समाचार

    Showing 3,431-3,440 of 26,533 items.
  • ‘तन सहरमा, मन गाउँको विकासमा’

    लुम्बिनी। पूर्वी पाल्पा समाज रुपन्देहीले गाउँ र सहरबीचको सम्बन्धलाई सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सुदृढ गर्ने कार्यक्रम अघि बढाएको छ ।‘तन सहरमा, मन गाउँको विकासमा’ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै समाजले सामाजिक उत्तरदायित्व, स्वास्थ्य सचेतना र गाउँ–सहर सहकार्यको नयाँ मार्ग चित्रसमेत अघि सारेको जनाएको छ । समाजले स्थापना गरेको छोरी शिक्षा अक्षयकोष, गरिब जेहेन्दार विद्यार्थी अक्षयकोष र विपद् व्यवस्थापन अक्षयकोषले यसको सामाजिक उत्तरदायित्व दृष्टिकोण प्रस्तुत गरेको समाजका संस्थापक अध्यक्ष सुनिल श्रेष्ठले बताउनुभयो । उहाँले समाजले स्थापना गरेको छोरी शिक्षा अक्षयको

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 225 पटक पढिएको
  • सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

    म्याग्दी। प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी धौलागिरि गाउँपालिका–१ गुर्जाकी डेकमाया छन्त्याल पाँच घण्टामै घर पुग्नुभयो ।“यसअघि गाउँपालिकाको केन्द्र मुना आउन करिब नौ घण्टा पैदल र त्यहाँदेखि बेनी पुग्न थप तीन घण्टा गाडीमा यात्रा गर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “सडक यातायातको सुविधा भएपछि बेनीबाट बिहान ५ः०० बजे गाडी चढेर १०ः०० बजे खाना खान घरमै पुगियो ।”यसअघि गुर्जादेखि लुलाङ हँुदै मुना पुग्न करिब नौ घण्टा भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो । सडक सञ्जालमा जोडिएपछि गुर्जावासीको दैनिकी सहज भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायका २६५

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 265 पटक पढिएको
  • तेस्रो प्रदेश भाषा दिवस

    काठमाडौँ।  वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ ।  वाग्मती प्रदेश सरकारले विसं २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो । उक्त ऐन, २०८० साल कात्तिक २३ प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे ।  ऐनको दफा (१) को उपदफा (३) बमोजिम प्रदेश राजपत्रमा प्रकाशित भएको एक सय ८० दिनदेखि कार्यान्वयन हुने व्यवस्था गरिएको थियो । जसअनुसार २०८१ वैशाख २४ गते ऐन कार्यान्वयन भएको एक सय ८० दिन पुगेकाले त्यस वर्ष पहिलो प्

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 170 पटक पढिएको
  • उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

    धरान। धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।केही वर्ष अघिसम्म उजाड र सुनसान जङ्गलका रूपमा रहेको उक्त क्षेत्र श्रमदानमार्फत विकास गरिएपछि हाल लोकप्रिय पर्यटन गन्तव्यका रूपमा परिचित बनेको हो । विशेष गरी पार्कभित्र बनाइएको आकर्षक पानीको फोहरा (वाटर फाउन्टेन) ले धेरैलाई आकर्षित गरिरहेको छ ।सिराहाको धनगढीमाई नगरपालिकाबाट यहाँ घुम्न आउनुभएका हरिनारायण चौधरीले धरान धेरैपटक आए पनि उक्त पार्क पहिलोपटक घुम्दा निकै रमाइलो लागेको बताउनुभएको थियो । “सामाजिक सञ्जालमा देखेको र सुनेको थिएँ, यसपटक यही आएर हेर्दा न

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 254 पटक पढिएको
  • हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

    खोटाङ। यहाँको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँलगायत विभिन्न सहरबाट विस्थापित भएका नगरवासीलाई आवास निर्माणमा सहयोग गर्ने भएको छ ।सङ्घीय सरकारले काठमाडौँ उपत्यका तथा अन्य जिल्लाका अतिक्रमित बस्तीका संरचना हटाउने अभियान सञ्चालन गरेपछि विस्थापित भएका नगरवासीलाई आफ्नै गाउँ फर्किएर बसोबास गर्न चाहेमा सहयोग गर्ने निर्णय गरेको हो ।नगर कार्यपालिकाको बुधबार बसेको बैठकले आफ्नो गाउँ फर्किन इच्छुक नगर क्षेत्रका नागरिकलाई आफ्नै जग्गामा घर निर्माणमा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “सरकारले देशभरका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणमुक्त बनाउने अभियान सञ्चालन गरेको छ”, उहाँ

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 238 पटक पढिएको
  • काभ्रेमा स्थानीय तहद्वारा सरकारी र पर्ती जग्गाको लगत सङ्कलन सुरु

    काभ्रेपलाञ्चोक। काभे्रपलाञ्चोकका स्थानीय तहद्वारा सरकारी, सार्वजनिक, पर्ती जग्गाको लगत सङ्कलन तथा अतिक्रमित जग्गा खाली गराउन सार्वजनिक अपिल गरेका छन् ।जिल्लाका मण्डनदेउपुर, पनौती नगरपालिका र भुम्लु गाउँपालिकाले सार्वजनिक जग्गा व्यवस्थापनसम्बन्धी सूचना जारी गर्दै अनधिकृत जग्गा खाली गर्न अपिल गरेका हुन् ।जिल्ला प्रशासन कार्यालयको पत्रानुसार पनौती नगरपालिकाले रोशी, पुण्यमाता, लिलावती, बाँसडोललगायत खोला नदीछेउका क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक, सरकारी, ऐलानी तथा पर्ती जग्गामा अनधिकृत रूपमा अतिक्रमित बसोबास गर्दै आएका व्यक्तिहरुको सूचना प्रकाशन गरी १५ दिनभित्र आ–आफ्ना सामान सुरक्षित गरी उक्त क

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 218 पटक पढिएको
  • बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    मुस्ताङ। हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ । हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ । हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन ।बुधबार यहाँको वारागुङ मुक्तिक्षेत्रमा आंशिक हिउँ परेको छ, जसकारण यहाँ चिसो बढेको छ । मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरोज घर्तीले बुधबार मुक्तिनाथ क्षेत्रमा करिब एक घण्टाभन्दा बढी समयसम्म हिउँ परेको बताउनुभयो । हिउँ परेसँगै आसपासका नाँगा डाँडाकाँडा फेरि हिउँले सेताम्मे भएको उहाँको भनाइ छ ।गर्मीयाम सुरु भइसक्दा पनि मु

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 274 पटक पढिएको
  • एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    इलाम। सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार अव्यवस्थित रहेकामा हालसम्म १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको छ । बाँकीलाई पनि प्रमाणपत्र वितरणको काम अन्तिम चरणमा पुगेको छ ।“रोङमा भूमिहीन दलित चार, भूमिहीन सुकुमवासी ६९ र एक हजार ७८४ अव्यवस्थित बसोबासी छन्”, अध्यक्ष स्याङ्बोले भन्नुभयो, “वडा नं १ का १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सकिएको छ । बाँकीको काम अन्तिम चरणमा छ । लगत सङ्कलन, प्रमाणी

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 262 पटक पढिएको
  • ‘रन च्यालेन्ज’ शनिबार

    काठमाडौँ। एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ ।  शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो । खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । यस्तै, १८ वर्षमुनि महिला/पुरुष र ३५ वर्षमाथि भेट्रान महिलातर्फ तीन किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धामा करिब २५० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धाका लागि अनुमानित बजेट रु सात लाख ६६ हजार रहेको जनाइएको छ । पाँच

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 204 पटक पढिएको
  • आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

    काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ । आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले आग्रह गर्नुभयो । मुलुकको आर्थिक गतिविधि प्रस्तुत गर्ने र आर्थिक नीतिनिर्माणमा आधार प्रदान गर्ने उद्देश्यले यही वैशाख २ देखि असार ७ गतेसम्म गणना कार्य जारी छ । उहाँका अनुसार गणनाका क्रममा व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैङ्क तथा सहकारीलगायत वित्तीय संस्था,

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 199 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.