काठमाडौं— काठमाडौँबाट झापा आइरहेको यात्रुबाहक रात्रिबस शनिबार बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । दुर्घटना परी १६ जना शिक्षकहरु घाइते भएका छन् । प्रदेश १–०१–००१–ख४२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीले जानकारी दिए । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । जसमध्ये
काठमाडौं— नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसँग भेटघाटका लागि सिंहदरबार गएको नेपाल शिक्षक महासंघको टोली मन्त्रालय प्रवेश नगरी फर्किएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरेको २५ सदस्यीय नामावलीमा आपत्ति जनाउँदै शिक्षक महासंघ मन्त्रीलाई नभेटेरै फर्किएको हो।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मन्त्री पन्तसँग औपचारिक भेटका लागि जान लागेको तर विशेष कारणबस फर्किएको बताएका छन्।उनले सामाजिक सञ्जालबाटै भनेका छन्,‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौँ, आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त
काठमाडौं— संघीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो ।संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिने छन् ।बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त
काठमाडौं— राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो । पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्था
काठमाडौं— प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत कार्यक्रम गरी मनाइँदैछ।तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको ०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइन्छ।त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ।’निरङ्क
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्।प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बुधवार राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको हो। कांग्रेस पार्टीले राज्यमन्त्री पदबाट राजीनामा दिन आग्रह गरिए पनि नमानेपछि बर्खास्त गरिएको हो।तामाङ २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनेका थिए। उनले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान लिँदै आएका थिए।
काठमाडौं— नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा सह प्राडा पद्मप्रसाद खतिवडा निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न संगठनको ११औं राष्ट्रिय सम्मेलनले खतिवडालाई अध्यक्षमा चयन गरेको हो।सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट चयन भएका भने उपाध्यक्षहरुमा नरेन्द्र कोइराला, भरत राई, तेज बिक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, तिलक भुसाल, नरेन्द्र सिवाकोटी र महिला उपाध्यक्षमा माया घिमिरे निर्वाचित भए। त्यस्तै, महासचिवमा सह प्राडा सुमन खरेल निर्वाचित हुँदा उप–महासचिवहरुमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र देवराज आर्याल चयन भए। यसैगरी सचिवहरुमा कोशी प्
काठमाडौं— डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो ।सुपप्र ०१००१ ख ३४२८ नम्बरको मिनी ट्रक भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका— १ गोल्डेनमा बु मिनी ट्रक खाद्यान्न बोकेर धनगढीबाट बझाङतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार मृतक दुईजनाको सनाखत हुन बाँकी छ ।
काठमाडौं— संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार साँझदेखि काठमाडौंमा छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे।परराष्ट्र मन्त्रालयका अनुसार उनीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।मन्त्री नाह्यानका साथ युएईका प
काठमाडौं— कक्षा १२ को परीक्षाको मिति सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा परीक्षा बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएको सचिवालय स्रोतले जानकारी गराएको छ । कक्षा १२ को परीक्षा मिति बिहीबारदेखि तय भएको थियो । “शिक्षा मन्त्री नभएको हुनाले प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभएको हो । उहाँले परीक्षा केही दिन पछि सार्न भन्नुभएको छ,” प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो,“प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभयो । उहाँहरुले थप निर्णय गर्नुहोला ।”
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.