समाचार

    Showing 4,011-4,020 of 26,535 items.
  • बाजुराको कोल्टी बाटै नागरिकता वितरण कार्य प्रारम्भ

    बाजुरा— बाजुराको कोल्टी बाटै नागरिकता वितरण कार्य प्रारम्भ भएको छ । इलाका प्रशासन कार्यालय कोल्टी बाटै नागरिकता वितरण भएपछि कुन्ना क्षेत्रका बासिन्दाले नागरिकताको लागि मार्तडीसम्म धाउने अवस्थाको अन्त्य भएको हो ।दुर्गमका क्षेत्रका नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यसहित बाजुराको पूर्वी उत्तरी क्षेत्रको बुढी नन्दा नगरपालिका कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरी नागरिकता वितरण लगायतका कार्य सञ्चालन गरिएका छन् ।यस अघि माथिल्लो क्षेत्रका नागरिक न्यूनतम १५ हजार खर्चेर नागरिकता लगायतका काममाज गर्ने मार्तडी पुग्ने गरेका थिए । अब त्यो झन्झटको अन्त्य भएको हो । बर्षातको समयमा माथिल्लो क्षेत्रका न

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 475 पटक पढिएको
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रियसभा अन्तरर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।बैठक विहान ११ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 482 पटक पढिएको
  • बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

    बाजुरा— बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर ६ बस्ने २८ वर्षका पदम ल्वारको भिरबाट लडेर मृत्यु भएको हो ।सोही वडामा आफन्तको घरमा बिहे भोजमा गएका युवक सोही दिन घर फर्किन्छु भनी हिँडेका उनी बेलुका देखि सम्पर्कविहीन भएको थिए ।खोजी कार्य गर्दा भीरको तल मृतक अवस्थामा भेटिएको प्रहरी जनाएको छ । मृतक ल्वारको शव अहिले पोस्ट मार्टमका लागि जिल्ला अस्पतालमा ल्याएको छ ।यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 454 पटक पढिएको
  • ७७ औँ स्थापना दिवसमा खनालको सन्देश: गल्ती सच्याउँदै आन्दोलन पुनर्निर्माण गरौँ

    काठमाडौं— पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झालनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनको ७७औँ स्थापना दिवसको सन्दर्भमा पार्टी र आन्दोलनलाई पुनर्गठन गर्न आह्वान गरेका छन् ।स्थापना दिवसको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै खनालले ७७ वर्ष लामो सङ्घर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सामाजिक–आर्थिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, प्रशासन र संस्कृतिमा अपेक्षित परिवर्तन हुन नसकेको बताए । जनताका आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा सम्बोधन हुन नसक्दा व्यापक असन्तोष चुलिएको उनको भनाइ छ ।खनालका अनुसार यही असन्तोषका कारण ठुलो स

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 481 पटक पढिएको
  • नेकपा स्थापना दिवसको कार्यक्रममा आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।पार्टी केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने एक नेताले बताए ।अध्यक्ष ओलीलाई चैत १४ गते प्रहरीले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो । अध्यक्ष ओली पित्त थैलीको पत्थरीको शल्यक्रिया गरेर वैशाख ५ गते घर फर्केका हुन् । हाल स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 488 पटक पढिएको
  • खानेपानी उपभोक्ता समितिहरूको क्षमता विकासका लागि तीन दिने तालिम सुरु

    काठमाडौं— खानेपानी उपभोक्ता समितिहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राजधानीमा तीन दिने तालिम कार्यक्रम सुरु भएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र संयुक्त राष्ट्रसंघीय बसोबास कार्यक्रम (यूएन–ह्याबिटाट) को संयुक्त आयोजनामा उक्त तालिम सुरु भएको हो ।यही वैशाख १० गतेसम्म सञ्चालन हुने यस तालिममा देशका विभिन्न स्थानका २४ वटा खानेपानी उपभोक्ता समिति तथा व्यवस्थापन बोर्डका ४५ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ ।तालिमको उद्देश्यबारे जानकारी दिँदै केन्द्रका कार्यकारी निर्देशक ईञ्जिनियर रामकुमार

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 461 पटक पढिएको
  • सर्लाहीमा नागरिकता लिनेलाई सास्तीः भीड व्यवस्थापनमा कमजोरी र कर्मचारीमाथि दुव्र्यवहारको आरोप

    सर्लाही— जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिने सेवाग्राहीहरूको लामो समयदेखि अत्यधिक भीडभाड हुँदा सेवा प्रवाह अस्तव्यस्त बनेको छ । निरन्तरको चाप र फितलो व्यवस्थापनका कारण सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ ।कार्यालयमा नागरिकता बनाउन, प्रतिलिपि लिन र अन्य प्रशासनिक कामका लागि आउनेहरूको भीड बिहानैदेखि लाग्ने गरेको छ । घण्टौँसम्म लामो लाइनमा बस्दा पनि काम नहुने र कतिपय अवस्थामा रित्तो हात घर फर्किनुपर्ने बाध्यता रहेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले सेवाग्राहीको सङ्ख्या अत्यधिक भएकाले व्यवस्थापनमा केही समस्या देखिएको स्वीकार गरेका छन्

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 413 पटक पढिएको
  • बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

    सुर्खेत— सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ ।सोमबार सम्पन्न कार्यपालिकाको ६४औँ बैठकले बसपार्क उद्घाटन कार्यक्रम गर्न बुधबार नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नगर गौरवको आयोजना भएकाले बसपार्क उद्घाटनमा सार्वजनिक बिदा दिइएको नगरप्रमुख प्रकाश भण्डारीले बताए ।शारदा नगरपालिकाको श्रीनगरमा स्थापना भएको बसपार्क आज उद्घाटन गरिने नगरपालिकाले जनाएको छ । गत पुस महिनादेखि नै बसपार्क सञ्चालनमा ल्याइएको भए पनि उद्घाटन गरिएको थिएन । सल्यानबाट छुट्ने साना, ठुला तथा छोटो र लामो दूरीका सबै प्रकारका सवारी साधन बसपार्कभित्रबाटै सञ्चालन भइरहेक

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 460 पटक पढिएको
  • ‘ट्रान्जिट’ मात्रै बन्यो इलाम बजार, स्थानीय सरकारप्रति उठ्यो प्रश्न

    इलाम— पहाडकी रानी चियाबारीको खानी उपमा पाएको इलाम । कुनै समय यस्तो थियो, जब इलाम बजार प्रवेश गर्दा लाग्थ्यो यो एउटा ऐतिहासिक सहर हो । चियाबारीको हरियालीसँगै मिसिएर आउने यहाँको व्यापारिक रौनक, माईस्थान मन्दिरमा बज्ने घन्टी र बजारका पूराना काठे घरका झ्यालबाट देखिने मानिसहरूको चहलपहलले जो कोहीलाई मन्त्रमुग्ध बनाउँथ्यो ।तर, आज तिनै चोक र गल्लीहरूमा पुग्दा सन्नाटा बाहेक केही भेटिँदैन । इलाम सदरमुकाम इलाम बजार यतिबेला केवल एक प्रशासकीय केन्द्रमा खुम्चिएको छ । यहाँको व्यापार र पर्यटनले संकटको सामना गरिरहेको छ ।इलाम बजार अहिले रित्तिँदै गएको छ । बजारका अधिकांश घरहरू खाली बन्दै गएका छन् । शिक्षा र स्वा

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 532 पटक पढिएको
  • हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

    काठमाडौं— हर्मुज जलमार्ग बन्द हुँदा इरानले ठूलो आर्थिक नोक्सानी बेहोरिरहेको र भित्रभित्रै यो मार्ग खोल्नका लागि हारगुहार गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानले दैनिक ५० करोड डलर गुमाइरहेको उल्लेख गरेका छन् । उनले भनेका छन,‘इरान हर्मुज जलमार्ग बन्द भएको चाहँदैन, उनीहरू यो खुला होस् भन्ने चाहन्छन् ताकि उनीहरूले दैनिक ५० करोड डलर कमाउन सकून् । जलमार्ग बन्द भएकोले उनीहरूले अहिले त्यति नै रकम गुमाइरहेका छन् ।’ट्रम्पका अनुसार इरानले सार्वजनिक रूपमा जलमार्ग बन्द गर्ने जुन धम्की दिइरहेको छ, त्यो केवल विश्वसामु आफ्नो

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • 447 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.