समाचार

    Showing 3,771-3,780 of 26,533 items.
  • राष्ट्रपति रनिङ शिल्ड जित्ने खेलाडीलाई प्रोत्साहन

    सुर्खेत— कालिकोटको १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई तिलागुफा नगरपालिकाले पुरस्कृत गरेको छ ।प्रतियोगितामा सहभागी पालिकाका ८० जना खेलाडीलाई नगद प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमूख नविन हमालले बताए । नरहरीनाथ गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तिलागुफा नगरपालिका पहिलो भएको थियो ।राष्ट्रपति रनिङ शिल्डमा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिष्पर्धा भएको थियो । उक्त प्रतिष्पर्धामा तिलागुफाले १५ स्वर्ण, ११ रजत र ५ कास्य गरी ३१ पदक प्राप्त गरी पहिलो स्थान हाँसिल गर्न सफल भएको थियो ।रनिङ शिल्डमा स्वर्ण पदक विजेता खेलाडीलाई ५ हजा

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 465 पटक पढिएको
  • मन्त्री सीता बादीको घोषणा– नातावाद, भनसुन र भ्रष्टाचारमा सम्झौता गर्दिनँ

    काठमाडौं— महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले नातावाद, भनसुन, भ्रष्टाचार तथा कानुनविपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुने स्पष्ट घोषणा गरेकी छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री बादीले जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता पुगेको उल्लेख गर्दै आफूले पदमा रहँदा नगर्ने कामहरू सार्वजनिक गरेकी हुन्।उनले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम नगर्ने स्पष्ट पारेकी छन्।त्यस्तै, कानुनविपरीत भनसुन गर्ने, शक्तिको दुरुपयोग गर्ने, कानुन उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 393 पटक पढिएको
  • पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

    बागमती। नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनि मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटकहरु आउने क्रम बढ्ेको हो । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई गत २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रुपमा घोषणा गरिएको थियो । पर्सासहित बारा र मकवानपुर जिल्लासँग जोडिएको सो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको लागि खुल्ला गरिएको छ । “विगतको भन्दा अहिले निकुञ्जमा आन्तरिक तथा छिमेकी मुलुक

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 277 पटक पढिएको
  • १० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

    काठमाडौं— खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री–वितरण नगर्न उद्योगहरूलाई निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनाअनुसार २०८३/०१/१४ गतेको निर्णयबमोजिम बेकरी सर्टनिङ उत्पादन तथा वितरण गर्ने उद्योगहरूले अब १० केजीभन्दा कम तौलका प्याकमा उत्पादन र बिक्री गर्न नपाइने स्पष्ट पारिएको छ ।हाल बजारमा १० केजीभन्दा कम तौलमा बिक्री भइरहेका बेकरी सर्टनिङहरू भने सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बजारबाट फिर्ता (रिकल) गर्नुपर्नेछ । साथै, सो सम्बन्धी जानकारी सम्बन्धित क्षेत्रको विभागीय कार्यालयमा अनिवार्य रूपमा दिनुपर्ने पनि सूचनामा उल्

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 419 पटक पढिएको
  • बाँकेका छ स्थानीय तहमा जग्गा नापजाँच

    राँझा। भूमि समस्या समाधान आयोगले जिल्लाका छ स्थानीय तहमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा जग्गाधनी पुर्जा वितरणका लागि जग्गा नाप जाँच भइरहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेका अध्यक्ष घननाथ खनालले बताउनुभयो ।उहाँका अनुसार कोहलपुर नगरपालिकाका १५ वटै वडा, जानकी गाउँपालिकाको ५ नं वडा, बैजनाथ गाउँपालिकाको वडा नं १, ४, ६ र ७, राप्तीसोनारी गाउँपालिकाको २, ३, ४, ५, ७ र ९ खजुरा गाउँपालिकाको वडा नं ४ र ५ मा नाप नक्सा सम्पन्न भइसकेको छ ।नेपालगन्ज उपमहा

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 257 पटक पढिएको
  • एनटिसीका सबै २८ दिने प्याकेज अब ३० दिन अवधिमा विस्तार

    काठमाडौं— नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० दिनको बनाएको छ ।कम्पनीका अनुसार ‘कम्बो–२९९’ प्याकको अवधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको थियो । सोहीअनुसार अन्य २८ दिने सबै प्याकेजहरू पनि वैशाख ११ गतेदेखि लागू हुनेगरी केही मूल्य समायोजनसहित ३० दिन अवधिका बनाइएको एनटिसीका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन् ।यस परिवर्तनबाट ग्राहकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ । अब महिनामा एकपटक मात्रै रिचार्ज गर्दा पुग्ने भएकाले सेवा प्रयोग अझ सहज हुने कम्पनीको भनाइ छ । साथै, उही मूल्यमा दुई दिन थप सेवा पाउने भए

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 348 पटक पढिएको
  • पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने

    काठमाडौं— नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज बस्दै छ।काठमाडौंको महाराजगञ्जस्थित स्मार्ट होटलमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, पदाधिकारी तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।बैठकमा समूहको आगामी रणनीति, संगठनात्मक अवस्था तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।बैठकमा पार्टीभित्रको आगामी भूमिका, नेतृत्वको रणनीति तथा समूहको साझा धारणा निर्माणमा केन्द्रित भएर छलफल हुने बताइएको छ।

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 419 पटक पढिएको
  • लाटोकोसेरो संरक्षणका लागि दाङमा पहिलोपटक उत्सव, अवैध व्यापार रोक्न जनचेतना अभियान

    काठमाडौं— सङ्कटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने उद्देश्यले दाङको लमहीमा पहिलोपटक ‘लाटोकोसेरो तथा हुचिल उत्सव’ आयोजना हुने भएको छ।लमही नगरपालिका–५ स्थित जैविक विविधता पार्कमा यही वैशाख १८ र १९ गते दुईदिने उत्सव सञ्चालन गरिने भएको हो। अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौंस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा उत्सव हुन लागेको हो।किसानको साथीका रूपमा चिनिने लाटोकोसेरोको संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले दाङमा पहिलोपटक यस्तो उत्सव आयोजना गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका निर्देशक राजु आचार्यले बताए।उनका अनुसार पछिल्लो समय लाटोकोसेरोको अवैध व्यापार,

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 432 पटक पढिएको
  • स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

    काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो ।सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएकी थिइन् ।फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालयमै राखिएको छ । गाडीहरू आवश्यकताका आधारमा कानुन बमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्नेछन् ।कानुन

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 432 पटक पढिएको
  • संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३ हजार ५ सयभन्दा बढी सुझाव प्राप्त

    काठमाडौं— सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि हालसम्म ३ हजार ५ सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएको जनाएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गरी विधेयकको प्रारम्भिक मस्यौदामाथि राय, सुझाव प्राप्त भइरहेको जानकारी गराएको हो ।मन्त्रालयले संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत बनाउने उद्देश्यसहित तर्जुमा गरिरहेको उक्त विधेयकको प्रारम्भिक मस्यौदा मिति २०८३ वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको थियो।सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकबाट प्राप्त सुझावह

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • 444 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.