काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन्।उनी आज बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन्। प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेकाबेला चौधरी पक्राउ परेका हुन्। उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । हाल चौधरीलाई डिल्लीबजार कारागारमा राखिएको जनमतका अध्यक्ष सीके राउतले बताएका छन्। ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएक
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर-३ गौतमपुर स्थितमा प्रदेश १-०२-००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने क्रममा ४१ किलोग्राम गाँजा फेला पारेको हो । उक्त गाँजा बरामद भए संगै सिटी र चालक इनरुवा नगरपालिका-७ का ३० बर्षीय अमिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
काठमाडौं— प्रहरीले शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी प्रचलित ऐन संशोधन हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत प्रहरी ऐन २०१२ मा संशोधन गर्न लागेको हो । यस निम्ति सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।प्रतिनिधि सभाबाट पारित भएको केही नेपाल ऐन संशोधन विधेयकले प्रहरी ऐन २०१२ को दफा १५ र दफा ३६ मा संशोधन गरेको छ । दफा १५ मा संशोधन गर्दै प्रहरीले सेवाग्राही र सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने भनिएको छ । दफा ३६ मा प्रहरी विशेष अदालतको स्थापना र गठन सम्बन्धी व्यवस्था छ ।दफा ३६ को (ख) मा प्रहरी नायव निरीक्षकदेखि प्रहरी नायव उपरीक्षक सम्मको लागि क्षेत्रीय
काठमाडौं— एमनेष्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको जनाएको छ । मानवअधिकार अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० वर्षभन्दा बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेको उल्लेख गरेको छ । यसको गम्भीर असर नेपालमा पनि परेको एमनेष्टीले जनाएको छ ।‘मानव अधिकारको अवस्थामा सन् २०२४ सन्तोषजनक छैन’ प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने ‘सरकार नै आलोचनालाई दबाउने कार्यमा लागि पर्यो।’प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर, गैरकानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीहरूलाई बलपूर्वक
काठमाडौं— धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए । बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर
काठमाण्डौ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगाललको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीको अवस्था छ। कोशी प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको स
काठमाडौं— भारतबाट सामान ल्याउँदा भन्सार छलीमा सहजीकरण गरीदिने भन्दै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) खिम बहादुर खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी खड्काले ३० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ ।उनलाई घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो । खड्काविरुद्ध अख्तियारले ३० हजार रुपैयाँ बिगो र चार महिनासम्म कैद सजायको माग गरेको छ ।
विराटनगर । धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते राती विशेष सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ स्थितबाट ना.५ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका-५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै गरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रह
विराटनगर । सुनसरीको धरानबाट हराएको यात्रुबाहक बस चार दिनपछि विराटनगरमा फेला परेको छ।शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ स्थित दुर्गापथको एक ग्यारेजबाट चोरी भएको प्रदेश १–०२–००१ च ९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२, मंगलबारे क्षेत्रमा भेटिएको हो।बस ग्यारेजबाट हराएको अवस्थामा भेटिए पनि त्यसको पार्टपुर्जा निकालिएको थियो। बसका मालिक हरेन्द्र चेम्जोङ हुन्। प्रहरीले दिएको जानकारी अनुसार, बसका केही पार्टपुर्जा विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गर्दै आएको एक कबाडी गोदाममा भेटिएका छन्।सीसी क्यामेराका फुटेजमा उक्त बस पूर्वपश्चिम राजमार्ग हुँदै खोर्सानेबाट विराटनगरतर्फ ग
काठमाडौं । काठमाडौंको बालाजुमा एक महिलाले शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन् । बालाजुस्थित जागृति टोलकी ४५ वर्षीया बिना श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ। ति महिलाले गएराति करिब १० बजेतिर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । घरायसी विषयमा श्रीमानसँग विवाद भएपछि शरीरमा पेट्रेल छर्केर आगो लगाएको खुलेको छ । उनको पेट, छाती, घाँटी र बायाँ हातको भाग जलेको छ भने शरीरको करिब २५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । ती महिलाको नयाँ बजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.