समाचार

    Showing 4,191-4,200 of 15,567 items.
  • सांसदको सुविधा घटाउन प्रकाश ज्वालाको प्रस्ताव

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सांसदको सेवासुविधा घटाउन प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले पूर्वविशिष्टको सेवा बढाउने कानुन ल्याउने विषयमा आपत्ति जनाउँदै त्यस्तो प्रस्ताव गरेका हुन् ।“राज्यबाट सुविधा लिएकाहरूले पनि सुविधा घटाउने बेला हो । संकटको बेला हो । हामी तयार हुनुपर्छ,” उनले भने, “सांसदको सुविधा घटाउने हो भने म तयार छु । हामी सांसद कति तयार छौँ, तयार हौँ ।” उनले सरकारले पूर्वविशिष्टलाई सेवा सुविधा थप्ने गरी विधेयक सदनमा नल्याउन पनि चेतावनी दिए ।“राज्यलाई भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई थप सुविधा गर्ने कानुन ल्याउँदै

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 248 पटक पढिएको
  • दाहाल भन्छन गणतन्त्र पक्षधरको सरकार बन्ने ढोका खुल्यो

    काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन् । आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडकभन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन् । यसका निम्ति प्रारम्भिक छलफलसमेत सुरु भइसकेको उनले दाबी गरे । दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमाले भन्दा कांग्रेससँग बढी छलफल हुने जिकिर गरे । सांसद दाहालले अबको सहकार्य गणतन्त्रविरोधीसँग नहुने र गणतन्त्र पक्षधर एक ठाउँमा उभिएर सह

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 258 पटक पढिएको
  • रास्वपाले सचिवालयको बैठक बोलायो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक पार्टी कार्यालय बनस्थलीमा बस्ने तय भएको छ ।बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावलगायतका एजेन्डा रहेका कार्यवाहक प्रवक्ता झाले बताए ।यसका साथै पार्टी नियमित गतिविधिबारे छलफल गर्नुका साथै अघिल्लो बैठकहरूको समीक्षासमेत हुने झाले बताए ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 296 पटक पढिएको
  • नेपाल लाइफमा तीन संचालक निर्वाचित पदबहाली

     काठमाडौं— नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनजना निर्वाचित सदस्यहरुलाई पदवहाली गराएको छ।२५औँ वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम चैत २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न गरी बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र श्रीमती शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका हुन।साथै, निर्वाचन सम्पन्न भएपश्चात् शनिबार नै बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष श्री गोविन्द लाल संघईबाट शपथग्रहण गरी पदबहाली गरेको कम्पनीले जनाएको छ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 301 पटक पढिएको
  • आरजुलाई विष्णु रिजालले भने– लोकलाजको ख्याल गर्नुपर्छ

    काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लोकलाजको ख्याल गर्न सुझाव दिएका छन् । आइतबार  सामाजिक सञ्जालमार्फत उनले भारतले आयोजना गर्ने राइसिना डाइलगमा पराष्ट्रमन्त्री १५ मिनेट बोल्नका निम्ति ६ दिनदेखि कुरेको भन्दै कटाक्ष गरेका हुन् ।“परराष्ट्रमन्त्री डा.आरजु देउवा छ दिनदेखि भारतमा हुनुहुन्छ । भारतले आयोजना गर्ने राइसिना डाइलगमा बोल्नका लागि उहाँलाई बढीमा १५ मिनेट समय मिल्ला । अघिल्लोपटक परराष्ट्रमन्त्री एनपी साउदले अरू चारजना प्यानलिस्टसँगै एक घण्टाको प्यानलमा बोल्न पाँच दिन खर्चिनुभएको थियो । त्यसपछिका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 281 पटक पढिएको
  • कच्ची घरमा आगलागी हुँदा १५ लाखको क्षति

    काठमाडौं—  गए राति कलंकीको नागार्जुन नगरपालिका–७, स्युचाटारस्थित एक कच्ची घरमा आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एक तलाको कच्ची घरमा राति पौने १० बजे लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।कच्ची घर राति ९ः४० मा लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको प्रहरी उपरीक्षक बोहराले बताए ।साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाइ भएको उनको भनाइ छ । तर, चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका थिए । आगालगीमा १५ लाख रुपैयाँबराबरको क्षति अनुमान गरिएको छ ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 266 पटक पढिएको
  • रेसुङ्गा क्याम्पसको स्ववियुमा सबै पदमा निर्विरोध

    काठमाडौं— गुल्मीको तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कमिटी नै निर्विरोध भएको छ ।स्ववियु सभापतिमा सुदीप खत्री निर्विरोध निर्वाचित भएका छन् । नेविसंघका खत्री नेतृत्वमा सबै पदमा निर्विरोध निर्वाचित भएको रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले बताए ।सचिवमा अनेरास्ववियुका निशान टण्डन, कोषाध्यक्षमा नेविसंघका विश्वास बञ्जाडे निर्विरोध निर्वाचित भएका छन् ।सदस्यहरुमा नेविसंघबाट अनिता पाण्डे, खुमबहादुर खत्री, अनेरास्व्वियु क्रान्तिकारीबाट सागर सुनार, अनेरास्ववियुबाट सन्तोष भण्डारी, नेविसंघबाट सुश्मा पन्थी निर्विरोध न

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 158 पटक पढिएको
  • अध्यक्ष नेपाल भन्छन् वंशको आधारमा लुट्नेहरूले देश चलाउन सक्दैनन्

    काठमाडौ— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने बताएका छन् ।समाजवादी मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताए। पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताए।  ‘अब यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन्। लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन,’

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 268 पटक पढिएको
  • प्रतिनिधिसभाक बैठक आज बस्दै

    काटमाडौं— आइतबार (आज) प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवनमा बैठक बिहान ११ बजे बैठक बस्नेछ।आजको बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएको छ।  बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।त्यस्तै उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन्।यसैगरी  ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 175 पटक पढिएको
  • शैलुङपछि बेतालीको जङ्गलमा आगलागी

    रामेछाप । चैत महिना सुरु हुने बित्तिकै रामेछापका जङ्गलहरूमा आगलागी सुरु भएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदै गोकुलगंगा गाउँपालिकाको बेतालीको जङ्गलमा पनि आगो लागेको छ । शैलुङको जङ्गलमा शुक्रबारदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छाङखोला नजिकैबाट लागेको आगो अहिले शैलुङको जङ्गलमा लागि रहेको छ । शनिबारबाट जिल्लाको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा पर्ने लिसेखानी सामुदायिक वन क्षेत्रमा पनि शनिबारबाट डढेलो लागेको छ । बस्ती नजिकैको जङ्गलमा सल्केको डढेलोको कारण केही घर समेत उच्च जोखिममा छन् ।दुवै तर

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 249 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा