समाचार

    Showing 4,111-4,120 of 26,535 items.
  • गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    गुल्मी। जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको हो । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन क्षेत्रमा थप ३० प्रजातिका नयाँ चरा फेलापरेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा उक्त चरा फेलापरेको नेपाल पन्क्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिनुभयो ।यसअघि रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा वर्षमा दुईपटक चरा सर्वेक्षण गरिँदै आएको थियो ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 263 पटक पढिएको
  • काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

    काठमाडौँ। नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ । निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिनुभयो ।बङ्गलादेशबाट हाल काठमाडौँमा नियमित उडान हुँदै आएको छ । नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ । रा

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 207 पटक पढिएको
  • पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व

    काभ्रेपलाञ्चोक। यहाँको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार ५०१ वर्षदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले हरेक वर्षको वैशाख पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् । बनेपामा यही वैशाख १८ गते चण्डी पूर्णिमादेखि द्वितीयासम्म जात्रा मनाइँदैछ । तीन दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपावासीका लागि यो जात्रा महान् पर्वका रूपमा लाग्ने गर्दछ । केही दिनयता जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वम

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 304 पटक पढिएको
  • एमसीसी र नेपालको भूराजनीति: सन्तुलन, अवसर र चुनौती

    - देवेन्द्रकिशोर ढुङगाना नेपालमा मिलेनियम चैलेंज कारपोरेशन (एमसीसी) सम्बन्धी बहस केवल विकास परियोजनामा सीमित छैन; यसले देशको भूराजनीतिक अवस्थिति, शक्ति सन्तुलन र आन्तरिक राजनीतिक दिशा निर्धारणमा गहिरो प्रभाव पारेको छ। अमेरिकाले आवश्यक परे कम्प्याक्टको अवधि एक वर्षसम्म थप्न सकिने कानुनी व्यवस्था ल्याउनु यसै सन्दर्भमा महत्वपूर्ण संकेत हो। डोनाल्ड ट्रम्प द्वारा अनुमोदित यस प्रावधानले अमेरिकाको दीर्घकालीन रणनीतिक सोच र नेपालप्रतिको स्थायित्वपूर्ण चासो झल्काउँछ।एमसीसीलाई नेपालमा दुई फरक दृष्टिकोणबाट हेरिएको छ। एक पक्षले यसलाई ऊर्जा पूर्वाधार विकास, आर्थिक वृद्धि र क्षेत्रीय ऊर्जा व्यापारको अवस

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 308 पटक पढिएको
  • एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

    काठमाडौं— एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६।३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँका ७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो ।पहिलो चरणमा १० प्रतिशत अर्थात् ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन अवधि वैशाख २२ गतेसम्म रहनेछ, माग नपरेमा वैशाख ३० गतेसम्म लम्बिन सक्नेछ ।आईपीओको विक्री प्रबन्धक मुक्त

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 463 पटक पढिएको
  • प्रधानमन्त्रीले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।प्रधानमन्त्री शाहले कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि बोलाएका हुन् । बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या र तिनका समाधानका उपायबारे विस्तृत विमर्श हुने जनाइएको छ । साथै तत्काल समाधान गर्न सकिने विषयहरूमा पनि केन्द्रित छलफल हुने बताइएको छ ।छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्य

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 504 पटक पढिएको
  • टी–२०आई सिरिजमा दिपेन्द्रको कप्तानीमा नेपाल यूएईसँग भिड्दै

    काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल साँझ ५ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी २० आई सिरिज खेल्दैछ ।यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ । जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 503 पटक पढिएको
  • जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

    जुम्ला— जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई उल्टाउँदै विद्यालय सञ्चालनसम्बन्धी आफ्नै निर्णय लागू गरेको छ । गाउँपालिकाले आइतबार पनि सार्वजनिक बिदा दिने संघीय निर्णयलाई नमान्ने र वैशाख ७ गतेदेखि नै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयहरूमा आइतबार बिदा नगर्ने तथा वैशाख ७ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको कार्यवाहक गाउँपालिका अध्यक्ष प्रेमकली बुढाले जानकारी दिइन् ।संघीय सरकारले आइतबार समेत सार्वजनिक बिदा दिने तथा नयाँ शैक्षिक सत्रअन्तर्गत विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेदेखि सञ्चालन ग

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 482 पटक पढिएको
  • राष्ट्रिय योगदान दिने ३२ जना वडावासीलाई २७ वडा कार्यालयबाट सम्मान

    काठमाडौं— वडामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान दिने ३२ जना विशिष्ठ व्यक्तिहरुलाई काठमाडौं महानगरपालिकाको वडा नं.२७ ले सम्मान गरेको छ । नेपाल व्यायाम मन्दिरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य, शिक्षा, सामाजिक विकास, गायन, वादन, खेलकुद क्षेत्रमा योगदान गर्ने १९ जना व्यक्तित्व थिए । यस्तै ५ जना सामाजिक व्यक्तित्व र ८ जना पूर्व वडाध्यक्षहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो । उनीहरुलाई महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडाध्यक्ष योगेशकुमार खड्गीले माला, दोसल्ला तथा प्रमाण पत्रबाट सम्मान गरे ।मरणोपरान्त सम्मान प्रदान गरिएका वडाध्यक्षहरुमा साधना प्रधान, भु

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 471 पटक पढिएको
  • दुई वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १२ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमिति पुनर्गठन र समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा अन्तरक्रिया एवं स्थलगत अनुगमनबारे छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 484 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.