समाचार

    Showing 3,501-3,510 of 15,525 items.
  • प्रचण्ड जागरण अभियान लिएर नवलपुर पुगे

    काठमाडौं—  नेकपा माओवादी केन्द्रले केही समय रोकेको तराई—मधेश जागरण अभियान फेरि शुरु गरेको छ। अभियान अन्तरगत मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरु नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। नवलपुरको गैडाकोट वडा नम्बर ३, ४ र ८ को संगमस्थल लखन चोकमा नेपालका प्रथम शहीद लखन थापाको सालिकमा माल्यार्पण गरी अध्यक्ष प्रचण्डले आजको अभियान शुरु गरेको उनको सचिवालयले जनाएको छ। अभियानमा उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्नि सापाकोटा, हालै उपाध्यक्षमा मनोनित पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलगायत सहभागी छन् । माओवादी अभियान नवलपुर, नवलपरासी, रूपन्देही हुँदै कपिलवस्तुसम

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 218 पटक पढिएको
  • दुइजना सवार मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक घाइते

    काठमाण्डौ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–१, राई डाँडामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तानसेन–६ बस्ने ४१ वर्षीय पदम बहादुर दर्लामी रहेका छन् । दर्लामीको उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।बगनासकालीको घोरबन्दादेखि तानसेन बर्तुङ्तर्फ जाँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाइकल उकालोमा अचानक ब्याक भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दर्लामीसँगै १८ वर्षीय छोरा मन्दिप घाइते भएका थिए ।घाइते दुबैलाई उपचारको लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल पाल्पा पठाइएको थियो । घाइते मन्दिप दर्लामीको अवस्था सामान्य रहेको

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 138 पटक पढिएको
  • चट्याङ लागेर चारजना घाइते

    खादबारी । जिल्लाको खाँदबारी नगरपालिकामा चट्याङ लागेर चारजना घाइते भएका छन् ।सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकै परिवारका ४ जना घाइते भएका हुन् ।चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 177 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ३७ पैसा र बिक्रीदर १३७ रुपियाँ ९७ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ४६ पैसा र बिक्रीदर १५७ रुपियाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपियाँ २७ पैसा र बिक्रीदर १८२ रुपियाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपियाँ ६९ पैसा र बिक्रीदर १६८ रुपियाँ ४२ पैसा तोकिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८७ पैसा र बिक्रीदर ८७ रुपियाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ १५ पैसा र बिक्रीदर ९

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 156 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको भइ रहेको छ।दिउँसो कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि म

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 192 पटक पढिएको
  • गाउँपालिकाका कर्मचारी सवार गाडीको ब्रेक फेल भई दुर्घटना हुँदा ११ जना घाइते

    काठमाडौं— बागलुङमा पिकअप जिपको ब्रेक फेल भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जिपको ब्रेक फेल भई दुर्घटना भएको हो ।तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको पिकअप जिपको उकालोमा ब्रेक फेल भई दुर्घटनामा भएको जनाइएको छ । दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला ग

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 146 पटक पढिएको
  • नेपाल प्रहरीका ६१ सई इन्स्पेक्टरमा बढुवा

    काठमाडौं— नेपाल प्रहरीका ६१ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा भएका छन्।  आइतबार बसेको बढुवा समितिको बैठकले ६१ जना वरिष्ठ सईहरूलाई इन्स्पेक्टर पदमा बढुवा गर्न सिफारिस गरेको हो।इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस भएकामध्ये पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय दोलखाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत  वरिष्ठ सई सुदिप थापा छन्।यस्तो दोस्रो नम्बरमा इलाका प्रहरी कार्यालय बरेङडाडा बागलुका रवी घिमिरे छन् भने तेस्रो नम्बरमा इलाका प्रहरी कार्यालय बाफिकोट पश्चिम रुकुमका फणिन्द्र क्षेत्री छन्।

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 270 पटक पढिएको
  • राष्ट्रपति पौडेल भन्छन् समृद्धिको बाटोमा बाधक बन्ने बेथितिको अन्त्य होस्

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् ।नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरेका छन् । ‘आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु’, उनले भनेका छन् ।शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उनले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 179 पटक पढिएको
  • विकास निर्माणमा सरकारको उदासीनताः चैत मसान्तसम्म २९ प्रतिशत मात्रै

    काठमाडौं— चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ ।महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ बराबर मात्रै छ । पुँजीगत शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर विनियोजन गरेको थियो । वार्षिक विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च २९ दशमलव दुई प्रतिशत हो ।विकास खर्च मात्र नभई यो अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ । वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३ दशमलव ६७ प्रतिशत बराबर बजेट खर्च भएको हो । चालु आर्थिक वर्षका

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 135 पटक पढिएको
  • वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएका न्यायाधीश कारागारबाट छुटे

    काठमाडौं— वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएसँगै निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन् । उनी सोमबार बिहान कारागारबाट छुटेको डिल्लीबजार कारागार प्रशासनले जनाएको छ । उच्च अदालत पाटनले उनलाई आइतबार वैवाहिक बलात्कार कसुरमा सफाइ दिएको थियो । न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठले उनलाई सफाइ दिएका हुन् । यसअघि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले २०८१ जेठमा उनलाइ दोषी ठहर गरेको थियो । पत्नीले वैवाहिक बलात्कारको जाहेरी दिएपछि न्याय परिषद्ले उनलाई निलम्बन गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 141 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा