समाचार

    Showing 4,221-4,230 of 26,537 items.
  • सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

    काठमाडौं— सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका-२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्लास्थित प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराका अनुसार वैशाख १ गते साँझ ५ः०० बजे तुलसीपुर उपमहानगरपालिका-५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलमा शङ्कास्पद गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तुलस

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 511 पटक पढिएको
  • संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ स् मन्त्री डा.वाग्ले

    काठमाडौं— अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका हुन् ।उनले संविधानका केही प्रावधानप्रति असन्तुष्टि भएपनि ती विषय संविधानभित्रै उल्लेखित धाराहरूको आधारमा संशोधन गर्न सकिने बताए ।उनले भने, ‘अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ । संविधानलाई इमान्दारीपूर्वक कार्यान्वयन हाम्रो दायित्व हो । चित्त नबुझेको कुराहरु वा संबिधानमै लेखेका धाराहरुमा सुधार गरौं भन्ने कुरामा पार्टीले विचार गर्छ ।’उन

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 476 पटक पढिएको
  • रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुंगोे लगाएको छ ।बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेकोे रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।बैठकमा मुख्य सचेतक र दुई जना सचेतक चयन गर्ने निर्णय गरेको छ । बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ ।त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 484 पटक पढिएको
  • कांग्रेसले राखेको विपक्षी दलको बैठकमा किन गएनन श्रम संस्कृति पार्टी र राप्रपा ?

    काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी सहभागी भएन।कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिको सभापतिको निर्वाचनको विषयमा छलफल गर्नको लागि विपक्षी दलको संयुक्त बैठक राखेको हो।बैठकमा नेकपा एमाले र नेकपाबाट नेताहरू सहभागी थिए। कांग्रेस सांसद भीष्मराज आङ्दाम्बेले आफूहरूले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलमा बोलाएको बताए।सत्तारुढ दल रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारीलाई सघाएको थियो। रास्वपाको सहयोगमा रुवीकुमारी उपसभामुख बनेपछि हर्क पछिल्लो समय रास्वपासँग नरम सुनिँदै आएका छन्।राप्रपा प

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 429 पटक पढिएको
  • सभामुख भेट्न पुगे विपक्षी दलका नेता

     काठमाडौं—  सभामुख डीपी (डोलप्रसाद) अर्याललाई भेट्न विपक्षी दलका नेताहरू पुगेका छन् । बिहीबार विपक्षी दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका सांसद सभामुख अर्याललाई भेट्न पुगेका हुन् । विपक्षी दलसँगको सम्बन्ध के हुने भन्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 453 पटक पढिएको
  • रास्वपाको मुख्य सचेतकको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाका मुख्य सचेतकको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई तोकेको छ ।सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको बैठकले महामन्त्रीसमेत रहेका बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।साथै सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई बनाउने निर्णय भएको रास्वपाले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 420 पटक पढिएको
  • लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

    काठमाडौं । प्रहरीले लागू औषधसहित विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-१२ टेकु ब्रह्मटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५६० ट्याब्लेटसहित सोही ठाउँ बस्ने काठमाडौं महानगरपालिका-१९ बसन्तपुर बस्ने २७ वर्षीय प्रितम महर्जनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित पक्राउ गरेको हो ।सुनसरी बराहक्षेत्र नगरपालिका-३ कालिन्द्र सामुदायिक वनस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६१० ट्याब्लेट र स्पास्पेन १ हजार ६०९ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 250 पटक पढिएको
  • कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन बन्द

    मकवानपुर—  हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला  खरिदका बोलपत्र  आव्हान गरिसकेको छ ।करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए।   कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए  ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 458 पटक पढिएको
  • सामान्य बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंङका अनुसार आज छापावाल सुनको तोलामा १०० रुपैयाँले बढेर तीन लाख दुई हजार ८०० रुपैयाँमा कायम भएको छ ।त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य पाँच हजार २ सय ५० रुपैयामा कायम भएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 184 पटक पढिएको
  • कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    काठमाडौं— बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि  कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो । उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए । साथै दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार  र थाइल्याण्ड नजान अनुरोध गरेको छ ।&n

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 443 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.