काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा।ओजस्वी शेरचन चयन भएकी छन्शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो ।उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गराएका थिए ।
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का सर्वसम्मत चयन भएका छन् ।शुक्रबार बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद खड्कालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।२०७४ सालमा भएको निर्वाचनमा डोटी–१ ‘क’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका उनी विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन् ।गत निर्वाचनमा सभापति गगन थापाले टिकट दिएर पठाएपछि खड्का गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले विगतको अनुभव र योग्यताले भ्याएसम्म आर्थिक सुशासन र वित्तिय अनुशासन काय
एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय समय बिहीबार र शुक्रबार मध्यरातमा लागू हुनुभन्दा ठीक अघि, इजरायल रक्षा बलले बिहीबार दक्षिणी लेबनानका धेरै क्षेत्रहरूमा ठूलो मात्रामा हवाई आक्रमण गरेको छ ।लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली हवाई आक्रमणमा धेरै मानिसहरू मारिएका वा घाइते भएका छन्, जसमा धेरै चिकित्सा कर्मचारीहरू पनि छन् ।यसैबीच, इजरायली युद्धविमानहरूले लगातार दुई हवाई आक्रमणहरू मार्फत दक्षिणी लेबनानको लितानी नदीमाथि रहेको कास्मीयेह पुललाई पूर्ण रूपमा ध्वस्त पारेका छन् ।लेबनानी सेनाले इजरायली आक्रमणको उद्देश्य लिटानी नदीको दक्षिणमा रहेको लेबनानी क्षेत्र
एजेन्सी । दक्षिणी चीनको हेनानमा विशेष भन्सार सञ्चालन सुरु भएदेखि, टापु प्रान्तको मोती प्रशोधन उद्योग चम्किएको छ ।गत वर्षको डिसेम्बरमा लागू गरिएका नयाँ नीतिहरू अन्तर्गत, अन्य देशहरूबाट आयात गरिएका केही कच्चा मोती सामग्रीहरूलाई आयात शुल्क, आयात मूल्य अभिवृद्धि कर र उपभोग करबाट छुट दिइएको छ ।कच्चा पदार्थको कम लागतका कारण हाइनानमा मोती किनमेल गर्न गहना कम्पनीहरूको संख्या बढ्दै गएको छ ।‘डिसेम्बर २०२५ मा हेनानले टापुव्यापी विशेष भन्सार सञ्चालन सुरु गरेको थाहा पाएपछि, हामीले जनवरी २०२६ मा सान्याको भ्रमण गर्यौं र फेब्रुअरी १५ मा हाम्रा सबै व्यापार इजाजतपत्रहरू प्राप्त गर्यौं,’ एक गहना कम्पनीका चेन वेइ
काठमाडौं— सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् ।शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तक्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका हुन् ।उनले भने, ‘अहिले संसद भवनको अवस्था सबैलाई थाहा नै छ । हामी काम चलाउनको लागि अहिले सदन चलाइरहेका छौं । अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको विकाससँगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्
काठमाडौं— काठमाडौं महानगरपालिकाले शनिबारदेखि जीवन्त र समृद्ध (असं) असन नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरु प्रारम्भ गर्दैछ ।आधुनिकताभित्र प्रवेश गर्दै गरेको असन बजार, यस क्षेत्रमा भएका भौतिक सम्पदा, यस क्षेत्रसँग सम्बन्धित अभौतिक सम्पदाको पुनरुत्थान गर्ने उद्देश्यसहित यो कार्यक्रम सुरु गर्न लागेको प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौंका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका भन्दै यो असर र नकारात्मक प्रभाव रोक्न तथा पूर्खाको ज्ञान, सिपमा आधारित धार्मिक, सांस्कृतिक र सामाजिक जीवनशैलीको पुनरुत्थान गर
काठमाडौं— वैशाख ५ गते नै निःशुल्क वाटर एटीएम मेसिन शुभारम्भ हुनेछ । काठमाडौं महानगरपालिकाभित्र करिब २ करोड ६० लाख रुपियाँको लागतमा ८ वटा वाटर एटीएम बुथ निर्माण भएका छन् । काठमाडौं महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समान लागत सहभागितामा निर्माण भएका यी वाटर एटीएमबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुनेछ ।काठमाडौंको खुला मञ्च, राष्ट्रिय सभा गृह, दरबार हाइ स्कूल बाहिर, वडा नं. १७ लिङ्क रोड ढल्को चोक, वडा नं. ५ नरःदे हाँडीगाउँ वडा नं. २६ परिसर र वडा नं. ३१ परिसरमा यो प्रणाली जडान भएको छ ।
रौतहट— रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुईवटा घर शुक्रबार भत्काएको छ ।नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा अवरोध पुगेपछि प्रहरी प्रशासनको सहयोगमा ती संरचना हटाएर जग्गा खाली गराइएको हो ।नगरपालिकाका अनुसार स्थानीय शैनुल नट र राम बिनय ठाकुरले वर्षौँदेखि नगरपालिकाको दुई कट्ठा जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका थिए ।उक्त स्थानमा नगरपालिकाले ६ करोड ४६ लाख ५५ हजार ५५५ रुपैयाँको लागतमा आधुनिक सुबिधायुक्त प्रशासनिक भवन निर्माण गर्ने योजना अघि सारेको छ । निर्माणको जिम्मा सिपी यतिआलम जेभीले पाएको छ ।नगरपालिकाले पटक-पटक सूचना जारी गर्दा पनि
काठमाडौं— नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ प्रचण्ड पुगेर ३० मिनेट जति बसेको बताइएको छ ।एमाले सचिव पद्मा अर्यालले दाहाल ओलीलाई भेट्न पुगेको बताउँदै स्वास्थ्यलाभको कामना गरेको बताइन् । एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड(ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।‘उहाँ आउनुभएको हो स्वास्थ्यलाभको कामना गर्नुभयो थप विषय त मैले पनि बुझ्नु पर्छ’, अर्यालले भनिन् । नेकपा र एमालेका केही नेताको छलफलपछि ओली(प्रचण्डको संवाद भएको स्रोतको दाबी छ ।त्यसअघि ओलीको सन्देश बोकेर एमालेका द
एजेन्सी— इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ ।विमानमा एक जना मलेसियाली नागरिकसमेत सवार रहेको नागरिक उड्डयन महानिर्देशक लुकमान एफ। लाइसाले विज्ञप्ति मार्फत जनाएका छन् ।सूचनाको आधारमा संयुक्त खोजी र उद्धार टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको उल्लेख गर्दै हेकिप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.