समाचार

    Showing 3,441-3,450 of 24,469 items.
  • भन्सार छलेर ल्याएका अवैध केरा र विभिन्न सामान बरामद

    रुपन्देही— रुपन्देहीमा प्रहरीले भन्सार छलेर ल्याइएका लाखौं मूल्यका सामान बरामद गरेको छ। विभिन्न स्थानमा गरिएको जाँचका क्रममा ६ लाख २९ हजार २०० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट करिब १ लाख २४ हजार रुपैयाँ बराबरको २० क्विन्टल काँचो केरा बरामद गरिएको छ। त्यसैगरी शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपैयाँ मूल्यका १८० जोर लेडिज चप्पल प्रहर

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 441 पटक पढिएको
  • ३ हजार ८०० रूपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं— सुनको मूल्य तोलामा ३ हजार ८०० रूपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३१० रूपैयाँले बढ्दै ५ हजार ७२० रूपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४१० रूपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 421 पटक पढिएको
  • बालेनले विश्वासको मत नलिइ प्रधानमन्त्री बन्न पाउने

    काठमाडौं— प्रतिनिधि सभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने निश्चित भइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री नियुक्त भइसकेपछि विश्वासको मत लिनु पर्ने छैन ।निर्वाचनअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मत मागेकोले पार्टीले उनलाई नै प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने विश्वास गरिएको छ ।बालेन संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री नियुक्त हुने भएकोले उनले विश्वासको मत लिनु नपर्ने भएको हो । संविधानमा कुनै पनि दलको एकल बहुमत आएर उसको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त भएको अवस्थामा यस्तो प्रधानमन्त्रीले विश्वा

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 443 पटक पढिएको
  • रवि र बालेन्द्रलाई भुटानी प्रधानमन्त्रीको बधाई

    काठमाडौं— भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले गत २१ फागुनको चुनावबाट दुईतिहाई नजिक मत ल्याएर विजय भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र विरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् । तोग्बेले नेपाली जनतालाई पनि बधाई दिएका छन् । उनले नेपाल र भुटानको मित्रतामा काम गर्ने बताएका छन् । रास्वपाले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पनि बधाई दिइसकेका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 445 पटक पढिएको
  • समानुपातिकमा रास्वपाको मत ५० लाख माथि, अरु दलको कति पुग्यो ?

    काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ ।समानुपातिकतर्फ कुल एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो । गणना भएको मतको यो ४७.९१ प्रतिशत हो ।यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गर्दै दोस्रो स्थान कायमै राखेको छ । कांग्रेसले समानुपातिकतर्फ १६.२५ प्रतिशत मत प्राप्त गरेको छ ।नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत अर्थात् १३.५५ प्रतिशत मतसहित तेस्रो स्थान ओगटेको छ ।नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ । यो कुल गणना भएको

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 275 पटक पढिएको
  • प्रहरी कार्यालयको छतबाट खसेर प्रहरी जवानको मृत्यु

    कैलाली— कैलालीमा प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयको छतबाट खसेर ३० वर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको हो ।बझाङको तलकोट गाउँपालिका– १ घर भएका मृतक चदाराको सोमबार राती छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 387 पटक पढिएको
  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यापन सुरु

    हेटौँडा— बागमती प्रदेश सरकारअन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यापन सुरु गरिएको छ । चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति प्राप्त भएपछि प्रतिष्ठानले यसै शैक्षिक वर्षदेखि एमबिबिएस कार्यक्रम सञ्चालनमा ल्याएको हो ।सोमबार नवप्रवेशी विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका विभिन्न पालिका स्तरमा बनेका अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको उल्लेख गर्दै उक्त अभाव पूर्ति गर्न एमबिबिएस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।उनले नागरिकलाई व्

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 422 पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

    चितवन। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो ।जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो । कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो । उहाँका अनुसार क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ र ३ मा २३–२३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो । क्षेत्र

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 287 पटक पढिएको
  • पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

    वीरगञ्ज। गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ चारवटै क्षेत्रमा पनि अग्र मत ल्याउने पार्टी बनेको छ ।मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले पर्साको क्षेत्र नं १ मा ६२ हजार ५०६ मतमध्ये रास्वपालाई ३४ हजार ४६३ मत खसेको बताउनुभयो । नेपाली कांग्रेसलाई आठ हजार २६७ मत खसेको छ । त्यस्तै नेकपा (एमाले) लाई नौ हजार २३१, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन हजार २४०, जनता समाजवादी पार्टीलाई एक हजार ९९, नेपाली कम्युनिष्ट पार्टीलाई ६८१ मत खसेको छ ।पर्सा २ बाट समानुपातिकतर्फ कुल ६७ हजार १०७ मत खसेकोमध्ये सबैभ

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 198 पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

    काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ ।यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ५ः५० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ ।निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा (एमाले)ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 237 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.