समाचार

    Showing 4,151-4,160 of 15,567 items.
  • नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) को काठमाडौमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक आज बस्दैछ। चैत १५ गते समाजवादी मोर्चाले गर्न लागेको वृहत् विरोध प्रर्दशनको तयारीका निम्ति बैठक बोलाइएको हो।  उक्त वृहत् र्‍याली तथा विशाल आमसभालाई भव्य रूपमा सफल बनाउन आह्वान गरिएका तयारी बैठकमा अनिवार्य उपस्थितिको लागि पार्टी केन्द्रीय प्रचार विभागले सूचना जारी गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बस्ने बैठकमा उक्त प्रर्दशनको तयारीलगायतका विषयमाथि छलफल हुने पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।चैत ५ गते केन्द्रीय आयोग, केन्द्रीय विभागका प्रमुख र उ

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 173 पटक पढिएको
  • काठमाडौं महानगरले आफ्ना कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम प्रदान गर्दै

    काठमाडौं—  काठमाडौं महानगरपालिकाले आइतबारदेखि कर्मचारीहरुका लागि नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम सुरु गरेको छ । सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक महानगर कार्यक्रमअन्तर्गत सुरु गरेको तालिम हरेक दिन अपरान्ह ४ बजेदेखि केन्द्रीय कार्यालयमा रहेको कार्यपालिका बैठक कक्षमा हुनेछ । तालिम सुरु गर्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, भाषालाई घरमा प्रयोग गरिएन भने समाजबाट हराउने बताउँदै महानगरपालिकाले आफ्नो घर (कार्यालय) मा यसको प्रयोग गरेपछि समुदायमा पनि भाषाको प्रभाव बढ्दै जाने धारणा राखे ।  महानगरपालिकासँगै स्थानीयबासीले घरमा पनि नेपाल भाषाको प्रयोगलाई बढाउनु पर्नेमा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 302 पटक पढिएको
  • भारतीय नम्बर प्लेटको गाडी दुर्घटना चार जना घाइते

    काठमाडौं— मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।गाडिमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पातालमा ल्याइएको उनले बताए ।घाइते सबै भारतीय नागरिक रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।घाइते ह

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 281 पटक पढिएको
  • तनहुँमा एक प्रहरी हवल्दार मृत फेला

    काठमाडौं— तनहुँमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। ऋषिङ प्रहरी चौकीमा कार्यरत ओमबहादुर विक मृत फेला परेका हुन्।चौकी नजिकैको बेलौतिको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।बिहान ५ बजे उनलाई मृत फेला पारिएको हो। रुपन्देही घर भएका उनी कार्तिकदेखि ऋषिङमा कार्यरत थिए। ओमबहादुर डिप्रेसनका बिरामी भएको प्रहरी स्रोतको भनाइ छ। उनको परिवारलाई रुपन्देहीबाट बोलाइएको छ। परिवार आएपछि शवलाई पोस्टमार्टम गर्न प्रदेश अस्पताल दमौली लगिनेछ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 322 पटक पढिएको
  • एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

    मध्यविन्दु (नवलपरासी) । एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ । गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो । तिलमायाको शव नेपाल ल्याउन भएको ढिलाइका बारेमा गत फागुन १ गते राससमा ‘छोरीको शव ल्याउन भौँतारिइरहेकी ७० वर्षीय आमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्राथमिकताका साथ पहल भई शव नेपाल ल्याउन लागिएको हो ।रोजगारीका लागि मलेसिया जानुभएकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन । श्

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 269 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला र

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 232 पटक पढिएको
  • आजको मौसमः कोशी र मधेसमा हुरीबतासको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ ।आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 257 पटक पढिएको
  • ‘स्काई वाक’ले लयमा फर्कँदै भेडेटारका होटलहरु

    धनकुटा । गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख रहेको व्यवसायीहरुको भनाइ छ । ‘कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ’, होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले भने । विगत १८ बर्षदेखि होटल व्यवसाय गर्दै आएका श्रेष्ठले भेडेटारको होटल व्यवसायमा देखिएको सुस्तता विस्तारै हटेर जाने विश्वास व्यक्त गरे ।त्यसैगरी होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि कोरोना महामारीको समय

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 333 पटक पढिएको
  • सोलुखुम्बुमा हावाहुरीको वितण्डा

    सोलुखुम्बु । ‘खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो ! डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन’, यहाँको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले आश्चर्यमिश्रित भावमा भनिन् ।विगतमा सामान्य हावा चल्ने भए पनि यस पटक सोलुखुम्बुमा अस्वाभाविक गतिमा हावा चलेको अनुभव स्थानीयको छ । हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसहित सोताङ आसपासमा घर, विद्यालय जस्ता संरचनाहरुमा ठूलो क्षति पुगेको छ । दुई महिनामा २६ घटनाजिल्ला प्रहरी कार्यालयको 

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 320 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १३ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८० रूपैयाँ ४२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रूपैयाँ ९० पैसा र बिक्रीदर १५७ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रूपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूप

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 244 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा