समाचार

    Showing 3,851-3,860 of 15,537 items.
  • सबै समुदायको आस्थाको केन्द्र बन्दै ‘विक्रमबाबा’

    चितवन । यहाँका आदिवासी थारु समुदायले सदियौँदेखि पुज्दै आएको विक्रमबाबालाई अहिले सबै समुदायले आस्थाको केन्द्र बनाएका छन् । थारु समुदायले तीनै लोकका ठकुराइन (मालिक) का रुपमा पुज्ने गरेको विक्रमबाबालाई पछिल्लो समय सबै जातजातिले पुज्ने गरेका हुन् ।चितवन राष्ट्रिय निकुञ्जभित्र रुखको फेदमा रहेको विक्रमबाबा पूजास्थलमा तराई र पहाडी मूलका साथै सबै जातजातिले पुज्ने गरेका छन् । थारु कल्याणकारी सभा चितवनका सचिव एवं पत्रकार सन्तकुमार चौधरी थारु समुदायको पनि गुरौँ घरानाले मात्रै पुज्ने गरेको विक्रमबाबामा विस्तारै थारुकै अरु समुदाय पनि भाकल गर्न जाने गरेको बताउँछन् । उनले भने, ‘थारु समुदायको पनि गुरौँ घरानाल

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 217 पटक पढिएको
  • राजावादीहरुको आन्दोलनमा एक प्रदर्शनकारीको मृत्यु

    काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष २९ को सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजावादीहरुको आन्दोलनका क्रममा कमाण्डर दुर्गा प्रसाईले गरेकाले उनी र आयोजक संस्थाले नै क्षतिको जिम्मेवारी लिनुपर्ने गृहको दाबी छ । तर यता समाजवादी मोर्चाको आन्दोलनमा शान्तिपूर्ण भएको र १८ हजार सहभागि भएको गृह मन्त्रालयको भनाइ छ । गृहका अनुसार निजी संरचना, अस्पताल तोडफोड गर्ने काम भएकाले त्यो क्षमायोग्य छैन् । आपराधिक कृयाकलापमा संलग्न सबैलाई कानुनी कारवाहीलाई ल्याइनेपनि गृह मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 244 पटक पढिएको
  • जनआन्दोलन जनताकै नियन्त्रणमा हुन्छ; संयुक्त जनआन्दोलन परिचालन समिति

    काठमाण्डौ । राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनमा सरकारले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेको छ ।समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै सत्ताधारीहरूले घुसपैठ गराई अशान्त वातावरण सिर्जना गरेको दावी गरेका हुन् । उनले निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित जनसमुदायबाट आत्मरक्षाका लागि प्रतिकार भएको दावी पनि गरेका छन् ।प्रेस विज्ञप्ति                                       मिति : २०८१।१२।१५जनआन्दोलन जनताकै नियन्त्रणमा हु

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 308 पटक पढिएको
  • राजावादीहरुको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते

    काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजवादीहरुको प्रदर्शनमा हालसम्म तीन जना सुरक्षार्की र १५ जना प्रदर्शनकारी घाइते भएका छन् । नेपाल न्यूजबैंकसँगको कुराकानीमा प्रहरी प्रवक्त डीआईजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकरी दिए । उनले भने,अहिलेसम्म तीन जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । साथै १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।’उनले कफ्र्यु आदेश गरिसकेको भएपनि अवस्था सामान्य नबनेको बताए । आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 171 पटक पढिएको
  • रोकियो उडान, राजाबादिले गरे बिमानस्थल वरिपरि आगजनी

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोकिएको छ ।प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास लागो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको हो ।प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडी आगो बालेका थिए । आगो विमानस्थल क्षेत्र भित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द भएको हो ।अहिले अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको छ । 

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 206 पटक पढिएको
  • रोकिएन राजाबादिको आन्दोलन ट्याक्सी र स्कार्फियो जलाए

    काठमाडौं । तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरूले अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् । सोही क्रममा उनीहरुले नेकपा एमालेको कार्यालय नजिकै एउटा ट्याक्सी र बालकुमारीमा स्कार्फियो जलाएका छन् ।त्यसअघि प्रदर्शनकारीले कोटेश्वरको पेरिसडाँडा क्षेत्रमा एउटा गाडीमा आगजनी गरेका थिए भने मोटरसाइकल तोडफोड गरेका थिए । त्यस्तै प्रदर्शनकारीहरूले एकीकृत समाजवादीको पार्टी कार्यालयभित्र पनि तोडफोड र आगजनी गरेको छ ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 206 पटक पढिएको
  • राजावादीले कोटेश्वरको भाटभटेनीमा तोड्फोड गरे

    काठमाडौं—  राजावादी समूह प्रवेश गरेर कोटेश्वरको भाटभटेनी तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर  तोड्फोड गरेका हुन।“कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने ।प्रहरीलाई समयमै खबर गरिएको भए पनि अहिलेसम्म पुगेको छैन । प्रदर्शनकारी स्टोरमा छिरेर तोडफोड गरेका छन् । 

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 213 पटक पढिएको
  • तीनकुनेमा भएको घटना केवल सुरुवात मात्र; रविन्द्र मिश्र

    काठमाण्डौ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले तीनकुनेमा भएको घटना केवल सुरुवात मात्र भएको बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रश्न गरे, "व्यवस्था परिवर्तनका आन्दोलनहरू कुनै नेताको नियन्त्रणमा रहन्छन् र? अघिल्ला आन्दोलनहरूमा धनजनको क्षति भएको थिएन?" उनले अघि भने, "त्यही क्षति रोक्न पहिले नै नवीन समझदारीमा जान आग्रह गरेका थियौँ। अहिले जे भयो, त्यसले सत्बुद्धि पलाओस्। यो आन्दोलन रोकिने होइन, जारी रहनेछ।"

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 289 पटक पढिएको
  • काठमाडौंका केही क्षेत्रमा अपराह्न ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू लगाइयो

    काठमाडौं—  जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार अपराह्न ४ः२५ देखि राति १० बजेसम्मका निम्ति कर्फ्यू आदेश जारी गरिएको एक सूचनामा उल्लेख छ । प्रशासनले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यू लगाएको छ । यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ । यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।राजावादीको प्रदर्शन अराजक बनेपछि प्रश

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 121 पटक पढिएको
  • काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

    काठमाडौँ । काठमाडौंको तीनकुने क्षेत्र राजावादीहरूको प्रदर्शन उग्र बनेको संधर्भ काबु कार्यक्रित होन गएपछि जिल्ला प्रशासनका कार्यालयो निषेधाज्ञा जारी गरेको छ।भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर जानगएकाले निषेधाज्ञा जारी गरियोको बताए।तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 350 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा