समाचार

    Showing 3,511-3,520 of 26,533 items.
  • १३ वटै स्थानीय तह, डिभिजन, वन कार्यालय र सडकका पदाधिकारीसँग प्रशासनले छलफल गर्ने

    धनगढी— सुकम्बासी तथा अव्यवस्थित बसोबास समस्याका विषयमा छलफल गर्न कैलालीमा आज सरोकारवालासँग छलफल हुँदैछ ।जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका १३ वटै पालिकाका प्रमुख, दुई वटा डिभिजन वन कार्यालय तथा सडक डिभिजन कार्यालयका प्रमुखसँग आज छलफल गर्न लागेको हो ।कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार सङ्घीय सरकारले जिल्लामा सरकारी जग्गा अतिक्रमणको अवस्थल, भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्न परिपत्र गरेपछि सवै सरोकारवालासँग छलफल गर्न बैठक आह्वान गरिएको हो ।केही पालिकाले काम गर्न सक्ने अवस्था नरहेको भन्ने जवाफ पठाएपछि सबै सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्ने तयारी रहेको

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 458 पटक पढिएको
  • राधास्वामी सत्संग व्यास आश्रममा रहेका ५२ बालबालिका आजदेखि विद्यालय जाने

    काठमाडौं— राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् ।महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं. १४ मा रहेको जन विकास माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दुरीमा छ ।नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधा स्वामी सत्संग आश्रममा छन् । उनीहरूमध्ये अपाङ्गता भएका १ जना सहित ६२ जना पुरुष, ३ जना

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 572 पटक पढिएको
  • सङ्घीय सरकारको विरोध गर्ने स्थानीय तहको चेतावनी

    धनगढी— सङ्घीय सरकारले जग्गा अतिक्रमण हटाउन प्रशासन र स्थानीय तहलाई परिपत्र गरे पनि सुदूरपश्चिम प्रदेशका स्थानीय तहले भने त्यसलाई कार्यान्वयन गर्न नसकिने जनाएका छन् ।सरकारी जग्गा नै अतिक्रमण गरी बसोवास गरेका केही परिवारको व्यवस्थापन गरी जग्गा खालि गर्न सकिने भए पनि ऐलाली जग्गाका बर्षे देखि ऐलानी जग्गामा अव्यवस्थित बसोवास गरिरहेका परिवारलाई हटाउन नसकिने जनप्रतिनिधिको धारणा रहेको छ ।‘अघिल्लो सरकारले गठन गरेको भूमि आयोगले अव्यवस्थित वसोवासी, भूमिहीन, सुकुम्वासीहरूको विस्तृत तथ्यांक संकलन गरिसकेको छ,’ नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष तथा कैलालीको गोदावरी नगरपालिकाका मेयर

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 173 पटक पढिएको
  • नेपालको शिक्षामा सहकार्यका लागि नर्वे सरकार उत्सुक

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि नर्वेका राजदूत महामहिम डागनी म्योसबित भेटवार्ता भएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा नर्वे सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो ।विशेष गरी वर्तमान सरकारको प्राथमिकता तथा नेपालको विद्यालय शिक्षामा नर्वेले पु¥याउदै आएको सहयोगको निरन्तरता र आगामी साझेदारीताका विषयमा केन्द्रित रहेर छलफल भएको छ ।उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नर्वे सरकारले नेपालको विद्यालय शिक्षा क्षेत्र विशेष गरी समावेशिता, समता, ‘फन्डामेन्टल लर्निङ’, ‘क्लाइमेट स्मार्ट

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 406 पटक पढिएको
  • झापामा भूमिहीन तथा सुकुम्बासीको प्रदर्शन

    दमक— भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा झापाको कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुम्बासीहरूले सोमबार विरोध ¥याली प्रदर्शनसहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।सरकारले काठमाडौँसहित देशका विभिन्न स्थानमा सुकुमम्बासी बस्तीमा जबरजस्ती डोजर चलाएर उठीबास लगाउने काम गरेको तथा दैनिक जीवन नै कष्टकर बनाएको आरोप लगाउँदै उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।कमल गाउँपालिकाको विभिन्न स्थानबाट सहभागी भएका भूमिहीन, सुकुम्बासी तथा श्रमिकहरूले आफ्नो बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन नहुने र भूमिहीन नागरिकलाई राज्यले सम्मानजनक जीवनको ग्यारेन्टी गर्नुपर्ने

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 428 पटक पढिएको
  • कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ ।संसद् समन्वय बोर्डको पहिलो बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा आज दिउँसो ३ बजे बस्ने भएको हो ।कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान ९संशोधन र परिमार्जनसहित, २०८३० को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक होे ।कांग्रेसले बोर्डका सदस्यहरुलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 433 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ ।हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ, कोशी र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र र देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, पहाडी र तराई भूभागमा आंशिक बादल लागेको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 468 पटक पढिएको
  • आफ्नै भवनबाट वडा कार्यालयको सेवा सुरु

    सिरहा। यहाँको गोलबजार नगरपालिकाको ६ नम्बर वडा कार्यालयले अब आफ्नै भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेको छ ।लामो समयदेखि भाडाको घरबाट प्रशासनिक कार्य सञ्चालन गर्दै आएको वडा कार्यालयले सोमबारदेखि आफ्नै भवनबाट कार्य प्रारम्भ गरेको हो । नगरपालिकाको ५० लाख रुपैयाँमा भवन निर्माण सम्पन्न गरी सोमबार नगर प्रमुख श्यामकुमार श्रेष्ठ र वडाध्यक्ष सञ्जित लामाले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।नगर प्रमुख श्रेष्ठले आफ्नै भवन नहुँदा विगतमा सेवाग्राहीले भोग्नुपरेको सास्ती अब अन्त्य भएको बताउनुभयो । उक्त भवन निर्माणका लागि स्थानीय मीनकुमार तामाङ र अमरकुमार तामाङले दुई कट्ठा पाँच धुर जग्गा निःशुल्क उपलब्ध गराउनुभ

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 194 पटक पढिएको
  • भन्सार छलीका सामान बरामद

    नेपालगन्ज। बाँकेमा प्रहरीले भन्सार छली गरेर ल्याएका रु आठ लाख ४५ हजार बरावरका विभिन्न समान बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले फलफूल, लत्ताकपडा, खाद्यान्न, कस्मेटिक समान र हार्डवेयरका सामान बरामद गरिएको जानकारी दिनुभयो । ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगन्ज पठाइएको उहाँले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० बाट ती समान बरामद भएको प्रहरीले जनाएको छ ।त्यसैगरी, हतियारसहित श्रव्यदृश्य सामग्री पोष्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ को अजय कुमाल र डुडुवा गाउँपालिका–४ का अन

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 256 पटक पढिएको
  • हुलाकी सडक फराकिलो बनाउन आग्रह

    नेपालगन्ज। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जलाई बाँकेको खजुरामा निर्माणाधीन सडक फराकिलो गराउन आग्रह गरिएको छ ।जिल्लाको खजुरा बजारस्थित एक हजार ८०० मिटर चारलेन हुलाकी सडक पुरानै मापदण्डअनुसार निर्माण सुरु गर्दा सडक साँघुरो हुने भन्दै स्थानीय बासिन्दाले आज हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जमा ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरेका हुन् । करिब नौ वर्षअघि निर्माण सुरु भई अलपत्र परेको सडक पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट सुरु गरिएको थियो ।स्थानीय बासिन्दा शरण कर्माचार्यले साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढेपछि सडक बिस्तारका लागि आग्रह गरिएको जानकारी दिनुभयो

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 223 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.