित सहमतिनजिक पुगेका छन् । पश्चिमी मुलुकहरू र इरानबीच पछिल्ला वार्ताहरूले हालको संकट अन्त्य गर्दै विस्तृत आणविक वार्ताका लागि प्रारम्भिक सहमतिको

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 445 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.