समाचार

    Showing 4,141-4,150 of 26,537 items.
  • काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन

    काठमाडौं— काठमाडौंको बौद्ध क्षेत्रमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । शनिबार नेपालस्थित जापानी राजदूत माएदा तोरुले एक कार्यक्रमकाबीच रेस्टुरेन्टको उद्घाटन गरेका हुन् ।विश्व सम्पदा दिवस तथा पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै पर्यटकको प्रमुख गन्तव्यस्थल बौद्धमा उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेस्टुरेन्ट उषा गिरि लगायतको समूहले दि भानासा होटल एन्ड स्पाको चौथो तलामा सञ्चालन गरिएको हो ।यहाँ जापानी कुकमार्फत तयार गरिएका विभिन्न परिकारका साथै जापानी सांस्कृतिक नृत्यको समेत प्रस्तुति रहने व्यवस्था गरिएको सञ्चालक पक्षले जनाएको छ । उद्घाटन समारोहमा नेपालस्थित जापानी समुदाय र विभिन

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 430 पटक पढिएको
  • पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

    काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने काम भइरहेको छ । हरेक १२÷१२ वर्षमा मन्दिरको कलेवर फेर्ने गरिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो । वैशाख १८ गतेसम्म कलेवर फेरी सक्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको मूर्तिमा सूँढ छैन । कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा जयवागेश्वरीको निर्माण सम्पन्न भएको इतिहास छ । विसं १९९० को भूकम्पले क्षति पुगेको

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 330 पटक पढिएको
  • एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

    नेपालगन्ज। बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उहाँका करिब सात वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार योग शिविर चलिरहेको ठाँउमा जादै गरेको अवस्थामा तीव्रगतिको एम्बुलेन्सले ठक्कर दिएको थियो । मृत्यु भएका लामिछाने योग गुरुसमेत रहेको प्

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 257 पटक पढिएको
  • चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

    काठमाडौं— चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशनबाट समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । हिजो शनिबार राति सम्पन्न निर्वाचनबाट संघको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित भएका हुन् ।मतदानमा खसेको कुल मत १४० बलामीले ९५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने अध्यक्षकै प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत ल्याएर पराजित भएका थिए ।अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित पत्रकार बलामीले नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको व्यावसायिकता, मर्यादा र साख अभिवृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने र संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।बलामीको नेतृत्वमा रह

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 463 पटक पढिएको
  • पूर्णबहादुर खड्काले बोलाए बैठक

    काठमाडौं— नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।निवर्तमान कार्यबाहक सभापति खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् । बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा दिउँसो १२ बजे बस्नेगरी बोलाएका हुन् ।बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । छलफलपछि निकटका केन्द्रीय सदस्यहरुको बैठक आज बोलाइएको हो ।

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 442 पटक पढिएको
  • रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

    काठमाडौं— सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा।लि। ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएपछि सरकारले उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौं भेटिएको भन्दै विभागमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा विभागको विराटनगरस्थित कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले उद्योगको उत्पादन स्थलमा पुगेर अनुगमन गरेको थियो ।अनुगमनका क्रममा टोलीले उजुरी परेको ब्रान्डको बिस्कुटको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । अनुसन्

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 420 पटक पढिएको
  • युद्धविराम कायम राख्न इजरायल–लेबनान दुवै पक्ष प्रतिबद्ध हुनुपर्नेः हिज्बुल्लाह प्रमुख

    काठमाडौं— हिज्बुल्लाहका प्रमुख नइम कासेमले इजरायलसँग जारी १० दिने युद्धविराम दुवै पक्षले पूर्ण रूपमा पालना नगरेसम्म टिकाउ हुन नसक्ने बताएका छन् । उनले युद्धविराम प्रभावकारी बनाउन लेबनानविरुद्ध हवाई, स्थल र समुद्री सबै प्रकारका आक्रमण पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिएका छन् । साथै, लेबनानी भूमिबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने माग समेत राखेका छन् ।कासेमका अनुसार आगामी चरणमा बन्दीहरूलाई रिहा गर्ने र सीमावर्ती क्षेत्रका विस्थापित नागरिकलाई घर फर्काउने प्रक्रिया अघि बढाउनुपर्नेछ । त्यसपछि अरब राष्ट्रहरूको सहयोगमा व्यापक पुनर्निर्माण कार्य सञ्चालन गरिनुपर्ने उनले उल्लेख गरे ।उनले युद्धव

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 449 पटक पढिएको
  • ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

    ललितपुर। ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ ।वर्षा र सहकालको देवताका रुपमा हरेक वर्ष मनाइने यस जात्राअनुसार यस वर्ष पनि तिथिअनुसार शनिबार रथारोहण गरिएको हो । गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएसँगै शनिबार मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक पुर्याई पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो ।रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जनका अनुसार पूजाहारी जलपानेजु र खलपानेजुमार्फत विधिपूर्वक पूजा सम्पन्न गरी रथारोहण गरिएको हो । तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकब

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 250 पटक पढिएको
  • हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

    सिरहा। शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन् । स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा आएको तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो । जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । चोटका कारण उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालकाअनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुग

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 267 पटक पढिएको
  • पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

    पर्वत। जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता हुनुहुन्छ । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उहाँ बेपत्ता हुनुभएको हो । मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेको पाइए पनि हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजय यादवले बेपत्ता किशोरीको खोजी तीव्र पारिएको र हुलियासहित मातहतका सबै प्रहरी युनिटलाई खोजीकार्य जारी राख्न भनिएको बताउनुभयो । स्थानीय शिक्षक भूमिराज शर्माले गाडी चढेकी किशोरी बाटोमा रहेको पात

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 230 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.