काठमाडौं— वडामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान दिने ३२ जना विशिष्ठ व्यक्तिहरुलाई काठमाडौं महानगरपालिकाको वडा नं.२७ ले सम्मान गरेको छ । नेपाल व्यायाम मन्दिरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य, शिक्षा, सामाजिक विकास, गायन, वादन, खेलकुद क्षेत्रमा योगदान गर्ने १९ जना व्यक्तित्व थिए । यस्तै ५ जना सामाजिक व्यक्तित्व र ८ जना पूर्व वडाध्यक्षहरुलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो । उनीहरुलाई महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडाध्यक्ष योगेशकुमार खड्गीले माला, दोसल्ला तथा प्रमाण पत्रबाट सम्मान गरे ।मरणोपरान्त सम्मान प्रदान गरिएका वडाध्यक्षहरुमा साधना प्रधान, भु
काठमाडौं— दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १२ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमिति पुनर्गठन र समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा अन्तरक्रिया एवं स्थलगत अनुगमनबारे छलफल हुनेछ ।
काठमाडौं— गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपहरूको विषयमा तत्काल कारबाहीको माग गर्दै जेनजी मुभमेन्ट नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । संगठनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा मन्त्री गुरुङलाई पदबाट बर्खास्त गरी पक्राउ गर्न तथा निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरिएको हो ।वक्तव्यमा पदमै बसेर छानबिन गर्नु सम्भव नहुने उल्लेख गर्दै यसले स्पष्ट रूपमा स्वार्थको द्वन्द्व सिर्जना गर्ने बताइएको छ । मन्त्री पदमा रहँदा आफ्नैविरुद्ध निष्पक्ष छानबिन हुन नसक्ने भन्दै संगठनले यसलाई आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत ठहर गरेको छ ।त्यसैगरी, वक्तव्यमा बालेन शाह नेतृत्वको सरकारप्रति लक्षित गर्
काठमाडौं— आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज जौको सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नुका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सक्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।यस दिन गरेको स
काठमाडौं— अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । अहिलेसम्म मासिक रूपमा दिइँदै आएको तलब सुविधा आगामी दिनमा अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गरिने भएको हो ।मन्त्रालयबाट जारी पत्रअनुसार यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक महिनाको अन्त्यमा तलब बुझ्दै आएका थिए । तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८३ पैसा र बिक्र
काठमाडौं— हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग लगायत देशका बाँकी हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हु
काठमाडौं । गौतम बुद्ध को २५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत गुठीले वैशाख १५ गतेदेखि बुद्ध वचन ९त्रिपिटक० पाठ–पूजा सुरु गरिने र वैशाख १८ गते विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ।गुठीका प्रबन्धक मिथुन चाङ्बा भोटेका अनुसार वैशाख १८ गते बिहान ७ बजेदेखि गुठीअन्तर्गत रहेको गुम्बामा विश्व शान्तिको कामनासहित पूजा–आराधना सुरु हुनेछ। पूजा सम्पन्न भएपछि बिहान ९ बजेदेखि ऐतिहासिक सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित पौराणिक तथा पुरातात्त्विक मूर्तिहरू दर्शनार्थीका लागि प्रदर्शनम
बुटवल— रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ सुनौलोपथमा भाडामा बस्ने वर्ष ४० की २ महिनाकी सुत्केरी महिलाको रहस्यमय तरिकाले मृत्यु भएको छ । विगत केही वर्षदेखि भाडामा बस्दै आएका मन्जु नेपाली र श्रीमान् कमल नेपाली दुवै जना मजदुरी गर्ने गरेका थिए । शनिवार राती दुवै जनाले मदीरा पीयको र सामान्य झगडासमेत भएको स्थानीयले बताएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले बताए । आईतवार विहान उनीहरू बस्ने कोठामा मन्जुको मृत अवस्थामा शरीर फेला परेको प्रहरीले जनाएको छ । दुई महिनाकी छोरीसंगै रहेकी मन्जुको हत्यावाट होकी अन्य कुनै कारणले ज्य
काठमाडौं— विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल, ५८ राउन्ड गोली र सात थान म्यागजिन बरामद गरेको छ।काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा सरसफाइका क्रममा ती हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।बरामद पेस्तोल टाइप–५४ रहेको र त्यसका सात थान म्यागजिन पनि भेटिएको प्रहरीले जानकारी दिएको छ।आइतबार बिहान महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले खोला किनार सफा गर्ने क्रममा हतियार फेला पारेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.