समाचार

    Showing 3,671-3,680 of 24,474 items.
  • हजुर एआई एप सार्वजनिक, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार

    काठमाडौं— नेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक गरिएको छ । ‘नेपालीका लागि, नेपालीद्वारा निर्मित’ भन्ने नारासहित विकास गरिएको उक्त एप आगामी फागुन १७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको एपले सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलगायत बहुआयामिक सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने दाबी गरिएको छ ।एपको प्रमुख आकर्षणका रूपमा ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल फिड प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले ‘ठीकठाक’ मा राख्ने प्रत्येक पोस्टले ‘ठीकठाक स्कोर’ प्राप्त गर्नेछ । सोही स्कोरका आधारमा हरेक महिना उत्कृष्ट १०० जना

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 400 पटक पढिएको
  • निर्वाचन: बिदाका दिन सीमित बैकिङ सेवा सञ्चालनमा राख्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं— नेपाल राष्ट्र बैंकले निर्वाचनको बिदाका दिन पनि सीमित बैकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सीमित बैकिङ कारोबार खुला राख्न निर्देशन दिएको हो ।फागुन २१ गतेका दिन हुने प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ ।बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाद्वारा रकम दाखिला तथा भुक्तानीलगायत वित्तीय सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइएको छ ।प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 425 पटक पढिएको
  • टी–२० विश्वकपः आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

    काठमाडौं— आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ ।आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ ।जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो । दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन् ।दोस्रो सेमिफाइनलमा भोलि साविक विजेता भारत र इङ्ल्याण्ड भिड्ने छन । फाइनल खेल आगामी आइतबार हुनेछ ।

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 515 पटक पढिएको
  • मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    काठमाडौं— फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् ।सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण हो ।थापाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा “Report” गर्न अपिल ग

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 457 पटक पढिएको
  • सर्लाहीमा ३४ जना कैदीले मतदान गर्न पाउने

    सर्लाही— आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका ३४ जना कैदी बन्दीले मतदान गर्न पाउने भएका छन् । कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका उनीहरूलाई समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् ।निर्वाचन आयोगले गरेको व्यवस्था अनुसार नेपाली सेना, सुरक्षाकर्मी, कर्मचारी तथा कैदी बन्दीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउने प्रावधान छ । सोही प्रावधानअनुसार सर्लाहीमा चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।कारागार कार्यालय मलंगवा, जिल्ला समन्वय समिति मलंगवास्थित तीनबिघे चौर, सशस्त्र प्रहरी बल नेपालको कविलासी अगर्बा गण अगाडिको गोलघर त

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 416 पटक पढिएको
  • यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 449 पटक पढिएको
  • यस्तो छ आजको २४ घण्टाको मौसम

    काठमाडौं— हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ ।हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । ती भूभाग लगायत बाँकी भूभागहरूमा तुँवालो पनि लागेको छ ।आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।यस्तै, आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    • प्रकाशित मितिः फागुन २०, २०८२
    • 500 पटक पढिएको
  • कतारले ग्यास उत्पादन पुर्ण रुपमा रोक्यो, विश्व उर्जा बजारमा झड्का

    एजेन्शी  ।  कतारले पर्सियन गल्फ क्षेत्रमा बिग्रँदो सुरक्षा अवस्थाको कारण सोमबारदेखि सबै तरल प्राकृतिक ग्यास (LNG) उत्पादन रोक्ने घोषणा गरेको दाबी गरिएको छ।कतार विश्वकै अग्रणी LNG निर्यातकर्ता मानिन्छ। पर्सियन गल्फ क्षेत्रका ऊर्जा पूर्वाधारमाथि भएको प्रहार र Strait of Hormuz हुँदै हुने समुद्री आवागमन प्रभावित भएपछि उत्पादन जारी राख्न असुरक्षित भएको जनाइएको छ।यो निर्णय “Operation True Promise 4” अन्तर्गत बढ्दो क्षेत्रीय प्रतिआक्रमणपछि आएको बताइएको छ। यसअघि साउदी अरेबियाको रस तनुरा रिफाइनरीलगायत महत्वपूर्ण संरचनामाथि आक्रमण भएको रिपोर्टहरू सार्वजनिक भएका थिए।विश्लेषकहरूका अनुसार कतारको

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 233 पटक पढिएको
  • हाइपरसोनिक हतियारको दाबीले हल्लियो पेन्टागन

    एजेन्शी  ।  हाइपरसोनिक हतियारको दाबीले हल्लियो पेन्टागन इरान अब झन् शक्तिशाली भएको छ।चिनले इरानलाई अमेरिकी विमानवाहक पोत लक्षित गर्न सक्ने उन्नत हाइपर्सोनिक एन्टी–शिप मिसाइल उपलब्ध गराएको दाबी गरिएको छ।स्रोतहरूका अनुसार उक्त प्रविधिले फारस खाडी क्षेत्रमा तैनाथ अमेरिका र इजरायल गठबन्धनको सैन्य उपस्थितिमा नयाँ चुनौती थप्न सक्ने आकलन गरिएको छ।यद्यपि यस दाबीबारे सम्बन्धित पक्षबाट आधिकारिक पुष्टि भने भएको छैन।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 389 पटक पढिएको
  • इरानले तेल आपुर्तीको मुख्य मार्ग बन्द गर्दै

    एजेन्शी  ।  इरानले Strait of Hormuz (होर्मुज जलडमरूमध्य) बाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले उक्त समुद्री मार्गलाई बन्द गरिएको दाबी गर्दै यदि जहाजहरूले निर्देशन नमाने पार गर्न प्रयास गरे भने सैन्य कारबाही गरिने बताएका छन्।होर्मुज जलडमरूमध्य विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो। विश्वको करिब १५–२० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्छ। त्यसैले इरानको यस घोषणाले विश्वव्यापी ऊर्जा आपूर्ति, तेलको मूल्य र समुद्री सुरक्षामा गम्भीर असर पार्ने चिन्ता बढेको छ।विश्लेषकहरूका अनुसार यस्तो कदमले मध्यपूर

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 267 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.