समाचार

    Showing 3,721-3,730 of 26,533 items.
  • कर्णालीमा आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु, कार्यान्वयनयोग्य योजनामा जोड

    सुर्खेत— कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट निर्माण प्रक्रिया सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान समिति तथा विभिन्न उपसमिति गठन गरी तथ्याङ्क विश्लेषण र छलफल अघि बढाएको जनाएको छ ।आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले कर्णालीको आवश्यकता र मौलिकतामा आधारित, कार्यान्वयनमुखी बजेट ल्याउने तयारी भइरहेको बताए । आन्तरिक स्रोत सीमित भएकाले कार्यान्वयन गर्न सकिने योजनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने उनको भनाइ छ ।उनका अनुसार प्रदेशको ‘योजना बैंक’ मा समावेश योजनामा मात्रै बजेट विनियोजन गरिनेछ । बजेट निर्माणलाई व्यवस्थित बनाउन मन

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 435 पटक पढिएको
  • एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

    काठमाडौं— एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो ।कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता सेयर निष्कासन गरेको जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 429 पटक पढिएको
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

    काठमाडौं— प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको तेस्रो बैठक आज बस्दै छ ।बुधबार समिति सभाहलमा बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यमान अवस्था, समस्या तथा चुनौती र आगामी कार्ययोजनाको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।बैठक दिउँसो १ बजे बस्ने छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 423 पटक पढिएको
  • नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको पनि काम जारी

    त्रिवेणी। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ ।सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच सिमेन्ट बार राख्ने तथा स्पिड लिमिटका चिह्नहरू जडान गर्ने काम भइरहेको छ । साथै, सडक छेउमा रेलिङ लगाउने, डब्लु–बिम राख्ने र डेलिनेटर पोल जडान गर्ने काम पनि जारी छ ।सडक निर्माणको काम अन्तिम चरणमा पुग्दैगर्दा सडक सुरक्षाका कामलाई पनि प्राथमिकता दिइएक

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 271 पटक पढिएको
  • कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का

    कर्णाली। कर्णाली प्रदेशसभाको सचिवमा डा अर्जुनकुमार खड्का नियुक्त हुनुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मङ्गलबार डा खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रदेशसभा सचिव खड्काले मङ्गलबार नै पद तथा गोपनियताको शपथ लिई पदभार ग्रहण गर्नुभएको छ ।खड्का सिद्धिचरण नगरपालिका–९ ओखलडुङ्गा जिल्लाका स्थायी निवासी हुनुहुन्छ । सङ्घीय संसद सचिवालयमा पाँच वर्ष कानुन सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ ।संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका उहाँले विसं २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्च

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 288 पटक पढिएको
  • हुरी तथा चट्याङसहितको वर्षाले हिउँदे बालीमा क्षति

    गण्डकी। पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा क्षति पुर्याएको छ । पोखरा र आसपासका क्षेत्रमा समान्यतः हरेक दिन साँझ हुरी तथा चट्याङसहितको वर्षाले विशेषगरी लहरे तरकारी, मकैबाली आदिमा क्षति पुर्याएको किसान बताउँछन् ।पन्ध्र दिनअघि आएको असिनाका कारण तरबुजा, काँक्रोजस्ता लहरे बालीमा क्षति पुर्याएकामा केही दिनयता आउन थालेको हुरी तथा चट्याङसहितको पानीले तरकारीखेतीसँगै पशुधनमा समेत क्षति पुगेको पोखरा–३३ सुरौदीमा सञ्चालित तिखेढुङ्गा पशुपालन तथा कृषि फार्मका सञ्चालक रमेश आचार्यले जानकारी दिनुभयो ।मङ्गलबार दिउँसोको हुरीसहित चट्याङ पर्दा फार्ममा पालिएको भैँसीको मरेको उहाँले बत

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 288 पटक पढिएको
  • भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै

    काठमाडौँ। आज भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । यो दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ आज पहिलोपटक मनाइँदै छ ।संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२५ अप्रिलमा प्रत्येक वर्ष अप्रिल २९ लाई उक्त दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सोहीअनुरूप राष्ट्रसङ्घका सदस्य राष्ट्र, संयुक्त राष्ट्रसङ्घीय प्रणालीअन्तर्गतका निकाय तथा सम्बन्धित अन्तरराष्ट्रिय सङ्ठनहरूलाई यसको स्मरणमा सहकार्य गर्न आह्वान गरेको छ ।प्राकृतिक विपत्तिमध्ये भूकम्पलाई सबैभन्दा घातक मानिन्छ । म्यान्मा र अफगानिस्तानमा पछिल्लो समयका शक्तिशाली भूकम्पले पूर्वाधार ध्वस्त पार्नुका साथै समुदायलाई विस्थापि

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 244 पटक पढिएको
  • जिप सडकबाट खस्दा १२ जना घाइते, चालक फरार

    रुकुमपश्चिम— जिल्लाको आठबिसकोट नगरपालिकामा मंगलबार साँझ भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन्। आठबिसकोट–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको जिप वडा नम्बर- ९ को सुन्दरपानीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको प्रहरीको भनाइ छ।सडकको भित्तामा ठोक्किएर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि चालक सानीभेरि गाउँपालिका–४ का २६ वर्षीय नरेन्द्र विक फरार छन् भने उनीको खोजी जारी छ। घाइते भएका यात्रुहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा आठबिसकोट नगरपाल

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 405 पटक पढिएको
  • ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

    काठमाडौं— लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केयुकेएलको स्वामित्वमा रहेको करिब ४ रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृत दिएसँगै प्रक्रिया पूरा भएको हो ।काठमाडौं र ललितपुरमा विद्युत् वितरण प्रणालीलाई सुदृढ, भरपर्दो र दिगो बनाउनका निम्ति सो क्षेत्रमा उच्च क्षमताको जीआईएस सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । तर, जग्गा प्राप्त नहुँदा चार वर्षभन्दा बढी समयदेखि परियोजना रोकिएको छ ।सो सबस्टेशन एसियाली विकास बैंक ९एडीबी०को ऋण लगानीमा करिब २ अर्ब र

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 417 पटक पढिएको
  • सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

    काठमाडौं— सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ।मन्त्रालयले एक सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराई र सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो।मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ।एक सूचना जारी गर्दै मन्त्रालयले कर्मचारीलाई समेत ३ दिनभित्र अनिवार्य रूपमा हाजिर हुन तथा रमाना लिन निर्देशन दिएक

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • 415 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.