काठमाडौँ । विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न रु २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ । नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तथा बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक
काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले पठाएको पत्र बुझ्न निर्मल निवासले अस्वीकार गरेको छ।शुक्रबार तीनकुनेमा पूर्वराजाको योजनामा आन्दोलन भएको भन्दै त्यहाँ भएको क्षतिको यकिन गरी महानगरले सात लाख ९३ हजार रुपैयाँ जरिवाना शाहमार्फत भराउने निर्णय गरेको थियो।त्यहीअनुसार महानगर प्रहरीको टोली आज बिहान महाराजगञ्जस्थित निर्मल निवास पुगेको हो।तर, पत्र बुझ्न अस्वीकार गरेपछि टोली फर्किएको महानगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिए उनका अनुसार आज हुलाकमार्फत सो पत्र पठाइनेछ।
काठमाडौं— काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र आइतबार निर्मलनिवासमा बुझाइने भएको छ ।निर्मलनिवासमै पुगेर जरिवानापत्र बुझाउने तयारी रहेको महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले बताए । महानगरले विभिन्न शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।शुक्रबार राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एक/एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हज
काठमाडौं— अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजले धर्ना दिएको छ । आइतबार बिहान काठमाडौंको माइतीघर मण्डलामा नागरिक समाजले लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै धर्ना दिएको हो । उनीहरुले गणतन्त्रको जग सबल बनाऔँ, अराजकतालाई नियन्त्रण गर, आर्थिक अनियमितता र कालोबजारी रोक, समानता, न्याय र समावेशिता सुनिश्चित गर, लोकतन्त्रको रक्षा गर, नागरिक अधिकारको संरक्षण गर, निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर, मिडियामाथिको हमला बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, जनताको सुरक्षामा कुनै सम्झौता नगर लगायतका प्लेक
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५२, गाजर (लोकल) प्रतिकिलो रु ४५, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय)
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागम
मुस्ताङ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो बढेको छ । चैतदसैँ कृष्ण औँसीको तिथिका दिन शनिबार मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनी क्षेत्रमा श्रद्धालु भक्तजनको घुइँचो बढेको हो ।मुस्ताङको पवित्र धार्मिक सङ्गमस्थल कागबेनीमा जीवनको एकपटक दिवङ्गत पितृको नाममा पूजाअर्चना, श्राद्ध, पीण्डदान र तर्पणसहित त्रिवेणी नदीमा स्नान गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । यही कारण बर्सेनि वडादसैँ औँसी र चैतेदसँै औँसी तिथिमा कागबेनीधाममा श्राद्ध गर्ने धार्मिक तीर्थालुको घुइँचो लाग्ने गर्दछ ।यसवर्षको चैतेदसैँ अघिको कृष्ण औँसी तिथि आज जरेकाले मुस्
ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा पर्ने छ हजार चार सय ३३ मिटर अग्लो शार्फु–४ हिमालमा पहिलोपटक मानवले पाइला टेकेका छन् । गत मङ्गलबार चिलीका पर्वतारोही हर्नान डेबिड लियलको नेतृत्वमा आएको टोलीले पहिलोपटक उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिइन् ।एक्स्ट्रिम क्लाइम्बर्समार्फत आएको टोलीले गरेको शार्फु–४ लाई मिनी अन्नपूर्ण को सङ्ज्ञा पनि दिइएको छ । नेतृत्वदायी भूमिकामा रहेका लियलले यसअघि नेपाल, तिब्बत र पाकिस्तानका आठ हजार र छ सय मिटर अग्ला हिमालमा आरोहण गरिसकेका छन् । टोलीमा अन्य तीन जना नेपाली आरोही सहभागी थिए । सोलुखुम्बूका पर्वतारोही लाक्पाछिरी शेर्पा, त
डुम्रे (तनहुँ) । तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो । केन्द्रका सूचना अधिकारी पशु विकास अधिकृत डा रामनरेश यादवले एक वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त भवन हालसम्म पनि अधुरै रहेको बताए ।पशुपन्छीको उपचारमा गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले गत पुसमा सम्पन्न गर्नेगरी भएको निर्माण सम्झौता पूरा नभएपछि भदौसम्मको म्याद थप भएको थियो । निर्माण कम्पनीले ढिलासुस्ती गर
गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुवेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ । कुवेरले साधना गरेको र धनकुवेर नामकरण गरी धन संरक्षणको जिम्मा लगाइएको पञ्चासेमा अहिले धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पौराणिक तथा धार्मिक महत्व बोकेर पनि ओझेल परेको कुवेरधामलाई हिमालयन बाबाको अगुवाइमा पूर्वाधार निर्माण, प्रचारप्रसारलगायतका काम अघि बढाइएको हो ।जगत्गुरु रामानुजाचार्य त्रिडण्डी स्वामी श्री हिमालयन बाबाका अनुसार, कुवेरले साधना गरेको मालिका मन्दिर क्षेत्र र कुवेरलाई धनकुवेरको नामकरण गरी धनको संरक्षणस्थलका रूपमा रहेको पञ्चासेमा कुवेरको ५४ फ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.