समाचार

    Showing 3,441-3,450 of 15,523 items.
  • आजको मौसमः यी स्थानमा हुनेछ वर्षा

    काठमाडौं— आज सोमबार देशको पूर्वी भागमा वर्षा हुने सम्भावना देखिएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।महाशाखाका अनुसार नेपालको मौसमी प्रणालीमा बंगालको खाडीबाट भित्रिए जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकीका केही स्थानहरूमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा,

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 232 पटक पढिएको
  • मौरी पालेर वार्षिक आठ लाख बढी आम्दानी

    काठमाडौं— इटहरी उपमहानगरपालिका(४ का युवराज भट्टराईले मौरी पालन गरेर वार्षिक रु। आठ लाख बढी आम्दानी गरिरहेका छन् ।मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ ।  आधुनिक प्रविधि प्रयोग गरी मौरी पालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, भट्टराई । “बुवाकै सल्लाहमा विसं २०७२ मा मौरी पालन सुरु गरेको हुँ”, उनले भने । हाल ६२ घार मौरी उनले पालेका छन् । वार्षिक नौ  देखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट रु। आठ लाख बढी आम्दानी गरिरहेको उनले बताए ।सुरुमा मह उत्पादन भए पनि बजारको समस्या थियो । अहिले त्यो समस्या समाधान भएको छ । उत्पादित मह बिक्री हुने गरेको छ । म

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 205 पटक पढिएको
  • शिक्षक–प्रहरी झडपमा २८ जना घाइते (सूचीसहित)

    काठमाडौं— नयाँ बानेश्वरमा विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा २७ जना शिक्षक र विद्यालय कर्मचारी घाइते भएका छन्। प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेपछि २६ दिनदेखि जारी शान्तिपूर्ण आन्दोलन तनावग्रस्त बनेको हो।नेपाल शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालले प्रहरीको नियोजित आक्रमणमा २७ जना घाइते भएको बताए। झडपमा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की पनि घाइते भएकी छन्।घाइतेहरूको सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर र तिलगंगा आँखा अस्पतालमा उपचार जारी छ। केहीको अवस्था गम्भीर रहेको महासंघले जनाएको छ।घाइते शिक्षकहरूको सूची१.सुवास गिरी – सिन्धुपाल्चो

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 299 पटक पढिएको
  • भारत र पाकिस्तानी सेनाबीच कश्मीरमा तेस्रो दिन पनि गोली हानाहान

    नयाँ दिल्ली – आणविक शक्ति सम्पन्न दुश्मन भारत र पाकिस्तानको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निचो स्तरमा पुगेको छ। विवादित कश्मीर क्षेत्रमा सेनाहरू बीच लगातार तेस्रो रातसम्म गोलीबारी भएको पुष्टि आइतबार गरिएको छ।भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ, विशेषगरी पहलगाममा २६ पर्यटकको मृत्यु हुनेगरी भएको हमलामा पाकिस्तानको संल्ग्नता भएको बताएको छ। भारतले यसलाई कश्मीरमा नागरिकमाथि भएको सबैभन्दा खराब आक्रमणको रूपमा वर्णन गरेको छ।पाकिस्तानको नकारात्मक प्रतिक्रियापाकिस्तानले यो आरोप सख्त अस्वीकार गर्दै भारतको प्रयासलाई “तुच्छ” भन्दै कुनै पनि भारतीय कार्यवाहीको कडा जवाफ दिने प्र

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 399 पटक पढिएको
  • “एमाले सांसदको ठूलो घोषणा: ‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने!”

    काठमाडौँ – सत्तारुढ नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपालका पूर्वराजा ज्ञानेन्द्रको ‘श्री ५’ शीर्षक प्रयोगप्रति आपत्ति जनाउँदै नेपालको संविधान अनुरूप तत्काल कारबाही गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै उनले सो शीर्षकको वैधता माथि प्रश्न उठाए, र यसले वर्तमान शासनप्रणालीसँग कसरी मेल खान्छ भन्नेमा चिन्ता व्यक्त गरे।"हिजो म एकदमै चिन्तित भए जब मैले डा. फणिराज पाठक, संवाद सचिवको नामबाट प्रकाशित एक वक्तव्यमा 'श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको समवेदना सन्देश' लेखिएको देखे। यो शीर्षक नेपालको संविधानमा कहाँ छ? मेरो प्रश्न हो, आजको नेपालको व्यवस्थामा 'श्री ५' कहाँ छ?" गैरेले

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 338 पटक पढिएको
  • रातिको अँध्यारोमा ओली–देउवा भेट! ठूलो राजनीतिक खेल सुरु?

    काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा एक गोप्य र महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।उक्त बैठकमा सत्ता साझेदारीलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा गहिरो छलफल भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्। उनका अनुसार, पछिल्लो समय बजारमा फैलिरहेका सरकार परिवर्तनसम्बन्धी हल्लाहरूलाई नेताहरूले पूर्णरूपमा नकारेका छन्। उनले ती हल्ला “निराधार र भ्रामक” भएको बताए।भेटमा उपप्रधानमन्त्री पौडेलका साथै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।सरकारभित्रको स्थायित्व र आपसी समन्वयलाई बलियो बनाउने

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 313 पटक पढिएको
  • एकाबिहानै डोल्पामा भूकम्पको धक्का महसुस

    काठमाडौं— आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो ।बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो । यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो ।

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 308 पटक पढिएको
  • आज काठमाडौं महानगरमा शोक बिदा

    काठमाडौं— काठमाडौं महानगरपालिकाले तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आइतबार शोक बिदा दिएको छ। शनिबार प्रशासन विभागले सूचना जारी गर्दै आइतबार शोक बिदा दिने जानकारी दिएको हो।उनको शुक्रबार राति दिन निधन भएको  थियो। उनको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ । विसं २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए। उनको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो। काठमाडौं पञ्चायतका लागि २०४३ सालमा भएको निर्वाचनमा उनले प्रजातन्त्रबा

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 223 पटक पढिएको
  • आज वैशाख कृष्ण औँसीः आमाको मुख हेर्ने पर्व मनाइँदै

    काठमाडौं—  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनल

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 272 पटक पढिएको
  • आज बाबुराम भट्टराई भारत जाँदै

    काठमाडौं—  पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई आज भारत जाँदैछन् । उनी शनिबार दिउँसो १ बजेको फ्लाइटमार्फत भारत जान लागेका हुन् ।डा.भट्टराई भोलि आइतबारबाट भारतको फरिदावादमा हुने प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेका हुन् ।त्यस्तै, भट्टराईको साथमा नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपा (नयाँ शक्ति)का सचिव एवं प्रवास प्रदेश अन्तरर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि जाँदैछन् ।

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 283 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा