समाचार

    Showing 3,681-3,690 of 15,531 items.
  • नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी

    काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताएका छन् । उनले थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ता फलदायी रहेको बताए ।‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरु विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल ग¥यौँ’, सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले भनेका छन् । उनले यसवर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरु विशेष गरी विपद् व्यवस्थापन र समुन्द्री यातायातका क्षेत्रहरुमा पनि कुरा गरेको बताए ।प्रधानमन्त्

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 183 पटक पढिएको
  • बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

    बैङ्कक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ ।यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैङ्कक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान शिनावात्राले यहाँ पत्रकार सम्मेलन गरेकी छन् ।प्रस्तावमा बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समू

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 158 पटक पढिएको
  • पत्रकार सम्मेलनमा कुलमान घिसिङ भन्छन्, बक्यौता उठाएकै कारणले मलाई पदबाट हटाइयो

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको प्रस्टीकरण दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले विद्युत् महसुल बक्यौता अदालतको आदेशअनुसार उठाएको तर सरकारले बक्यौता उठाएकै कारण आफूलाई हटाएको बताएका हुन् । उनले आफूले बक्यौता नउठाउन आएका दबाब र प्रभावलाई आफूले अस्वीकार गरेको पनि बताए । ‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ’, घिसिङले पत्रकार सम्मेलनमा भने, ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ इति

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 149 पटक पढिएको
  • तीनकुने प्रदर्शनमा १३४ जना घाइते, १८ भवनमा क्षति

    काठमाडौं— गृह मन्त्रालयले चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक आन्दोलनमा परी १३४ जना घाइते भएको जानकारी दिएको छ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिँदै १३४ जना घाइते भएको जानकारी दिएका हुन् । घटनामा नेपाल प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएका गृहमन्त्री लेखकले जानकारी दिए । उनीहरू केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किसके बताएका छन् । मन्त्री लेखकले प्रदर्शनकारीले १८ वटा भवनमा क्षति पुर्‍याएको र १२ स्थानमा आगजनी गरेको बताए ।  दुई पा

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 244 पटक पढिएको
  • काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

    भद्रपुर (झापा) । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु २६ करोड ६३ लाख, अम्लिसो रु ७६ करोड ९७ लाख,

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 131 पटक पढिएको
  • दाङका पानी उद्योगमा छैनन प्रयोगशाला

    तुलसीपुर । दाङका पानी उद्योगमा प्रयोगशाला नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका अनुसार दाङमा सञ्चालित पानी उद्योगहरूमा प्रयोगशाला नभएको पाइएको हो । तत्काल प्रयोगशाला सञ्चालनमा ल्याउन निर्देशन दिएको कार्यालयका सूचना अधिकारी विवेककुमार सुवेदीले बताए । ‘हामीले जिल्लाका सबै पानी उत्पादन तथा प्रशोधन उद्योगको अनुगमन ग¥यौँ’, उनले भने, ‘तत्काल प्रयोगशाला सञ्चालन गरेर प्रमाणसहित कार्यालयमा जानकारी दिन भनेका छौँ ।’सूचना अधिकारी सुवेदीका अनुसार प्रयोगशाला नहुँदा उपभोक्ता अशुद्ध पानी पिउन बाध्य छन् । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ अनु

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 195 पटक पढिएको
  • थापाथलीमा प्रदर्शनमा उत्रिएका २२ जना मिटरव्याजपीडित पक्राउ

    काठमाडौं—  काठमाडौंको थापाथली चोकमा प्रदर्शनमा उत्रिएका मिटरब्याजपीडितलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान थापाथलीको बीच सडकमा बसेर सवारी आवागमन अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको हो ।पक्राउ पर्नेमा १२ जना पुरुष र १० जना महिला गरी २२ जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहाराले जानकारी दिनु भयो ।नाराबाजी गर्दै ललितपुरबाट काठमाडौंको शान्तिबाटिकातर्फ गइरहेका उनीहरुलाई प्रहरी पक्राउ गरी सिंहदरबार परिसरका राखिएको प्रहरी उपरीक्षक बोहराले जानकारी दिए ।पीडितहरूका अनुसार, उनीहरू गत शनिबार नै तराईका विभिन्न जिल्लाबाट प्रदर्शनका

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 236 पटक पढिएको
  • नेपाल सांस्कृतिक महासंघलाई पालिका तहसम्म विस्तार गर्न सभापति थेबेको आग्रह

    काठमाडौं— नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले नेपाल सांस्कृतिक महासंघलाई पालिका तहसम्म विस्तार गर्न आग्रह गरेका छन् ।नेपाल सांस्कृतिक महासंघ झापाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै सभापति थेवेले झापामा चारतारे सांस्कृतिक समूह गठन गर्दाको इतिहास सम्झदै प्रत्येक पालिका तहमा संगठन बिस्तार गर्न आग्रह गरेका हुन् ।पालिका तहमा संगठन नहुँदा कला, संस्कृति क्षेत्रका लागि पालिकामा छुट्ट्याइएको बजेट फ्रिज हुने अवस्था रहेको बताउँदै उनले योजना बनाउँदा पालिका तहबाट बजेट बढाउन सकिने आश्वासन दिए । संगठन बिस्तार र सक्रियताका लागि पार्टीले सबै प्रकारको सहयोग गर्ने

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 101 पटक पढिएको
  • मन्त्री खड्का भन्छन्, सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ

    काठमाडौ — उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताएका छन् ।तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत् केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग गए राति आयोजित हस्ताक्षर समारोहमा मन्त्री खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले उर्जा क्षेत्रको विकास गर्न चाहेको बताए ।“सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने र निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउन चाहन्छ, निजी क्षेत्रलाई साथमा लिएर मुलुक समृद्ध हुन्छ

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 166 पटक पढिएको
  • किन बढ्दै छ, वायु प्रदूषण ?

    काठमाडौँ । वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो ।प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने ? र असर कम गर्ने विषयमा छलफल गरेका थिए ।बिहीबार स्व

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 242 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा